समाचार

तस्बिरमा हेर्नुहोस् पुम्दिकोटको विशाल शिव मूर्ति

पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ति । पछिल्लो समय यो स्थल धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । तस्बिर: जमुनावर्षा शर्मा/रासस पुरा पढौ

अग्लो ढुङ्गाले तान्यो पर्यटक

दमौली । सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचारको प्रभाव कति छ भन्ने तनहुँको मानुङकोटले प्रमाणित गरिसक्यो । केहीवर्ष अगाडिसम्म सुनसान रहने मानुङकोटमा गतवर्ष पर्यटकको चहलपहल ह्वात्तै बढ्यो । एकैदिन १० हजार भन्दा बढी मानुङकोटको डाँडा उक्लिए । मानुङकोट पहिला पनि थियो, तर प्रचारको कमीले ओझेलमा परेको थियो । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावका कारण धेरै ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । त्यसैको पछिल्लो उदाहरण हो भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुङ्गा । अग्लो ढुङ्गा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको… पुरा पढौ

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

बेइजिङ। कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ । चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र… पुरा पढौ

भेटियो ओढारमा २२ नाल भरुवा बन्दुक

गलकोट। बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले जानकारी दिए । प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि… पुरा पढौ

मोटरेबल पुल प्रयोगविहीन

म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताए । जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ”, उनले भने“आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।” शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित… पुरा पढौ

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबानको माग

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा त्यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ। अमेरिकी सेनाको आगमनसँगै करिब २ दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताएका छन्। शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु… पुरा पढौ

तालिबानलाई सहर पस्नबाट रोक्न अफगानिस्तानमा कर्फ्यू जारी

अफगानिस्तान सरकारले तालिबानको आक्रामकतालाई ध्यानमा राख्दै लगभग पूरै अफगानिस्तानमा कर्फ्यू लागू गरेको छ। यसको उद्देश्य तीव्र गतिमा अघि बढिरहेको तालिबान लडाकुहरूलाई सहरमा पस्नबाट रोक्नु हो। काबुलसमेत दुई अन्य प्रान्त छाडेर अफगानिस्तानमा राति १० बजेदेखि लिएर बिहान ४ बजेसम्म कुनै प्रकारको आवागमनलाई बन्देज लगाइएको छ। अमेरिकी र नेटोका सेना फिर्ता हुन थालेपछि पछिल्लो २ महिनामा तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन सुरु गरेको छ।तालिबानले अहिलेसम्म आधा अफगानिस्तानमा कब्जा जमाइसकेको बताइन्छ। स्पिन बोल्डान इलाकादेखि लिएर कयौँ जिल्लामा दुई पक्षबीच लगातार भिडन्त जारी रहेको… पुरा पढौ

टोकियो ओलम्पिक: ६ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। चीनले हालसम्म ६ स्वर्ण, १ रजत र ४ काँस्यसहित ११ पदक प्राप्त गरेको छ। प्रतियोगितामा आयोजक जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। जापानले हालसम्म ५ स्वर्ण र १ रजत तथा अमेरिकाले ४ स्वर्ण, २ रजत र ४ काँस्य प्रदक प्राप्त गरेको छ। यस्तै, २ स्वर्ण र ३ काँस्यसहित कोरिया चौथो तथा १ स्वर्ण, ४ रजत र २ काँस्य पदक प्राप्त गर्दै… पुरा पढौ

टी–ट्वान्टी वरीयतामा नेपालको एक स्थान सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसीसीले आइतबार अपडेट गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ। यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो। नयाँ वरीयतामा नेपाल टेस्ट राष्ट्र आयरल्याण्ड भन्दा अघि रहेको छ। नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो। टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन्। चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ। नेपाल… पुरा पढौ

नेपालका राष्ट्रिय फुटबल प्रशिक्षक अल्मुताइरीको राजीनामा !

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गर्ने घोषणा गरेका छन्।एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले सामाजिक सञ्जाल फेसबुक अकाउन्टमा बताएका छन्। नेम्बाङले बारम्बार समस्या खडा गरेको भनेर उनले आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू … म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु। पछिल्ला तीन साता हरेक दिन उनले मसँग नाटक गरे । मलाई… पुरा पढौ