समाचार

मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला

कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन्। इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन्।यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम संख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका छन्। गएको वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए। साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ। यसवर्ष झण्डै १० हजारको… पुरा पढौ

महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि सोमबारदेखि प्रशिक्षण सुरु गरेको हो। बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ। तीमध्ये अन्जना रानामगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत र अनिता केसीलाई बन्द प्रशिक्षणमा छन्। यस्तै, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गामगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना… पुरा पढौ

काठमाण्डौ–नयाँ दिल्ली, अब हप्तामा ६ उडान

नेपाल र भारतबीच भएको एयर बबलबीच काठमाण्डौ–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने सम्झौता गरिएको छ। यसअघि नयाँ दिल्लीमा हप्ताको २ उडान हुँदै आएकोमा अब ६ उडान हुने भएको हो। सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान संख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमले जनाएको छ। निगमका अनुसार अब नयाँ दिल्लीमा काठमाण्डौबाट सोमवार, बुधवार र शनिवार निगमको जहाजले उडान भर्नेछ। यसअघि, २ उडान कायम रहेका बेला निगमले बुधवार र भारतको एयर इन्डियाले शुक्रवार उडान भर्दै आएको थियो। अहिले… पुरा पढौ

बाढी पहिरोमा परेर यो वर्ष ६३ को मृत्यु, अझै ३५ जना बेपत्ता

यो वर्ष बाढी पहिरोमा परेर देशभर ६३ जनाको मृत्यु भएको छ। मनसुन सुरु भएयता बाढी तथा पहिरोबाट ४८ जिल्ला प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विभिन्न स्थानको बाढीपहिरोमा परी ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको प्राधिकरणले जनाएको छ। त्यस्तै ५ सय ६५ निजी आवास पूर्ण रुपमा क्षति भएको छ भने १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथ्यांक छ। पहिरोका कारण ३७ सरकारी भवन एवं १२ वटा सामुदायिक भवन तथा… पुरा पढौ

साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा गर्ने तयारी

साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा गर्ने तयारी थालिएको छ। कोरोना भाइरस संक्रमण (कोभिड–१९) कारण स्थगित कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको हो। विद्यार्थीको भौतिक उपस्थितिमै विगतमा जस्तै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएकाले साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बोर्डले जनाएको छ। यसअघि, बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा संचालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईंले बताए । उक्त… पुरा पढौ

साउन ६ गते सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीले आफूहरुको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा सरकारले बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । पुरा पढौ

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाण्डौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए… पुरा पढौ

व्यवसायीलाई खोप उपलब्ध गराउन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष सो माग राखेको हो । जवाफमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताइन् । संघको प्रनिनिधिमण्डलमा प्रदेश सांसद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा, संघका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्र्रमान… पुरा पढौ

सहिद इन्दिरा तिवारी (ज्योति)को नाममा वेगनासमा स्मृति गेट निर्माण

पोखरा । पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ । सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ले आयोजना गरेको एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइराला (रुपक)ले स्मृति गेटको उद्घाटन गरे । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले देशमा भएका महत्वपूर्ण राजनैतिक परिर्वतनहरु महान सहिदहरुको योगदानको कारण भएको बताए ।जनयुद्धमा सहिद भएका… पुरा पढौ