समाचार

स्वास्थ्य मन्त्रालय भन्छः सजग रहौँ, संक्रमणको तेस्रो लहर आउन सक्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएको हो। तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ। मन्त्रालयबाट तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको हो । नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ। नेपालमा अहिलेसम्म ७… पुरा पढौ

नेपाललाई खोप खरिद गर्न एडीबीको २० अर्ब ऋण

एसियाली विकास बैंक (एडीबी) ले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई झण्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ। कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गर्न लागिएको मनिलास्थित एडीबीको प्रधान कार्यालयले जनाएको छ। बैंकका अध्यक्ष मासाटुगु आशाकावाले कोरोनापछि थलिएको नेपालको अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकको जीवन रक्षाको लागि झण्डै २० अर्ब रुपैयाँ ऋण प्रदान गर्न लागिएको जानकारी दिएका छन्। एडीबीको यो ऋणबाट ६८ लाख नेपालीलाई पुग्नेगरी खोप खरिद गर्न सकिनेछ। पुरा पढौ

इन्डोनेसियामा डुंगा दुर्घटनाः २४ को मृत्यु, ३१ घाइते

इन्डोनेसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ र अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुंगा पल्टिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्। बन्दरगाहा नजिकै दुर्घटना भएका डुंगा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको संख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन्। इन्डोनेसियामा सामुद्रीक आँधी… पुरा पढौ

प्रदेश योजना आयोगमा माया तिम्सिना

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिमिल्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए । उक्त अवसरमा मन्त्रीहरु कुमार खड्का, हरिशरण आचार्य, प्रदेश सभा सदस्य ओमकला मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव डा.दामोदर रेग्मी सहभागी थिए । सपथपछि मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि अनुभव प्रयोग गर्न आग्रह गरे । संघ तथा प्रदेशका पञ्चवर्षीय… पुरा पढौ

रामजी बरालको नेतृत्वमा माओवादी सरकारमा सहभागि हुने

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले प्रदेश सरकारमा सहभागि हुने सबै मन्त्रीको टुंगो लगाएको छ । मन्त्रीमण्डल गठन भएकै दिन एक मन्त्री पठाएको माओवादी केन्द्रले विहीबार थप ३ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रले कास्कीका रामजीप्रसाद बरालको नेतृत्वमा प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेको छ । बरालले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एकको जिम्मेवारी सम्हाल्ने माओवादी स्रोतले जनाएको छ । यसैगरी स्याङ्जाका दीपक चर्तिमगर र बाग्लुङका चन्द्रबहादुर बुढालाईपनि माओवादीका तर्फबाट मन्त्री बनाउने निर्णय भएको बताइएको छ ।… पुरा पढौ

नेलम्बो नेपालको स्वास्थ्य शिविर २२२ जना लाभान्वित

पोखरा । नेलम्बो नेपालको आयोजनामा कास्कीका दुई ठाउँमा भएका छुट्टा–छुट्टै निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसको उदय माध्यमिक विद्यालय र पृथ्वी नारायण माध्यमिक विद्यालयमा दुई–दुई दिनसम्म सञ्चालन भएको शिविरमा २२२ जनाको परीक्षण भएको छ । साथै शिविरमा २४ जनालाई औषधी उपचार गरिएको र एक जना विरामीको ट्युमरको सर्जरी पनि गरिएको पनि सस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । शिविरमा दाँत भर्ने, निकाल्ने, सफा गर्ने, दाँतको एक्सरे गर्ने, दाँतको… पुरा पढौ

वन्यजन्तुको आक्रमणबाट एकको मृत्यु

माडी नगरपालिका–१ पाण्डव नगरमा एक जनाको शव फेला परेको छ । बुधबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र तामा खोज्न पसेका स्थानीयवासी ४५ वर्षीय राजकुमार बोट आज बिहान मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलक शर्माका अनुसार निकुञ्ज नजिकै बारीमा आज बिहान ९ः३० बजे उहाँको शव फेला परेको हो । बोटको मुखमा कोतरिएको र बायाँ तिघ्रामा घाउ रहेको छ । बोटलाई भालुले आक्रमण गरेको हुनसक्ने प्रहरीले अनुमान छ । पुरा पढौ

चितवनमा गोली लागेर युवकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए। बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए। पुरा पढौ

‘स्यानी माया’लाई चार दिनमै आठ लाख भ्यूज

पोखरा । मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’को म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी ‘भ्यूज’ बटुलेको छ । ‘बसन्त थापा’ युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई ३६ हजारले ‘लाइक’ र चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएकी छन्… पुरा पढौ

बेपत्ता अर्याल १७ वर्षपछि घर फिर्ता

स्याङ्जा । स्याङ्जाका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन्। जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन् । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भनिन् “उहाँले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर… पुरा पढौ