समाचार

देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं… पुरा पढौ

विम्बल्डन टेनिसः विश्व नं १ जोकोभिच सेमिफाइनलमा

साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन्। लण्डनमा बुधबार राति भएको क्वार्टरफाइनल खेलमा हंगेरीका मार्टोन फुक्सोभिसलाई पराजित गर्दै जोकोभिच अन्तिम ४ मा पुगेका हुन्। विश्व नम्बर १ समेत रहेका सर्बियन जोकोभिचले मार्टोनलाई ६–३,६–४ र ६–४ को सेटमा पराजित गरे। १९ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले विम्बल्डन जित्दै २० औं ग्राण्डस्लाम आफ्नो बनाउने योजनामा रहेका छन्। जोकोभिचले पछिल्लो पटक २०१९ मा विम्बल्डनको उपाधि जितेका थिए। पाँच पटक च्याम्पियन जोकोभिचले सेमिफाइनलमा अब डेनिस शापोभालोभसँग खेल्नेछन्। पुरा पढौ

विम्बल्डन टेनिसः क्वार्टरफाइनलबाटै बाहिरिए फेडेरर

स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन्। लण्डनमा बुधबार राति भएको खेलमा पोल्याण्डका हुबर्ट हुकाजसँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन्। छैटौं वरीयताका फेडेररमाथि हुबर्टले ६–३,७–६(७–४) र ६–० को सेटमा जित निकाले। २४ वर्षीय हुबर्ट पहिलो पटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुगेका हुन्। हुबर्टसँगको हारसँगै फेडेररको नवौं पटक विम्बल्डन जित्ने सपना सकिएको छ। ३९ वर्षीय फेडेरर ८ पटकको विम्बल्डन च्याम्पियन हुन्। २० पटकको ग्राण्डस्लाम विजेता फेडेररले पछिल्लो पटक २०१७ मा विम्बल्डन जितेका थिए। पुरा पढौ

युरोकप फुटबल प्रसंगः इंग्ल्याण्डका लागि गोलकीपर पिकफर्डको कीर्तिमान

इङल्यान्डका गोलकीपर जोर्डन पिकफर्डले जारी युरोकप फुटबलमा टोलीका लागि लामो समय ७ सय २६ मिनेटसम्म गोल नखाने कीर्तिमान कायम गरे। यस पटकको युरोकप फुटबलमा पिकफर्डले इंग्ल्याण्डको पोष्टमा गोल हुन दिएनन्। तर, उनले उक्त कीर्तिमानलाई ५ मिनेटभन्दा धेरै लम्ब्याउन पाएनन्। ३० औं मिनेटमा डेनमार्कका ड्याम्सगार्डले गोल गर्नुअघि २७ वर्षीय पिकफोर्डले अन्तर्राष्ट्रिय फुटबलमा लामो समय गोल नखाने इंग्लिस गोलकीपरको कीर्तिमान आफ्नो नाममा लेखाइसकेका थिए। खेलको २५ औं मिनेटमा आइपुग्दा पिकफर्डले कूल ७ सय २१ मिनेटसम्म गोल नखाएर गोर्डन ब्यांकसको पुरानो कीर्तिमान तोडेका… पुरा पढौ

युरोकप फुटबलः इंग्ल्याण्ड पहिलो पटक फाइनलमा

इंग्ल्याण्डले पहिलो पटक युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ। आज (बिहीबार) बिहान वेम्बली स्टेडियममा भएको खेलमा अन्तिम सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै घरेलु इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले निर्णायक गोल गरे। इंग्ल्याण्डले एक गोल आत्मघाती उपहार पाएको थियो। डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे। डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन। खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी बन्यो। दोस्रो… पुरा पढौ

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने सुवेदी पक्राउ

युरोकप र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एक जनलाई कास्की प्रहरीले मंगलवार पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडमा रहेको एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ सट्टेबाजी गरेको अवस्थामा पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधवार जानकारी दिएका छन्। निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा ७ दिन… पुरा पढौ

गण्डकी सरकारको माग : संघीयताको मर्म अनुसार मौद्रिक नीति चाहियो

गण्डकी प्रदेशले प्रादेशिक नीति, कार्यक्रम र बजेटलाई सम्बोधन गरेर मौद्रिक नीति जारी गर्न राष्ट्रबैंकलाई आग्रह गरेको छ । प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेशको नीति तथा योजना आयोगले बुधबार पोखरामा पत्रकार भेटघाट गरेर राष्ट्रबैंक सबैको साझा भएकाले उसले संघ सरकारसहित सबै प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । आयोगका नवनियुक्त उपाध्यक्ष रघुराज काफ्लेले अघिल्ला वर्षहरुका मौद्रिक नीतिले प्रदेशको नीति, कार्यक्रम र बजेटलाई सम्बोधन नगरेकाले आगामी मौद्रिक नीतिले सम्बोधन गर्न आग्रह गरिएको बताए ।… पुरा पढौ

जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडाैं । जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ६९ हजार नौ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । उनसत्तरी हजार नौजनाको आवेदनमध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको… पुरा पढौ

देखिएनन् खेतमा हलो–जुवा र गोरु, सुनिएन कतै असारे गीत

गलेश्वर। असारको तेस्रो साता बितिसकेको छ । मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिइने असारको शुरुआतदेखि नै किसान रोपाइँमा व्यस्त छन् । दर्के झरी र चर्को घामको पर्वाह नगरी म्याग्दीका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । कोरोना महामारी रोक्न गरिएको निषेधाज्ञाले किसानलाई छोएको छैन । रोगले भन्दा भोकले मरिएला भन्दै मानो रोपेर मुरी उब्जाउने चटारो यतिबेला किसानलाई छ । किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने… पुरा पढौ

रसियाली विमान दुर्घटनाका सबै २९ यात्रुकै मृत्यु

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ। मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो। त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको संचार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरुले बताएका छन्। विमानमा एक बच्चा सहित २२ जना यात्रुका साथै ६… पुरा पढौ