समाचार

हुथी नेताको हत्यामा संलग्न भएको आरोपमा ९ जनालाई मृत्युदण्ड

साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले ९ जनालाई मृत्युदण्ड दिएको बताएको छ। हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन बर्ष पहिले भएको मृत्यु सानालाई नियन्त्रण गरेको इरान समर्थित विद्रोहीहरूका लागि ठूलो प्रहारको रूपमा लिइएको थियो । विद्रोही समर्थक साबा न्यूज एजेन्सीले ती ९ जनालाई यमनको राजधानी सानाको एक चोकमा गोली प्रहार गरी मृत्युदण्ड दिइएको जनाएको छ। उनीहरू हुथी समूहको एक अदालतले… पुरा पढौ

संविधान दिवसमा ८ कैदीलाई माफी, ५२३ कैदीबन्दीको सजाय कट्टा

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जना कैदीलाई माफी दिएकी छन्। त्यसैगरी ५ सय २३ कैदीको कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनालाई कैद सजाय माफी दिएकी हुन्। त्यसैगरी, संविधान दिवसका अवसरमा हर्कबहादुर राईसमेत ५ सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो। २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि… पुरा पढौ

संविधान दिवसमा ९०३ जनालाई विभिन्न विभूषण प्रदान

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपाल रत्न १ जनालाई, राष्ट्र गौरव २ जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी ५ जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी ५ जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी १ जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल… पुरा पढौ

अनेरास्वविय गण्डकी प्रदेश, संयोजकमा पौडेल

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले संगठनको गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ। शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकले गण्डकीको संयोजकको जिम्मेवारी पौडेललाई तोकेको हो। अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सचिबालय सदस्य पौडेललाई स्थायी कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो। प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेसंँगै पौडेलले ‘बिपत्तिमा सेवा अनि बिभेदमा बिद्रोह, त्यसैको जगमा बलियो संगठन’ निर्माण गर्ने बताएका छन्। उनले प्रदेशमा संगठनको कामलाई थप गतिशिल बनाउन सक्रिय रहने बताए।अनेरास्ववियुको ३ कार्यकाल जिल्ला… पुरा पढौ

संविधानको सही कार्यान्वयन होस: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान राज्य व्यवस्था संचालन गर्ने साधन मात्र होइन साध्य बन्न सक्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले त्यसो भएमा मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुन सक्ने बताए। सन्देशमा उनले उल्लेख गरेका छन्, ‘संविधान दिवसको यस अवसरमा देशको राजनीतिक प्रणालीलाई दिशा निर्देश गर्ने काममा सफलता मिलोस् भन्ने कामना गर्दछु ।’ राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाज लगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था बृद्धि गराउँदै यसप्रतिको… पुरा पढौ

प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा ध्यान केन्द्रित गर्न मन्त्री बरालको आग्रह

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशलाई आत्मनिर्भर बनाउन उत्पादनमा आधारित उद्योग धन्दा स्थापना गर्नुपर्ने बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीको शनिबार सम्पन्न भएको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशलाई आत्मनिर्भर बनाउनको लागि उत्पादनमा आधारित उद्योग धन्दा खोल्नुपर्ने बताएका हुन्। कच्चा पदार्थको उपलब्धताको आधारमा सानो देखि मझौला हुदै ठुला उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । निजी क्षेत्रको पुंजिलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसमा प्रदेश सरकार… पुरा पढौ

सयपत्री बचत तथा ऋण सहकारीको १२ औं साधारण सभा सम्पन्न

पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । भदौ २४ गतेदेखि २७ गतेसम्म भच्र्युल माध्यमबाट भएको छलफल शनिबार सभा गर्दै समापन भएको सहकारीले जनाएको छ । पोखरा ११ रानीपौवास्थित सहकारीको भवनमा भएको समापन सभामा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार उदयबहादुर पराजुलीले सयपत्री सहकारीले आर्थिक कारोबारसँगै समाजिक उत्तरदायित्वमा फड्को मारेको बताए । उनले उत्कृष्ठ सहकारीमा नाम लेखाउन सफल सयपत्री सहकारीले नियमनकारी निकायको ऐन, मुल्य मान्यतालाई ध्यानसमेत दिएको बताए । सहकारीका अध्यक्ष… पुरा पढौ

नेविसंघ पीएन क्याम्पस कमिटिद्वारा क्याम्पसमा बीपी पार्क घोषणा, सरसफाइ र वृक्षारोपण

पाेखरा । नेविसंघ पृथ्वीनारायण क्याम्पस कमिटिले क्याम्पस परिसरमा बीपी पार्क घाेषणा, सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ । नेपाली कांग्रेसका सर्वाेच्च नेता तथा नेपाली राजनीतिका लौह पुरुष स्वर्गीय गणेशमान सिंहको २५ औं स्मृती दिवस पारी शुक्रबार उक्त कार्यक्रम गरिएकाे हाे । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी काेइरालालाई सम्मान गर्दै सम्पूर्ण सहिदहरुको सम्झना स्वरुप नेविसंघले बीपी पार्क घाेषणा गरेकाे हाे । साथै, उक्त पार्कमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरी तमाम सहिदहरुप्रति श्रद्धासुमन अर्पण गरेको नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई… पुरा पढौ

खत्री बने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको पुन: अध्यक्ष

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको अध्यक्षमा केशवबहादुर खत्री दोहोरिएका छन् । एशोसियसन बाह्रौं अधिवेशनले खत्रीलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा ईन्द्रराज अर्याल, महासचिवमा बुद्दी कुवँर, सचिवमा राजु केसी, कोषाध्यक्षमा थमनसिंह गुरुङ चयन भएका छन् ।एशोसियसनको सदस्यहरुमा लक्ष्मण आचार्य, प्रविण महाजन, ज्ञानेन्द्रमा श्रेष्ठ, ईन्द्रमाया गुरुङ, शान्ति श्रेष्ठ जोशी, पार्वती ढकाल बस्ताकोटी, गणेश पौडेल मनोहरि पौडेल, गोविन्दप्रसाद दाहाल र सुशिल श्रेष्ठ चयन भएको एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले जानकारी दिए । यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा उद्योग वाणिज्य संघका… पुरा पढौ

पोखरेली टिम राइनोजमा श्रीलंकन अलराउण्डर गुणरत्ने र वेष्ट इण्डिजका विलियम्स सामेल

असोजको दोश्रो सातादेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम पोखरा राइनोजले दुई थप दुई अन्र्तराष्ट्रिय खेलाडीलाई पनि आफ्नों टोलीमा आवद्ध गराएको छ । राइनोजले भर्खरै सार्वजनिक गरेका दुई अन्र्तराष्ट्रिय खेलाडीहरुमा श्रीलंकन अलराउण्डर असेला गुणरत्ने र वेष्ट इण्डिजका सफल बलर केस्रिक विलियम्स रहेका छन् । यि दुई खेलाडीको आगमनसंगै राइनोज थप सशक्त देखिएको छ । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा… पुरा पढौ