समाचार

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड। विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज… पुरा पढौ

भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत, थप ४३ हजार सङ्क्रमित

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि सङ्क्रमित अवस्थामा रहेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पछिल्लो… पुरा पढौ

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

पर्वत। पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उनले बताए । सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो । सडक… पुरा पढौ

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल

बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उनले पत्रकारिता जगत् लोकतान्त्रिक प्रणालीको खम्बा भएको धारणा राखे ।“सत्तामा गइसकेपछि सरकारको आँखाबाट कमी कमजोरी नदेखिन सक्छ, पत्रकार साथीहरुले स्वस्थ आलोचनामार्फत हामीलाई खबरदारी गर्नुस्”, मुख्यमन्त्री पोखरेलले भने । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनालगायत हरेक परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षेत्रले पुर्‍याएको योगदानको स्मरण र सम्मान गरे ।मुख्यमन्त्री पोखरेलले महासङ्घको… पुरा पढौ

टिमुरको व्यावसायिक खेतीमा आकर्षण

पोखरा। पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जङ्गली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो । घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचवटा बिरुवाले गत… पुरा पढौ

खोलाले बगाएका नेपाली मृत फेला

तनहुँ। खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरेखोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक… पुरा पढौ

यी २ राजकुमारको विवादले अन्तर्राष्ट्रिय बजारमा बढ्यो इन्धनको मूल्य

यो साता तेल उत्पादनको कोटाका विषयमा संसारका ठूला इन्धन उत्पादक देश संयुक्त अरब इमिरेट्स र साउदी अरबबीच मनमुटाव भएको छ। यसको असर सबै ठूला तेल बजारमा पर्न गएको छ। र, तेलको मूल्य ६ वर्षमा सबैभन्दा बढी माथि उक्लिएको छ। रुससमेत संलग्न रहेको पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ‘ओपेक प्लस’ले वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। यसले यो समूहको स्थिरतामाथि आशंका बढाइदिएको छ। संयुक्त अरब एमिरेट्स (युएई)ले ओपेक प्लसका नेताहरु, साउदी अरब र रुसको प्रस्ताव खारेज गरिदिएपछि यो समस्या गत साता सुरु… पुरा पढौ

दक्षिण अफ्रिाकाका पूर्व राष्ट्रपति जुमा जेल सजाय भोग्न प्रहरीकोमा आफैं पुगे

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमा जेल सजाय भोग्नको लागि आफैं प्रहरीकोमा पुगेका छन्। अदालतको मानहानीका लागि जेल सजाय भोग्न उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ। त्यसअघि, दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो। अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो। आइतवार आत्मसमर्पण गर्न… पुरा पढौ

पालिकाको विपद् कोषमा प्रदेश सरकारले ५ लाख दिने

पोखरा । गण्डकी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ८५ वटै पालिकालाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए । स्थानीय विपद व्यवस्थापन कोषमा विपदजन्य घटनाहरुको रोकथाम, उद्धार र राहत तथा पुनस्र्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो । चालु आवको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ । अहिले बाढी पहिराको प्रकोप निकै बढेको प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट… पुरा पढौ

हर्पनखोला सिल्टेसन ड्याम भत्किएकोप्रति नागरिक निगरानी संस्थाको चासो

पोखरा । वर्षासंगै आएको बाढीका कारण हर्पनखोला सिल्टेसन ड्याम भत्किएको प्रति भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्थाले छानविनका लागि माग गरेको छ । संस्थाका अध्यक्ष रामबहादुर पौडेलले बिहीबार अख्तियार दुरुपयोग आयोग समक्ष निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै फेवातालको संरक्षणका लागि बनाइएको सिल्टेसन ड्याम भत्किएकोप्रति छिटो छरितो प्रक्रियाद्वारा छानविन गर्न माग गरेका हुन् । खोला क्षेत्रको भू–बनोट अनुसार गुणस्तरीय संरचना नबनेका कारण सिल्टेसन ड्याम भत्किएको भन्ने स्थानिय एवम् आम पोखरेलीहरुको साझा धारण रहिआएको भन्दै यसलाई गम्भीरताका साथ अनुसन्धान गर्न पौडेलले आग्रह… पुरा पढौ