समाचार

लकडाउन र निषेधाज्ञा समयको बैंकको ब्याज र घरभाडा सरकारले तिरिदिनु पर्छ : परिषद

पोखरा पर्यटन परिषदले कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाले पर्यटन व्यवसाय धरासायी भएको भन्दै लकडाउन र निषेधाज्ञा अवधीभरको व्यवसायीले लिएको लगानीको बैंक ब्याज र घरभाडा सरकारलाई तिरिदिन आग्रह गरेको छ । परिषदले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेको हो । कोरोनाका कारण लगाइएको लकडाउन र निषेधाज्ञाले पर्यटन व्यवसाय थला परेकाले उक्त समयको लगानीको ब्याज र घरभाडा तिर्नसक्ने अवस्था व्यवसायीमा नरहेको भन्दै परिषदले सरकारलाई तिरिदिन आग्रह गरेको हो । परिषदले पर्यटन क्षेत्रमा भएको बैंक तथा वित्तिय संस्थाहरुको लगानीको किस्ता… पुरा पढौ

पोखरा पर्यटन परिषदको घोषणा : कोरोना खोप नलगाएसम्म सेवा दिन सक्दैनौं

पोखरा पर्यटन परिषद (पिटीसी)ले कोरोनाबिरुद्धको खोप नलगाएसम्म पर्यटन व्यवसाय सञ्चालन नगर्ने घोषणा गरेको छ । परिषदले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै कोरोना खोप नलगाएसम्म होटल, रेष्टुरेण्टलगायत पर्यटनसँग सम्बद्ध सबै व्यवसाय सञ्चालन नगर्ने घोषणा गरेको हो । पर्यटनसँग सम्बद्ध सबै व्यवसाय सञ्चालन गर्नुअघी कोरोना खोप अनिवार्य दिनुपर्ने परिषदको माग छ । परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसाय सञ्चालनका लागि कोरोना खोप सञ्जीवनी भएकाले छिटो उपलब्ध गराईदिन संघ, प्रदेश र स्थानिय तीनवटै सरकारलाई आग्रह गरे । ‘कोरोना खोप नलगाएसम्म सेवा दिन सक्दैनौं, नो… पुरा पढौ

होटल, रेष्टुरेण्ट खोल्न दिन पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवानको माग

पर्यटनसँग सम्बद्ध पोखराका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बद्ध पृथ्वी होटल व्यवसायी समिति र सिटी रेष्टुरेण्ट एण्ड बार एशोसियसन (सिटी रेवान), पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै कोरोना खोपको माग गरेका हुन् । कोभिड–१९ का कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्टहरु थला परेकाले यसको पुर्नरुत्थान गर्ने एउटा मात्र विकल्प भनेको कोरोना खोप भएको उनीहरुको भनाई छ । ‘कोरोनाबाट बच्दै पर्यटन व्यवसाय… पुरा पढौ

एक घण्टाको बाटो २० मिनेटमा छोटियो

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो । कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए । “पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि २० मिनेटमा पुगिन्छ । ”पुल निर्माण भएपछि पाखापानीको कमनाथ,… पुरा पढौ

भारतमा सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

काठमाडौँ। ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन्। सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले… पुरा पढौ

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

काठमाडौँ। युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिए । उनका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ । कम्पनीले प्रतिकित्ता र… पुरा पढौ

कोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड। विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज… पुरा पढौ

पहिराले पुरिएर महिलाको मृत्यु

दमौली। तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिराले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारु मगरले जानकारी दिए। घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिराले पुर्‍यो,” उनले भने, “मृतकको… पुरा पढौ

हिंसा पीडित महिला धेरै

बलेवा। पछिल्लो १० वर्षको अवधिमा साविकको धौलागिरिका तीन जिल्लाका ८१४ जनाले एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका छन् । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले बागलुङ, पर्वत र म्याग्दीका हिंसा पीडितका लागि सेवा उपलब्ध गराएको हो । प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको अस्पतालले जनाएको छ । दश वर्षे अवधिमा हिंसा पीडित भएका कारण अस्पतालमा आधारित सेवा लिनेमा महिलाको सङ्ख्या बढी छ । यो अवधिमा ९८ पुरुष हिंसाको… पुरा पढौ