समाचार

कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई १ करोड निकासा गर्दै बरालले सम्हाले अर्थमन्त्रीको कार्यभार

नव नियुक्त गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई १ करोड निकासा गर्दै कार्यभार सम्हालेका छन् । शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका बरालले कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीका लागि भत्ता स्वरुप १ करोड निकासा गर्दै अर्थमन्त्रीको कार्यभार सम्हालेका हुन् । यसअघी उनले दिउँसो सपथ खाएका थिए भने लगत्तै सहीदपार्क पुगेर सहीदको शालिकमा माल्यार्पण गरेका थिए । सहीदको शालिकमा माल्यार्पण पश्चात कार्यभार सम्हाल्न पुगेका मन्त्री बरालले त्यहाँ कर्मचारीलाई निर्देशन दिनुका साथै पार्टीका नेता… पुरा पढौ

केराखेतीमा गवाँरो रोग लागेपछि किसान चिन्तित

गलेश्वर। हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पुर्‍याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन् । पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका वेनी… पुरा पढौ

गण्डकी प्रदेशमै सबैभन्दा बढी दुर्घटना नवलपुरमा, कास्की तेस्रो नम्बरमा

पोखरा । गण्डकी प्रदेशकोे नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रदेशकै सबैभन्दा बढी दुर्घटना भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेशमा भएका ४०५ वटा दुर्घटनामध्ये नवलपुरमा मात्रै १३८ दुर्घटना भएका हुन् । प्रदेशस्तरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार नवलपुरमा भएको सवारीसाधन दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका थिए । प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रुपमा नवलपुर रहेको र त्यहाँ गत वर्ष मात्रै त्यहाँ २०० सवारीसाधन दुर्घटनामा परेका बताए । “नवलपुरमा भएको १३८ दुर्घटनामा २०० सवारीसाधन परेका थिए”, उनले… पुरा पढौ

मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद विस्तार, को को भए मन्त्री ?

पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार ६ जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथसमेत लिएका छन् । नेकपा माओवादी केन्द्रबाट रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री, दीपक घर्ती मगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट वागलुङका मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन, कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला र स्याङ्जाका मेखलाल श्रेष्ठ… पुरा पढौ

भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् । नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको कुल सङ्ख्या घटेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ । भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् ।… पुरा पढौ

सांसद पदबाट दिएको राजीनामा भीम रावलले लिए फिर्ता

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले डा. रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए । गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा. रावलले राजीनामा दिएका थिए । डा. रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको… पुरा पढौ

बाढीको उच्च जोखिममा मनाङको लोकप्रिय मावि

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ । लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उनीहरुको भनाइ… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा सङ्क्रामक रोग अस्पताल निरीक्षण

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले बजेट बनाएको बताए । कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई सङ्घले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आइसोलेशनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री… पुरा पढौ

टोकियो ओलम्पिकः नेपालकी सोनियाको पहिलो खेल रूसी इरिनासँग

टोकियो ओलम्पिकअन्तर्गत जुडोको प्रतिस्पर्धामा नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन्। सोनियाले पहिलो खेलमा जुलाई २४ मा खेल्नेछिन्। बिहीबार सार्वजनिक खेल तालिकाअनुसार ४८ किलो तौल समूहमा सोनियाको पहिलो भेट इरिनासँग हुने पक्का भएको हो। डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन। रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डामुनि प्रतिस्पर्धा गर्नेछन्। इरिनाले मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन्। नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औँ स्थानमा छिन्। वाइल्डकार्डमार्फत… पुरा पढौ

टोकियो ओलम्पिकको उद्घाटन आज, दर्शकलाई निषेध

विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदैछ। विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो। कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ। ओलम्पिकका केही खेलहरु २ दिनअघि नै सुरु भइसकेका छन्। तर, औपचारिक उद्घाटन भने नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे सुरु हुनेछ। ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका… पुरा पढौ