समाचार

एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का

पर्वत। पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए ।… पुरा पढौ

यसअघिको ओलम्पिकमा पदक विजेता अजरेन्का र केरबेरले पनि ओलम्पिक नखेल्ने

पूर्व पदक विजेता भिक्टोरिया अजरेन्का र एन्जेलिक केरबेरले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन्। अजरेन्काले लन्डन ओलम्पिकमा बेलारूसका लागि एकलमा काँस्य र युगलमा स्वर्ण पदक जितेकी थिइन्। रियो ओलम्पिकमा पनि अजरेन्काले एकलमा रजत पदक जितेकी थिइन्। अजरेन्का र केरबेर दुबैले बिहीबार टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। रोजर फेडेरर, राफेल नाडाल, सेरेना विलियम्स, डोमिनिक थिमले पनि ओलम्पिक नखेल्ने घोषणा गरिसकेका छन्। पुरा पढौ

युरोकपमा चेक रिपब्लिकका प्याट्रिक सिकले गरेको गोल उत्कृष्ट

चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरोकप २०२० को उत्कृष्ट गोल चुनिएको छ। २५ वर्षीय सिकले समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो। यूइएफएले सामाजिक सञ्जालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट घोषित भएको जनाएको हो। सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहार सिधै गोल भएको थियो। स्कटल्याण्डका गोलकीपर डेभिड मार्सलले त्यसलाई रोक्ने कुनै अवसर नै पाएनन्। हालै सम्पन्न युरोकपमा उनले सर्वाधिक ५ गोल गरेका थिए। तर, समान ५ गोल गरेका क्रिस्टियानो रोनाल्डोले एसिस्टका आधारमा सर्वाधिक गोलकर्ता बने र… पुरा पढौ

सावित्रा (साम्बा) को घुँडाको सफल शल्यक्रिया

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)को घुँडाको सफल शल्यक्रिया भएको छ। कतारको दोहास्थित अस्पेटर अस्पतालमा एसीएलको शल्यक्रिया सफल भएको (साम्बा) ले बताएको जनाइएको छ। नेपालबाट सबभन्दा धेरै गोल गरेकी (साम्बा) को गत फागुनमा सम्पन्न महिला राष्ट्रिय लिगमा चोट लागेको थियो। एपीएफबाट खेल्दै आएकी (साम्बा) को दाँया खुट्टामा चोट लागेको थियो। चोटकै कारण (साम्बा)ले लिगको अन्तिम २ खेल गुमाएकी थिइन्। पुरा पढौ

गौरिकाले टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोक्ने

पौडी खेलाडी गौरीका सिंहले जापानको राजधानी टोकियोमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्नेछिन्। नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो। टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले सहभागिता जनाउनेछन्। सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन्। गौरिकाले सन् २०१६ मा रियो ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा सिंहले पौडीमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जितेकी थिइन्।… पुरा पढौ

गण्डकी प्रदेशमा अबको ३ दिन नै ठूलो पानी पर्ने

गण्डकी प्रदेश लगायतका पश्चिमी क्षेत्रका केही ठाउँमा आज (शुक्रबार) ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज (शुक्रबार) बिहान ६ बजे गरेको मौसम पूर्वानुमानमा आज (साउन १ गते, शुक्रबार) देखि पर्सि (साउन ३ गते, आइतबार) सम्म गण्डकी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने जनाइएको छ। पश्चिमका यि क्षेत्रका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको पानी परिरहेको छ। दिउँसो पछि भने ठूलो पानी पर्ने संभावना छ । विभागका अनुसार मनसुनी… पुरा पढौ

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरेकी हुन् । सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । पुरा पढौ

संसद्को अधिवेशन आइतबार

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुरा पढौ

काठमाण्डौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाण्डौं । काठमाडौँ उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । साउन १ गतेदेखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो । आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रङ्गशाला, सङ्ग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको… पुरा पढौ

राजधानीको निषेधाज्ञा आज सकिदैँ, भोलिदेखि लामो दूरीको सवारीसाधन संचालन

राजधानी काठमाण्डौंमा जारी निषेधाज्ञा आज (बिहीबार) बाट सकिदैँछ। कोरोनाको फेरि संक्रमण बढ्दै गएपनि खोपको व्यवस्थापन गरेर जनजीवनलाई खुकुलो बनाउने उद्देश्यसहित काठमाण्डौं लगायत उपत्यकाको ३ जिल्ला प्रशासनको तयारी रहेको समाचारहरुमा जनाइएको छ। लामो दूरीमा २ महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा संचालन गर्न दिने तयारीमा राजधानी उपत्यकाका जिल्ला प्रशासनहरु रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीबीच भोलि (शुक्रबार)देखि लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने तयारीबारे छलफल भएको समाचारहरु बाहिर आएका छन्। लामो दूरीको यातायात संचालन… पुरा पढौ