समाचार

ला लिगाः बार्सिलोनाको पनि सुखद सुरुवात

बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ। गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो। जितसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अंकको खाता खोलेको छ। बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २, जेरार्ड पिके र सर्जियो रोबेर्टोले १/१ गोल गरे। रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले १/१ गोल फर्काए। बार्सिलोनाका कप्तान लियोनल मेस्सी पीएसजी गएपछि उसको पहिलो खेल हो। पुरा पढौ

ला लिगाः एट्लेटिकोको विजयी सुरुवात

साविक विजेता एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा सेल्टाभिगोलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो। एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले २ गोल गरे। सेल्टाका इयागो आस्पसले १ गोल फर्काए। खेलको २३ औं मिनेटमा कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। तर, खेलको ५९ औं मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई १–१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ६४ औं मिनेटमा कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को जित… पुरा पढौ

इङ्लिस प्रिमियर लिगः साविक विजेता म्यानचेस्टर सिटी पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलो सुरुवाती पहिलो खेल गुमाएको छ। आइतबार राति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० को गोल अन्तरले पराजित हुँदै अंक गुमाएको हो। घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन्। स्टिभीनको पासमा सनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ। गएराति… पुरा पढौ

एएफसी महिला एसियन कपका लागि दोस्रो चरणको बन्द प्रशिक्षण

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षण सुरु भएको छ। प्रारम्भिक प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट दोस्रो चरणमा आइपुग्दा १७ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। तर, परीक्षाका कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणका कारण उपस्थित नभएका जनाएको छ। एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह ’एफ’मा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। एसियाली फुटबल महासंघले सुरुवाती… पुरा पढौ

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन्। राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन्। साथै तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेको समाचारहरुमा जनाइएको छ। समाचार अनुसार राष्ट्रपति घानीले देश छाडेपछि सहजै रुपमा तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको पनि जनाएको छ । पुरा पढौ

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न कार्यदल गठन

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउन कार्यदल गठन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको हो। रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको… पुरा पढौ

पोखरामा कार दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

पोखरा । आइतबार पोखरामा कार दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । पोखरा –१८ मेथलाङस्थित कच्ची सडक खण्डमा ग १ च ७२३४ नम्वरको कार अनियन्त्री भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कार चालक नवलपरासी घर भई पोखराको न्यूरोड बस्दै आएका ४४ वर्षिय बद्री बहादुर खत्रीको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मध्यम अवस्थामा उपचार भइरहेको जनाइएको छ । पुरा पढौ

नेप्से ओरालो, कारोबारमा कीर्तिमान

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ । कूल २२२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए ।… पुरा पढौ

नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आज आयोजित भर्चुअल कार्यक्रममार्फत उहाँले सरकार र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ, सबल र प्रगाढ बनाइ नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा गम्भीर हुन प्रहरी अधिकृत तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिए । मन्त्री खाँणले आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्नुहुँदै हिंसा न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न पनि प्रहरीलाई निर्देशन दिए । सबै प्रहरीको क्षमता अभिवृद्धि,… पुरा पढौ

कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

काठमाण्डौं । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ । आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।” आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा,… पुरा पढौ