समाचार

मेस्सी कोपा अमेरिकाको सर्वाधिक गोलकर्ता

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यस संस्करणको कोपा अमेरिका कप फुटबलको सर्वाधिक गोलकर्ता बनेका छन्। उनले यस संस्करणको प्रतियोगितामा कोलम्बियाका लुइस डिजालाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेका हुन्। मेस्सीले ४ गोलसहित ५ असिस्ट पनि गरेका हुन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल पनि जितेका छन्। अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको उपाधि जिताउन महत्वपूर्ण मूमिका खेलेका मेस्सीले गोल्डेन बल पाएका छन् । मेस्सीको फुटबल करियरको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो। अर्जेन्टिनाले फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। पुरा पढौ

इटली दोस्रो पटक युरोकप च्याम्पियन, पहिलो उपाधि जित्ने इंग्ल्याण्डको सपना अधुरै

घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटलीले युरोकप फुटबलको उपाधि जितेको छ। गएराति राति भएको फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो। उपाधिसँगै इटलीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ। यसअघि, इटलीले १९६८ मा युरोकपको उपाधि जितेको थियो। इंग्ल्याण्डको भने पहिलो पटक युरोकपको उपाधि जित्ने सपना अधुरै बनेको छ। वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटलीले इंग्ल्याण्डमाथि बाजी मार्न सफल बन्यो। पेनाल्टीमा इटलीका… पुरा पढौ

लायन्स क्लब हेमजाद्वारा वृक्षरोपण

पोखरा । लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजा प्राङ्गणमा वृक्षारोपण गरेको छ । लियो क्लब अफ हेमजाको व्यवस्थापनामा भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, हर्रो, वर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका जडिवुटीका विरुवा रोपेको हो । कार्यक्रममा बोल्दै रिजन चेयर पर्सन जिवन गोर्खालीले रोपेका विरुवाको संरक्षणको खाँचो रहेको बताए । लायन्स क्लब हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, पूर्व अध्यक्ष राजेन्द्रबहादुर सापकोटा, पूर्व अध्यक्ष मोतिराज तिमिल्सिना, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, लियोका जोन निर्देशक… पुरा पढौ

पोखरा महानगरले सिल्टेसन ड्यामको विषयमा कानुनी उपचार खोज्ने

पोखरा । फेवातालमा मिसिने हर्पन खोलामा निर्माण भएको सिल्टेसन ड्याममा गत असार २३ गते भारी वर्षाका कारण गम्भीर क्षति पुगेको विषयमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका टिकाटिप्पणीप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फेवाताल संरक्षणको उद्देश्य राखेर गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा महानगरले ४ वटा खोलामा निर्माण गरिएका सिल्टेसन ड्यामहरु मध्ये हपर्न खोलामा बनाइएको ड्याममा क्षति पुगेको बारेमा आएका प्रतिक्रियामा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्तिमा निकालेर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको… पुरा पढौ

‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’ : मन्त्रालय

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आज विज्ञप्ति निकालेर खण्डन गरेको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा… पुरा पढौ

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उहाँले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकूद परिषद् (राखेप) लाई निर्देशन दिए… पुरा पढौ

एक हजार ८३१ मा कोरोना सङ्क्रमण

काठमाण्डौं । बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो । हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन्… पुरा पढौ

नवलपुरमा भएका छुट्टा–छुट्टै दुर्घटनामा ४ जना घाइते

पोखरा । आइतबार नवलपुर वर्दघाट सुस्ता पूर्वमा भएका छुट्टा–छुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित भित्री सडक खण्डमा ना १९ प ५२२१ नम्वरको स्कुटर दुर्घटना हुँदा रामचन्द्र महतो घाइते भएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, देवचुली नगरपालिका–१५ साखीचोकको भित्री सडक खण्डमा लु३५प ५६०२ नं.को मोटरसाईकल र पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ह ११८७ नं.को अटो एक आपसमा ठक्कर खाँदा तीन… पुरा पढौ

बागलुङका ६६ घर उच्च जोखिममा

गलकोट। बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेका प्रहरीले जनाएको छ । वर्षात्को शुरुमै जिल्लाका विभिन्न स्थानमा एक दर्जन बढी घरपरिवार विस्थापित भएका थिए । उनीहरु छिमेकीकामा आश्रय लिएर बसेका छन् । काठेखोला ,बडीगाड, ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरामा २५ घर… पुरा पढौ

भारतमा थप कोरोनाभाइरसबाट ४१ हजार सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको… पुरा पढौ