समाचार

पाल्पाली बहुउद्देश्यीय सहकारीको रक्तदान, ५० युनिट संकलन

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो स्थापना दिवस अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सहकारीले स्थापना दिवस अवसरमा हरेक वर्ष नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताए । पाल्पाली समाजका अध्यक्ष एवं सहकारीका सचिव… पुरा पढौ

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष हुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । “कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ”, उनले भने, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए… पुरा पढौ

सरकार बनेकाे दुई सातापछि गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन

पाेखरा । सरकार गठन भएको दुई सातापछि गण्डकी प्रदेशका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री परिषद बिस्तार गरेको करीब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । यद्यपि औपचारिक रुपमै जिम्मेवारी भने सुम्पिनसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ । पोखरेल गत जेठ २९ गते नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन उनले आफूलाई सहयोग गर्ने दलहरुबाट एक÷एक जना र स्वतन्त्र एक गरेर ५ सदस्यीय… पुरा पढौ

आजदेखि युरो कप फुटबलमा नकआउट चरणका खेलहरु सुरु

युरो कप फुटबलमा आज (शनिबार)देखि नकआउट चरण अर्थात अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) का खेलहरु सुरु हुँदैछन्। पहिलो खेलमा आज राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा खेल्दैछन्। समूह ’ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ’बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो। समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित बनेको थियो। यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित बनेको… पुरा पढौ

फिफा महिला वरीयतामा नेपालको एक स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औं स्थानमा थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा छ। यस्तै, दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि रहेको भारत ५७ औं स्थानमा रहेको छ। विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ। यस्तै, जर्मनी… पुरा पढौ

जुडोकी सोनियाले ओलम्पिक खेल्ने

जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्। वाइल्ड कार्ड प्राप्त गर्दै सोनियाले ओलम्पिकमा खेल्ने पक्का भएको हो। सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुन्। यसअघि, सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भइसकेको छ। सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी काँस्यधारी खेलाडी हुन्। सोनियाले महिला ४८ केजीमुनि काँस्य जितेकी थिइन्। उनी विश्व जुडो च्याम्पियनसीपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। सन् २०१९ मा… पुरा पढौ

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी

जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ। जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन्। उनले कोरोना भाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रबार बताएका छन्। जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिकाभित्र मात्रै बिहीबार एक दिनमा ५ सय ७० जना नयाँ संक्रमित भेटिएका छन्। टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।… पुरा पढौ

चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी

चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिष्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ। चीनको राज्य परिषदले शुक्रबार ‘चीनको राजनीतिक दलसम्बन्धी प्रणाली सहयोग र परामर्श’ नामको श्वेतपत्र सार्वजनिक गरेको हो। श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगिकार गरिने उल्लेख छ। यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु ८ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग,… पुरा पढौ

तिब्बतमा ल्हासा–निङ्ची रेल्वे सेवा सुरु

चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वेसेवा शुक्रबार सुरु भएको छ। चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटर लामो छ। तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रति किलोमिटर गतिमा गुड्न सक्ने व्यवस्था मिलाइएको छ। चिनियाँ मुख्य भूभागमा तिब्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेल सेवा सुरु गरेको छ। अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ। दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ… पुरा पढौ

चिनियाँ र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुँदै

रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले भिडियो लिंकमार्फत् वार्ता हुने भएका छन्। चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको हो। प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा शुक्रबार सो कुरा बताएका हुन्। बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए। उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो। सिन्ह्वा पुरा पढौ