समाचार

आइपिओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

काठमाडौँ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन आइपिओ निष्कासनको तयारी गरेको छ । अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार अब सो अस्पताल ‘नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । अस्पताल नेपालको शेयर बजारमा सूचीकृत… पुरा पढौ

महान्यायधिवक्ता बडालद्वारा राजीनामा

काठमाडौँ। सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाएका हुन् । बडालले रासससँग कुरा गर्दै भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ । ”सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उनले तीन महिना २१ दिन काम गरे । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको… पुरा पढौ

पूरा हुँदै खानेपानी सपना

बागलुङ। एक समय थियो तिर्खा मेट्न थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे । अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ। गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक धारा’ को लक्ष्यसहित चार वर्षअघि शुरु भएको ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजनाले नरेठाँटीको खानेपानी समस्या सँधैँका लागि अन्त्य गर्ने भएको हो । घरघरै खानेपानी आएपछि सुविस्ता भएको थुम्काकी दुर्गादेवी भण्डारीले… पुरा पढौ

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड छ दिनदेखि अवरुद्ध

पर्वत। भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा असार २४ गते सडकमाथिबाट ठुलाठूला ढुङ्गासहित आएको पहिराका कारण बाटो अवरुद्ध बनेको हो । पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ । डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सञ्चालन गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली… पुरा पढौ

एसओएस युवालय गण्डकी रामबजारको माईनर युथ क्लवको अध्यक्षमा सुरेश

एसओएस युवालय गण्डकी रामबजारद्वारा संचालित माइनर युवा क्लबको अध्यक्षमा सुरेश भुजेल निर्वाचित भएका छन्। क्लबको हालै सम्पन्न अधिवेशन तथा साधारणसभाले क्लबको नयाँ कार्यसमिति चयन गरेको हो। दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा पूजा लामा, सचिवमा प्रतिक्षा पौडेल, कोषाध्यक्षमा शंकर भुजेल र सह–सचिवमा आसकुमार गुरुङ निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा धनराज श्रेष्ठ र श्रेया आलेमगर निर्वाचित भएका छन्। पुरा पढौ

सर्वोच्चको फैसला जनभावनानुसार आएको छ : सभामुख

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने , “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।” सभामुख सापकोटाले संविधानले केही मौलिक व्यवस्था गरेको र त्यसको स्पष्टसँग आजको फैसलाले व्याख्या गरेको समेत उल्लेख गरे। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त फैसला गरेको छ । सर्वोच्चको फैसलामा सात दिनभित्र प्रतिनिधिसभाको बैठकसमेत बोलाउन भनिएको छ । सभामुखले सर्वोच्चको फैसलाले नेपाली… पुरा पढौ

कास्कीका चार दल भन्छन् : सर्वोच्चको फैसला ऐतिहासिक

कास्कीमा क्रियाशील चार राजनैतिक दलले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, जसपा कास्की अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्की अध्यक्ष रविमोहन ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी फैसलाप्रति सम्मान व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको छ ।फैसला अदालतमाथि थप विश्वास बढेको उल्लेख गर्दै संविधान निर्माणकर्ता, नेपाली जनता, राजनैतिक पार्टी र प्रजातन्त्रमा विश्वास राख्ने सबैका लागि ऐतिहासिक महत्वको भएको जनाइएको छ ।ओली सरकारको ज्यादतीबाट देश, प्रजातन्त्र र संवैधानिक प्रक्रियाको… पुरा पढौ

बिरौटा साझा चौतारीको रक्तदानमा ६५ यूनिट रगत संकलन

पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ । क्लवको वार्षिक कार्यक्रम अन्र्तगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको हो । कार्यक्रमको उद्घाटन असिस्टेन्ट चिफ एडभाइजर महेश पौडेलले पहिलो रक्तदाता कृष्ण पौडेललाई व्लड व्याग हस्तान्त्रण गरी सुरुवात गरेको कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिइन् । क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेप्युटी चिफ गोपाल थापा, डिष्ट्रिक सिनियर एडभाइजर दुर्गा कुमारी आचार्य, जीएसटी रजनी कोइराला,… पुरा पढौ

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ। मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा… पुरा पढौ

पृथ्वी राजमार्गले निषेधाज्ञा नमान्ने, असार ३० गतेदेखि गाडी चलाउने

नेपालको सबैभन्दा धेरै गाडी भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निषेधाज्ञा नमान्ने घोषणा गरेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उसले यहि असार ३० गतेबाट देशभर गाडी सञ्चालन गर्ने बताएको छ । कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै असार ३० गतेबाट नियमित गाडी सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ… पुरा पढौ