गण्डकी प्रदेशका विभिन्न स्थानमा आज (शनिबार) दिउँसो भारी वर्षा हुने संभावना छ। विशेष गरी गण्डकी प्रदेश लगायत वाग्मती, लुम्बिनी प्रदेश र प्रदेश–१ का विभिन्न ठाउँमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी ठाउँको मौसम सामान्य बद्ली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि यस प्रदेशसँगै वाग्मती, प्रदेश–१, र लुम्बिनी प्रदेशसँगै देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना छ। हाल, नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रही…
पुरा पढौ