समाचार

पोखराको कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री गर्नेको सङ्ख्या घट्दै गएको छ । पहिला गाउँका २८ परिवारले कोठेलगायत बाँसका सामग्री बुनेर बिक्री गर्न गाउँगाउँ पु¥याउथे भने अहिले त्यो सङ्ख्या घटेर पाँचमा सीमित बनेको हो ।“बाँसका चोयाबाट कोठो बुन्ने भएकाले पोखरा–३२ को मालेपाटनस्थित सुनार गाउँलाई परापूर्वकालदेखि कोठेगाउँ भन्ने गरिन्थ्यो, तर युवा शिक्षा, रोजगारीका कारण बाहिर जाने तथा वैकल्पिक पेसा अवलम्बन गर्न थालेपछि गाउँमा बाँसका सामग्री बुन्नेको सङ्ख्या २८ बाट पाँचमा झरेको छ, ती पनि उमेर कटेकाहरू मात्र छन्”,… पुरा पढौ

हेम्जा आवासीय विद्यालयद्धारा अभिभावक अभिमुखिकरण कार्यक्रम

पोखरा–२५ मा रहेको हेम्जा आवासीय विद्यालयको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नसर्री देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण भक्तराज रसाईलीले गरेका थिए ।विद्यार्थीहरुको पठन पाठन, दैनिकी क्रियाकलाप लगायत शैक्षिक, नैतिक, व्यवहारिक तथा मानसिक विकासलाई अझ प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालय बिचतको सहकार्य सुदृढ बनाउने उद्देश्यले अभिभावक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल केशब शरण पौडेलले जानकारी दिए । ‘विद्यार्थीको क्षमता अभिवृद्धि… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न

पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न भएको छ । आधारभूत तथा मावि तह तर्फका विद्यार्थी सहभागि प्रतियोगितामा कक्षा ७ का छात्राहरु सविता सुनार र सुजना सुनार प्रथम र कक्षा ६ का छात्राहरु केञ्जल जिसी र एलिसा न्यौपाने द्वितीय भएका छन् । कक्षा ८ र ९ का छात्रछात्राहरुमा कक्षा ८ का छात्राहरु अंकिता पौडेल र उपासना रेग्मी प्रथम, कक्षा ९ का छात्राहरु प्रिस्किला तामाङ र सुनिषा सुनार द्वितीय र कक्षा ८ का छात्रहरु विनायक गिरि र… पुरा पढौ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पद तथा गोपनीयताको शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरिन् । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । नेपाली सेनाका पूर्वरथी… पुरा पढौ

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । आज गुन्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले उक्त कुरा बताएका हुन् । हो । मन्त्री खरेलले भने, “सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको… पुरा पढौ

कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप

आसन्न निर्वाचनका लागि कास्कीमा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा कास्कीमा दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् । जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै… पुरा पढौ

गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव सम्पन्न

कास्कीको माछापुच्छ्रे ९ सैतिखोलामा रहेको गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले स्थापनाकाल देखि विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सामुदायिक विद्यालयको स्थायित्वमा जोड दिँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए । गौरीशङ्कर मा।विमा खेलकुद मैदानको अभाव रहेको विद्यालयले पटक पटक पालिकालाई जानकारी दिएको बताउँदै उनले खेल मैदान व्यवस्थापनका लागि पालिकाबाट आगामी दिनमा आवश्यक सहजीकरण गरिने थप उल्लेख गरे । उपाध्यक्ष सीता… पुरा पढौ

प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका शीर्ष नेतासँग छलफल गर्ने

निर्वाचनको मिति नजिकिंदै आउँदा प्रधानमन्त्री सुशीला कार्कीको सक्रियता पनि बढेको छ । सरकारले निर्वाचनको बाताबरण बनाउन नसकेको दलहरुले बताईरहेकै बेला प्रधानमन्त्री कार्कीले सक्रियता बढाएकी हुन् ।नेकपा एमालृले पनि चुनावको भित्री तयारी गरेको सँुईको पाए पछि उनी हौसिएकी छन् । यसै क्रममा प्रमुख तीन दलका शीर्ष नेताबिच शनिबार निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो । त्यसैको निरन्तरता स्वरुप शनिबार प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्न… पुरा पढौ

विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार राइट अफ वे मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने परिवर्तन भएका छैनन् । प्रसारण लाइनको मा मार्गाधिकारमा पर्ने जग्गाको क्षेत्रभित्र घरलगायतका संरचना निर्माण, अग्ला रुख रोप्न… पुरा पढौ

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरेका छन् । भेटमा कांग्रेस सभापति देउवाले निर्वाचन हुने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।उनले प्रवक्ता खरेललाई कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको समेत जानकारी गराएका थिए । मन्त्री… पुरा पढौ