समाचार

राष्ट्रपतिका रुपमा सी चिनफिङ पहिलो पटक तिब्बतमा

चीनका राष्ट्रपति सी चिनफिङले गत बुधबार र बिहिबार स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन्। राष्ट्रपतिको हैसियतमा चिनफिङको यो पहिलो तिब्बत भ्रमण हो। चिनफिङले पछिल्लो पटक सन् २०११ मा तिब्बत भ्रमण गरेका थिए। त्यसबखत उनी उप–राष्ट्रपति थिए। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति चिनफिङ बुधबार हवाइजहाजमार्फत न्यान्ची सहर पुगेका थिए। त्यहाँबाट रेलमा चिनफिङ तिब्बती राजधानी ल्हासा पुगे। सिचुवानबाट तिब्बतसम्म संचालन सो रेल अत्यन्तै ठूलो उचाई हुँदै गुड्ने गर्दछ। ल्हासामा चिनफिङले पोताला दरबार सहित विभिन्न गुम्बाको भ्रमण गरेको बताइएको छ। पोताला दरबारलाई… पुरा पढौ

विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।कोरोनाविरुद्ध खोप लगाएका १० देशको तथ्यांकहरु यसप्रकारछन्। चीनमा १ अर्ब ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १ सय २५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९ सय डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। त्यस्तै,… पुरा पढौ

अष्ट्रेलियाको संघीय राजधानीमा संकटकाल घोषणा

अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ। कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै संक्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो। प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ। प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेशभित्रका सवैलाई खोपको… पुरा पढौ

भारतमा थप ३५ हजार संक्रमित, कुल ४२ करोडले लगाए खोप

भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३ सय ४२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्। त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७ सय ४० भन्दा बढी कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन्। नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको कूल संख्या घटेको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका संक्रमितहरुको संख्या ४ लाख ५ हजार ५ सय १३ रहेको छ। भारतमा कोरोनाभाइरसबाट कुल मृतकको संख्या अहिलेसम्म ४ लाख १९ हजार ४ सय ७० पुगेको अधिकारीहरुले… पुरा पढौ

१२ वर्षकी सिरियाली हेन्ड जाजा टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी

१२ वर्षीया सिरियन टेबलटेनिस खेलाडी हेन्ड जाजाले टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउँदै छिन्। सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा ५ मध्ये ४ खेलमा जित निकाल्दै उनी ११ वर्षको उमेरमै ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। टोकियो ओलम्पिकमा जाजाले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन्। इन्टरनेशनल टेबलटेनिस फेडेरेसनका अनुसार उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५ औं स्थानमा छिन्। ‘हाम्री च्याम्पियन हेन्डलाई टोकियो ओलम्पिकका लागि शुभकामना,’ सिरियन ओलम्पिक कमिटीले आफ्नो फेसबुक… पुरा पढौ

टोकियो ओलम्पिकः कल्पनाले बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी हुन्। टोकियोमा शनिबार बिहान सम्पन्न खेलमा महिलातर्फको १० मिटर राइफलमा कल्पनाले ६१६.८ स्कोर बनाइन्। उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन्। हिँजो (शुक्रबार)देखि औपचारिक सुरु भएको ओलम्पिकमा नेपालबाट ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। आजै बिहान जुडोकी सोनिया भट्टले पनि रसियाली खेलाडी डोल्गोभा इरिनासँग ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्। पुरा पढौ

टोकियो ओलम्पिकमा नेपालको खेल सुरु

टोकियो ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोके। नेपालबाट ४ खेलका ५ खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन्। शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन्। भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन्। त्यस्तै, जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ।… पुरा पढौ

टोकियो ओलम्पिक खेलको भव्य उद्घाटन

विश्व खेलकुदकै महाकुम्भ मेला ओलम्पिक खेलको ३२ औं गृष्मकालीन ओलम्पिक संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा भव्य रूपमा गरिएको छ। जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगान गरिएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी समेत प्रस्तुत गरिएको थियो। जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित थिए। ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआइपीको मात्रै उपस्थिति थियो। यस पटकको ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११… पुरा पढौ

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु हो : प्रधानमन्त्री देउवा

काठमाण्डौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरूप्रति नमन गर्दै शुमकामना व्यक्त गरेका हुन् । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरूप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई… पुरा पढौ

आज गुरु पूर्णिमा मनाइँदै

काठमाण्डौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपसमेतमा… पुरा पढौ