समाचार

हाइटीका राष्ट्रपतिलाई भाडामा लिइएका विदेशी हमलाकर्ताले मारेको प्रहरीको दाबी

हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ताका एउटा टोलीले गरेको त्यहाँका प्रहरीले जानकारी दिएका छन्। यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए। प्रहरी प्रमुख लियोन चाल्र्सले दिएको जानकारी अनुसार यो टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका २ अमेरिकी हमलाकर्ता समावेश छन्। हमलाकर्तामध्ये ८ संदिग्ध अहिले पनि फरार छन्, जबकी २ अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको छ र अन्य संदिग्धलाई प्रहरीले राजधानी पोर्ट–ओ–प्रिन्समा मुठभेडमा मारेका थिए। बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासमक्ष सार्वजनिक गरेका थिए। उनीहरुको अगाडि हतियार, कोलम्बियाली पासपोर्ट र… पुरा पढौ

बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु

बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ। बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो। रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो। दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ।’ उनले उद्धारकार्य जारी रहेको बताएका छन्। देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ। रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन्। बीबीसी पुरा पढौ

तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा गरेको समाचार छ। तलिवानले सीमा पोष्ट कब्जा गरेपछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको खबर छ। तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन्। यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन। तर, समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन्।… पुरा पढौ

अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताएका छन्। अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताए। युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेको गतिको समेत बचाउ गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो। सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतंकवादी हमलापछि अमेरिकी सेनाले झण्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ। यसै वर्षको… पुरा पढौ

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९ सय २९ जनाको मृत्यु भएको छ। विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९ सय ६० जना रहेका छन्। विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। सिन्ह्वा पुरा पढौ

विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइयो

विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। हालसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी १ अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३७ करोड २२ लाख ५५ हजार ७ सय ८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६ सय ४१ डोज खोप लगाइएको छ। त्यस्तै, ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८ सय ५४ डोज खोप लगाइएको छ। बेलायतमा… पुरा पढौ

घर मर्मत गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने

पोखरा । पोखरा महानगरपालिका २२ (पुम्दी–भुम्दी)को विश्व शान्ति स्तुपाः क्षेत्र नजिक बुधबार पहिरोले भत्केको तथा पुरिएको घरको गण्डकी प्रदेश सरकारले मर्मत संहार गर्न आवश्यक पहल गर्ने भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङख्या मन्त्री, एवं विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेकी मधुमाया अधिकारी (गुरुङ), प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) सहितको टोलीले विहिबार साँझ उक्त घरको अवलोकन गर्दै घर संरक्षण तथा मर्मत गर्न आवश्यक सहयोग गर्ने बताएका हुन् । मन्त्री अधिकारीले विक परिवारको लागि आवश्यक पर्ने खाद्य देखि लक्ताकपडा… पुरा पढौ

घरबासबारे सबै जानकारी अव एप्सबाटै

पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपाल गण्डकी प्रदेशले घरबासबारे सबै जानकारी समेटिएको एप्स सार्वजनिक गरेको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा निर्मित visitgandaki नामक एप्स आजबाट सञ्चालनमा आएको हो । एप्सबाट गण्डकी प्रदेशका ५० वटा घरबासहरु अनलाइन प्रविधिमार्फत बुकिङ गर्न सकिने र अन्य २५४ घरबासको विवरण हेर्न मिल्ने गरि तयार गरिएको छ । एप्सको नेपाल पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले सार्वजनिक गरे । कार्यक्रममा बोल्दै भण्डारीले घरबास क्षेत्रमा गण्डकी प्रदेशले एउटा राम्रो काम गरेको बताए । सार्वजनिक गरिएको… पुरा पढौ

कर्मशीलद्वारा आर्थिक सहयोग

पोखरा । कर्मशील वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नो दशौं स्थापना दिवसका अवसरमा मणिपाल शिक्षण अस्पतालस्थित एमविविएस अध्ययनरत विद्यार्थीहरूद्वारा सञ्चालित “गरिब, असहाय विरामी कोष” लाई आर्थिक सहयोग गरेको छ । संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको लेखा समिति संयोजक प्रा.देवीलाल शर्मा तिमल्सेनाले जानकारी दिए । संस्थाका सञ्चालक सदस्य गोविन्दप्रसाद गौतमको संयोजनमा आज आयोजित एक कार्यक्रमकाबीच संस्थाका उपाध्यक्ष संगीता गौतम तिमल्सेना र लेखा समिति संयोजक प्रा.देवीलाल शर्माले कोषका सञ्चालकलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा संस्थाका… पुरा पढौ

दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

गलकोट। बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ । बागलुङमा लैङ्गिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना हुनेको तथ्याङ्क हेर्ने हो भने लैङ्गिक हिंसा पीडितमध्ये केही पुरुषसमेत रहेका छन् । लैङ्गिक हिंसामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । शैक्षिकस्तर कम हुनु, चेतनाको कमीलगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैङ्गिक हिंसाका… पुरा पढौ