समाचार

विश्वमै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो

कोरोना महामारी सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ। विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २ सय २३ जना रहेका छन। विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। सो विश्वविद्यालयले जुलाई १६ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २०… पुरा पढौ

पश्चिम युरोप आएको बाढीमा परेर १२० ले ज्यान गुमाए

पश्चिम युरोपमा आएको बाढीका कारण १ सय २० जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये धेरैजसो जर्मनीका रहेको संचारमाध्यमहरुले जनाएको छ। बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीका २ गाउँ तहसनहस भएका छन्। बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन्। बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ। जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका संचारमाध्यमहरुको समाचारमा उल्लेख छ। जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको बताएका छन्।… पुरा पढौ

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै सडक अवरुद्ध भएको हो। वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ। सडक खुलाउन जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहेपनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिएका छन्। सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन मालढुंगामा अलपत्र बनेका छन् भने… पुरा पढौ

महानगर मेयर जिसीको स्वास्थ्यमा सुधार

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन्। प्रमुख जिसीको स्वास्थ्यमा सुधार समेत आएको बरालले बताए। उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या आएको थियो। हिँजै शल्यक्रिया गर्ने भनिएपनि चिकित्सकहरुलाई उद्धृत गर्दै बरालले तत्काललाई शल्यक्रिया गर्नु नपर्ने र हाललाई औषधीबाटै प्रमुख जिसीको उपचार भइरहेको बताए। शुक्रबार बिहान करिब ४ बजे उनलाई स्वास्थ्यमा असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको थियो। मेडिप्लस अस्पतालमा… पुरा पढौ

कास्की काँग्रेसद्वारा मेयर जिसीको स्वास्थ्यलाभको कामना

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीको स्वास्थ्यलाभको कामना गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । ‘उहाँलाई मस्तिष्कघात भएको भन्ने खबरले हामीलाई दुःखी बनाएको छ, विज्ञप्तिमा भनिएको छ, स्वास्थ्यलाभ गरी छिट्टै पोखरेलीको सेवामा जुट्नु हुने अपेक्षा गरेका छौं।’ विज्ञप्तिमा उहाँको उपचारमा कुनै कमी आउन नदिने वातावरण मिलाउन पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । पुरा पढौ

पोखरा २५ स्थानियको घर घरमा पानी उपलब्ध गराउनु पर्ने सांसद बरालको माग

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनले पोखरा २५ लाम्पाटाको घर घरमा पिउने पानी उपलब्ध गराउनु पर्ने माग गरेका छन्। सुनौलो टोल विकास संस्थाले विहिबार साँझ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै सांसद बरालले अव्यबस्थित बसोबास रहेको लाम्पाटामा पिउने पानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन्। उनले भने “ सुकुम्बासी बस्तीहरुमा त पिउने पानीको प्रायः सबै क्षेत्रमा पहुच पुगेको छ भने तपाईहरुले त केही न केही रकम तिरेर बसोबास गर्दै आउनु भएको छ, तपाईहरुले पनि अब बसाईसराई ल्याउनु… पुरा पढौ

गण्डकी प्रदेश सभामा सरकार पक्ष र बिपक्षीबीच आरोपप्रत्यारोप

पोखरा । गण्डकी प्रदेशमा केहि दिन पहिले प्रदेश सरकार र बिपक्षी नेकपा एमालेबीच आरोपप्रत्यारोप चल्यो । प्रदेश सरकारले एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको पूर्व सरकारले अविश्वासको प्रस्ताव आएपछि सत्ता छाड्ने बेलामा रातो कितावमा नपरेका ११ वटा आयोजनाका लागि ४ अर्ब ५१ करोडको टेण्डर गरेको आरोप लगायो । प्रदेश सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधी तथा सामाजिक विकास मन्त्री कुमार खड्काले एमाले नेतृत्वको पूर्व सरकारले जाने बेलामा गरेको यी योजनाहरु आर्थिक अनुशासनका हिसाबलेपनि अगाडि बढाउन नमिल्ने र यसका लागि बजेट पनि नभएको… पुरा पढौ

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

काठमाण्डौँ । फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासङ्घमार्फत नेपाल र भारतको भलिबल टोलीलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल सङ्घले जनाएको छ । उक्त प्रतियोगिता आगामी भदौ १३ देखि २० गतेसम्म आयोजना हुने तय भएको थियो । नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो । यो निर्णयले नेपाली महिला… पुरा पढौ

कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

काठमाण्डौँ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । \पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने बताएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको… पुरा पढौ