समाचार

पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चन्नीले लिए सपथ ग्रहण

काँग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति हुन्। पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन्। चन्नीले पञ्जाबी भाषामा सपथ ग्रहण गरेका थिए। काँग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि काँग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेका थिए। रासस पुरा पढौ

नेपालले आज हङकङसँग खेल्दै

नेपालले आज (मंगलबार) हङकङसँग एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर मैदानमा खेल सुरु हुनेछ। एसियन कपमा छनोट हुने संभावना कायम राख्न नेपालको टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ। समूह ‘एफ’ मा रहेको नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ ले हारेको थियो। छनोटका लागि नेपालले आजको खेल जितेर मात्रै पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ। तीनवटै टोलीले बराबरी अंक बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ। यसअघि नेपालले हङकङसँग… पुरा पढौ

बाँकी ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

नेपाली काँग्रेसको वडा अधिवेशन गर्न बाँकी रहेका ७ जिल्लामा आज (मंगलबार) वडा अधिवेशन हुँदैछ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत विभिन्न सात जिल्लामा आज वडा अधिवेशन हुने भएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन हुन लागेको हो। करिब ३० हजार क्रियाशील सदस्यता रहेको काठमाडौँ जिल्लामा पनि मंगलबार नै वडा अधिवेशन हुनेछ। विभिन्न ११ वटा स्थानीय तह रहेको काठमाडौँमा १ सय ३८ वडा छन्। यसअघि, ५७ वटा जिल्लामा भने वडा… पुरा पढौ

पोखरामा विद्यालयको पर्खाल भत्किएर एकको मृत्यू

पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यू भएको छ । पोखार महानगरपालिका वडा नम्बर १३ बाँझापाटनस्थित बालकल्याण माविको पुरानो पर्खाल भत्काउने क्रममा पर्खालले थिचेर एक जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा भारत बेतिया जिल्ला वसन्तपुर घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्ने २० वर्षिय रितेश रामको मृत्यू भएको हो । विद्यालयको पर्खाल भत्किएर थिचिएका रितेशलाई तत्काल उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएपनि उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको… पुरा पढौ

उडान सुरक्षा जाँचपछि प्याराग्लाइडिङ उडान सुरु गर्ने तयारी

पाेखरा । कोभिड–१९ का कारण पछिल्लो समय पाँच महिनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकूद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । “लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौँ, अब यसै हप्ता उडान हुनेछ”, उनले भने । उनले सम्पूर्ण कम्पनीले उडान… पुरा पढौ

‘महिला विकासका लागि आमा समुह’द्वारा २५ औं स्थापना दिवसको अवसरमा वेद विद्याश्रममा सहयोग

पोखरा । पोखरा ७ मासबारमा अवस्थित महिला विकासका लागि आमा समुहले पोखराका वेद विद्याश्रममा सहयोग गरेको छ । समुहको २५ औं स्थापना दिवसको अबसर पारेर पोखरा चिसाखोला वेद विद्याश्रम र नारायणथान वेद विद्याश्रममा एक एक थान राइस कुकुर , एल‍पी ग्यास र फलफुल सहयोग गरेको हो ।कार्यक्रममा समुहका सस्थापक अध्यक्ष महाकाली बरालले २०५२ सालमा स्थापना भइ आमा समुहले विभिन्न सामाजिक कार्य गर्दै आएको बताइन् । पोखरा चिसाखोला वेद विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले २५ औं वर्ष पुरा गरेर समुहलाई निरन्तरता… पुरा पढौ

गण्डकी प्रदेश सरकारकाे सय दिन पूरा, मुख्यमन्त्री भन्छन्-‘नियमित काम नै सरकारको उपलब्धी’

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो एक सय दिन पूरा गरेको छ । गत जेठ २९ गते नेपाली कांग्रेसको नेतृत्वमा बामपन्थी प्रजातान्त्रिक गठबन्धनको सरकार बनेको थियो । एमाले सरकार ढालेर बनेको यो सरकारले आईतबार एक सय दिन पूरा गरेको हो । ‘हनिमून पिरियड’को रुपमा हेरिने सय दिनमा सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनैपनि कार्य गरेको छैन । तर गण्डकी प्रदेश सरकारले भने सरकारको नियमित कामलाई नै सरकारको उपलब्धीको रुपमा ब्याख्या गरेको छ । गण्डकी प्रदेश सरकारले सोमबार पत्रकार सम्मेलन गरि नियमित… पुरा पढौ

स्वर्गिय सुनारको सातौं दिनको पून्य तिथिमा कांग्रेस वडा नम्बर ६ द्वारा श्रद्धाञ्जली सभा आयोजना

नेपाली कांग्रेसले क्रियाशिल सदस्य देवबहादुर सुनार (राजेश)को निधन भएकोमा दुःख व्यक्त गरेको छ । कांग्रेस नेपालीकाग्रेस वडा इकाई ६ बैदामले सुनारको निधन भएको सातौं दिन सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार मन्त्री कुमार खड्काले सुनारको निधनले कांग्रेसले एक असल योद्धा गुमाएको बताए । उनले साजिक क्षेत्रमा सुनारले गरेको योगदानलाई काँग्रेसले मात्र नभएर सारा बैदामबासीले स्मंरण गर्नु पर्ने बताए ।पोखरा महानगर पालिका वडा न ६ बैदामकाअध्यक्ष जगत बहादुर पहारीले सुनार… पुरा पढौ

सभामुख पक्षपाती बनेको एमाले नेता खगराज अधिकारीको आरोप

नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख पक्षपाती बनेको आरोप लगाउनु भएको छ । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्वर ३१ को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले सभामुख सबैको साझा बन्न सक्नु पर्नेमा कुनै दल बिशेषको नेता जस्तो बनेर पक्षपाती ब्यवाहार गर्नु दुखद भएको आरोप लगाउनु भएको हो । नेता अधिकारीले भन्नुभयो “जसपाले सरिता गिरीलाई कार्वाही गर्दा र नेकपा माओवादी केन्द्रले लेखराज भट्ट, टोप बहादुर रायमाझिहरुलाई कार्वाही गर्दा सभामुखले २४ घण्टा भित्रै निर्णय गरेको तर एमालेले… पुरा पढौ

कांग्रेसकाे व्यास नगर सभापतिमा नौ जना आकाङ्क्षी

तनहुँ । वडा तहको अधिवेशन पछि नेपाली कांग्रेस अब स्थानीय तहको अधिवेशनमा जुटेको छ । कांग्रेसले आगामी असोज ९ गते देशभरका स्थानीय तहको अधिवेशनको मिति तोकेको छ । यसअघि भदौ २७ गते पालिकाको अधिवेशन हुने भनिए पनि अन्तिम समयमा आएर मिति परिवर्तन भएको थियो । पालिकाको अधिवेशन नजिकिएसँगै स्थानीय राजनीति पनि तात्न थालेको छ । यतिबेला तनहुँका चिया पसल र चोक चोकमा ब्यास नगर समितिको अधिवेशनको चर्चा चल्न थालेको छ । वडाको अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले स्थानीय… पुरा पढौ