समाचार

ईन्द्रराज्यलक्ष्मी मा विमा नवआदर्शको निबन्ध लेखन

पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजले माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । ईन्द्रराज्यलक्ष्मी मा वि लामाचौरमा अध्ययनरत कक्षा ९ देखि १२ का विद्यार्थीहरु बीच भएको प्रतियोगिता कक्षा ९ र १० तर्फ आरुजु बस्नेत प्रथम, युनिसा रिमाल द्वितीय र रस्था विश्वकर्मा तृतीय भएका छन् । त्यस्तै ११ र १२ तर्फ मिसन भुजेल प्रथम,निकिता शर्मा द्वितिय तथा खुशी ठाकुरले तृतीय स्थान प्राप्त गरेको कार्यक्रम संयोजक हरिबहादुर थापाले जानकारी दिए । विद्यालयका ३० जना विद्यार्थीले सहभागीता जनाएको कार्यक्रममा… पुरा पढौ

पर्वतमा गोरु पाल्ने किसानलाई अनुदान रकम प्रदान

पर्वतको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान गरेको छ । गाउँपालिकाभित्रका ४७ जना किसानलाई जनही रु १० हजार प्रदान गरिएको छ । यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव, ग्रामीण भेगमा इन्धन सहज रूपमा उपलब्ध नहुने, यन्त्र बिग्रेमा मर्मत गर्न समस्या हुने तर गोरु पाल्ने किसानका कारण कृषिकर्मलाई निरन्तरता दिन सहिने भएकले उनीहरूलाई अनुदान दिइएको विहादी गाउँपालिका अध्यक्ष परविन गुरुङले जानकारी दिए । ती किसानले यान्त्रिक हलो प्रयोग नगरी गोरु पाल्दै आएका छन् भने परम्परागत रुपमा काठको हलो, जुवा,… पुरा पढौ

घान्द्रुकमा निःशुल्क पशु स्वास्थ्य शिविर

कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बहुप्राविधिक शिक्षालयले घान्द्रुकमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा आयोजित शिविरबाट ८० जना कृषक लाभान्वित भएका छन् । शिविरमा गाई, भैंसी ८० वटा, बाख्रा १ सय, कुखुरा ३५ सय र कुकुर १० वटाको स्वास्थ्य परिक्षण गरिएको शिक्षालयका प्रमुख ई.सरद कोईरालाले जानकारी दिए । सो कार्यक्रममा गोबर परिक्षण, जुका र माटेको निःशुक्ल औषधी वितरण गरिएको उनले बताए । सो कार्यका लागि शिक्षालयका विभागिय प्रमुख डा.आशिष अधिकारी, सहायक प्रशिक्षक प्रेमराज अधिकारी, पशु… पुरा पढौ

लेखनाथ महोत्सवमा २ लाख ५० हजार दर्शक

लेखनाथ, ११ पुस ।लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र सांस्कृतिक प्रस्तुतिका हिसाबले सफलतातर्फ उन्मुख हुँदै गएको छ। स्थानीय उत्पादनको प्रवद्र्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमान महोत्सवका प्रमुख उपलब्धिका रूपमा देखिएका छन्। महोत्सव सञ्चालनको नवौं दिनसम्म आईपुग्दा आयोजकको लक्ष्य अनुसारका दर्शकहरुले अवलोकन गरिसकेका छन भने सोही अनुरुप र कारोबारमा वृद्घि हँुदा आयोजकहरुमा उत्साह थपिएको छ ।  विदाका दिनमा मात्र  करीब ४० हजार दर्शकले अवलोकन गरेका थिए भने आजसम्म कुल दर्शक संख्या करिब २ लाख ५० हजार… पुरा पढौ

घाचोक–पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा सम्पन्न

पोखरा,११ पुस । घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । माछापुच्छ«े गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गरे ।माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो ।कार्यक्रममा माछापुच्छ्रे –१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले… पुरा पढौ

राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपको उपाधि कालिका माविलाई

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत… पुरा पढौ

कुमुदिनीमा “चाईनिज कल्चर एक्सपेरियन्स डे” सम्पन्न

पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रबार “चाईनिज कल्चर एक्सपेरियन्स डे” सम्पन्न भएको छ । कुमुदिनी होम्ससहित पोखराका ८ वटा विद्यालयमा चाईनिज भाषा सिकाउँदै आएका ८ जना चाईनिज भोलेन्टियर शिक्षकहरुले चिनियाँ संस्कृति, भाषाको आरम्भका अक्षर लेखनका तरिका, कागज काटेर विभिन्न आकार प्रकारका वस्तु बनाउने, चपस्टिक खेल लगायतका विषयहरुमा सहभागीलाई प्रयोगात्मक प्रदर्शन गराए । कार्यक्रममा सहभागी चाईनिज भाषा पढाउने पोखरा कुमुदिनीसहित ८ विद्यालयका प्रिन्सीपल, विद्यार्थी, काठमाडौंबाट आएका सेन्टर फर ल्याङग्वेज एजुकेशन एण्ड कर्पोरेशनका पाहुनाहरुलाई कुमुदिनीका संस्थापक… पुरा पढौ

पोखरामा २२ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

पुष ११,पोखरा पोखरामा २२ औं संस्करणकको माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणिय रहेको बताउनुभयो । पोखरेलीहरुको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उहाँले जनाउनुभयो । साथै प्रतियोगिताको निरन्तरताका लागि आगामी… पुरा पढौ

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

सन्देश श्रेष्ठपोखरा, पुस ११ पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि शुरु हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औं संस्करणको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आईतबारदेखि शुरु भएर पुस १७ गतेसम्म चल्ने महोत्सवमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा… पुरा पढौ

अन्नपूर्ण आमा समुह बैदाममा ः गोमा पंगेनी

पोखरा – ६ बैदाममा रहेको अन्नपूर्ण आमा समुहको अध्यक्षमा गोमा पंगेनी चयन भएकी छन । संस्थाको सम्पन्न १४औ अधिवेशन तथा २७औं साधारणसभाले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक नेत्रलाल भण्डारीले जानकारी दिए । संस्थाको प्रथम उपाध्यक्षमा चन्द्रकला घिमिरे, द्वितीय उपाध्यक्ष गोमा भण्डारी, सचिवमा ऋषिमाया पहारी, कोषाध्यक्षमा उर्मिला ढकाल, सह–सचिबमा कमला अधिकारी, कोषाध्यक्षमा गौमाता कुवँर चुनिएकी छन् । यस्तै समुहको सदस्यहमा भुमि जिसी, तारा रेग्मी, पार्वती न्यौपाने, सिता ढकाल, सिता पौडेल, जानका पौडेल, निरा… पुरा पढौ