समाचार

साफ च्याम्पियनसीप आयोजना गर्न नेपाललाई प्रस्ताव

दक्षिण एशियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई साफ च्याम्पियनसीप आयोजन गर्न औपचारिक रुपमा प्रस्ताव गरेको छ। नेपालमा आगामी अक्टोबरमा १३ औँ संस्करणको साफ च्याम्पियनसीप गर्न एन्फालाई महासंघले पत्र पठाएको हो। साफका महासचिव अनवारूल हकले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनसीप आयोजनका लागि प्रस्ताव पठाएको एन्फाले जनाएको छ। यसअघि नेपालले साफ च्याम्पियनसीपका लागि महासंघलाई प्रस्ताव पठाएको थियो। बंगलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनसीप कोरोना महामारीका कारण हुन सकेको थिएन। बंगलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले… पुरा पढौ

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए । “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उनले भने, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख… पुरा पढौ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

काठमाण्डौं । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने झापा मेचीनगरका सोमप्रसाद घिमिरेलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले सामाजिक सञ्जालमार्फत सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गरेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका घिमिरेलाई विद्युतीय कारोवार… पुरा पढौ

पोखरामा भ्यान र मोटरसाइकल ठोक्किदा १ को मृत्यू, ३ घाइते

पोखरामा गएराती भएको दुर्घट्नामा परेर एक जनाको मृत्यू भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजारमा गएराती साढे ११ बजे बिपरित दिशाबाट आएका भ्यान र मोटरसाइकल आपसमा ठोक्किदा घाइते भएका दोलखा जिल्लाको माली गाउँपालिका घर भई पोखरा २६ बस्ने २३ वर्षिय बिनोद क्षेत्रीको मृत्यू भएको हो । ग.१ च ९२४५ नम्बरको भ्यान र ग.२१ प. १२५० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक क्षेत्री गम्भीर घाइते भएका थिए । टाउकोलगायत शरिरका विभिन्न भागमा चोट लागेका उनको उपचारका क्रममा मृत्यू भएको गण्डकी… पुरा पढौ

पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम सम्पन्न

नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा भएको २ हप्ते पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम सम्पन्न भएको छ । दुई हप्तादेखि पोखरामा जारी पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम आईतबार समापन गरिएको हो । तालिममा प्रदेशका पशु प्राविधिकहरु सहभागि भएको नेल्टाका महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । तालिममा सहभागिहरुलाई गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा बोल्दै मन्त्री थापाले सिकेका कुरा व्यवहारमा उतारेर किसानलाई सेवा दिन आग्रह गरे… पुरा पढौ

पोखराका पर्यटन व्यवसायी खोप नपाउँदा निराश

पोखरा गण्डकी प्रदेशको राजधानी मात्र होइन पर्यटकीय नगरी पनि हो । पहिलो र दोस्रो भेरियन्टको कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध नगराएको भन्दै यहाँका पर्यटन व्यवसायीले गुनासो गरेका छन् । देशको अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विशेष योगदान पु¥याइरहेको पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतमा नराखेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुहुन्छ । “हामीले पटकपटक तीनै तहका सरकारलाई हाम्रा समस्याका बारेमा जानकारीसहित ध्यानाकर्षण गरायौँ, जिल्ला प्रशासन कार्यालय अगाडि ‘नो भ्याक्सिन, नो टुरिज्म’ को… पुरा पढौ

महानगरद्वारा भैंसी खरिदमा अनुदान वितरण

पोखरा महानगरपालिकाले भैंसीपालक किसानहरुलाई अनुदान वितरण गरेको छ । पोखरामा अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा आईतबार आयोजित एक कार्यक्रम गरेर महानगरले व्यवसायीक भैंसीपालक किसानहरुलाई भैंसी खरिदमा अनुदान वितरण गरेको हो । लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत महानगरले ११ वटा भन्दा बढी भैंसी पाल्ने ५० कृषक परिवारलाई जनही ३४ हजार १ सय २० रुपैयाँका दरले कुल १७ लाख ६ हजार वितरण गरिएको महानगर कृषि महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरले ११ वटा भन्दा कम… पुरा पढौ

शव ल्याउन हरेक महिना निगमको एक उडान हुने

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित राजदूतावासको आग्रहमा महिनामा निगमको एक उडान प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले… पुरा पढौ

लायन्स तालबाराहीद्वारा सरसफाई सहित वृक्षारोपण

पोखरा । लायन्स क्लब तालबाराहीद्वारा पैदलमार्ग कास्कीकोट क्षेत्रमा बृहद सरसफाईसहित वृक्षारोपण गरिएको छ । क्लवको नियमित कार्यक्रमअन्तर्गत पोखरा सराङ्गकोट, कास्कीकोट, चापाकोट, पञ्चासे पुम्दी हुदै पोखरा–१७ को ७४ किलोमिटर एरियामा सुरु गरिएको बृहद पैदलमार्ग एरियाको कास्कीकोटमा सो कार्यक्रम गरिएको क्लवका अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै लायन्स क्लष्टर प्रमुख भिष्मराज पौडेलले लायन्सद्वारा हरेक क्षेत्रमा गरिने हरेक कार्यक्रम महत्वपूर्ण रहेको बताए । २०० भन्दा बढी विभिन्न जातका फलफूलका बिरुवा रोपण सहित सरसफाई गरिएको थियो । क्लवका अध्यक्ष शिवप्रसाद तिमिल्सिनाको सभापतित्वमा… पुरा पढौ

डिजिटल प्रबर्धनका लागि होटल संघ र एनालग इन्कविच सम्झौता

पोखरा । कोभिड–१९ बाट थला परेको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रबर्धन गरी पूर्ववत अवस्थामा फर्काउने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखरा र काठमाडौंको गौशलामा कार्यालय रहेको एनालग इन्क प्रालि विच शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पोखरामा अयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र इन्कका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले हस्ताक्षर गरी सम्झौतापत्र साटासाट गरेका थिए । सम्झौता अनुसार इन्कले संघसँगको सहकार्यमा संस्थाका सदस्य होटलहरुलाई २० प्रतिशत छुटमा डिजिटल माध्यमबाट बजारिकरणमा सघाउने जनाइएको छ । कोभिड माहामारीको… पुरा पढौ