समाचार

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या चालीस हजार भन्दा कम

नयाँ दिल्ली। गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । भारतमा गत २४ घण्टामा भएको कोरोना सङ्क्रमित यो संख्या विगत १०२ दिनयता कै सवभन्दा कम हो । चालीस हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा हिजो कोरोना सङ्क्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ । करिब ७० दिनपछि भारतमा गत… पुरा पढौ

पहिराका कारण अवरुद्ध सडक दुई हप्तापछि सञ्चालन

दमौली। लगातारको वर्षापछि आएको पहिराले अवरुद्ध बनेको भिमाद–८ स्थित सडक दुई हप्तापछि सञ्चालनमा आएको छ । भिमाद–सिम्ले–भागर हुँदै जरेवर जाने सडक पहिरो हटाएपछि दुई हप्तापछि सोमबारदेखि सञ्चालनमा आएको हो । गत जेठ ३१ गते र असार १ गते आएको वर्षाका कारण उक्त सडकखण्डको कल्भुडा चिसापानी भन्ने स्थानमा पहिरो गएको थियो । सडक अवरुद्ध भएको स्थानमा स्काभेटर लगाएर पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा आएको भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । यसअघि नै पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि… पुरा पढौ

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ्चालन

गाेरखा । सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । असार लागेसँगै लगातारको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत्को पोल ढलेको हुँदा पालिकाको कार्यालय रहेको माछाखोलामा लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ ।… पुरा पढौ

परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्छ : प्रदेश प्रमुख पौडेल

पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले अर्थतन्त्र सबल बनाउन र परनिर्भरता घटाउन कृषि कर्ममा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रिय धान दिवस २०७८ को अवसरमा सम्पूर्ण कृषकलाई शुभकामना सन्देश दिंदै उनले कृषिप्रधान मुलुक नेपालमा ‘मानो रोपेर मुरी उब्जाउने’ आजको दिनको विशेष महत्व रहेको उल्लेख गरेकी छिन् । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल सरकारले २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालेको र संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक… पुरा पढौ

जीवन रक्षा कोषको निरन्तरता

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता दिइएको बताएका छन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशकसहित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलमा उनले सरकारको नीति तथा कार्यक्रममा यो कोषलाई निरन्तरता दिने गरी प्रतिबद्धता आइसकेको जानकारी दिए । प्रदेशभित्रका कोभिडबाट प्रभावित साना तथा मझौला व्यवसायीको राहतका लागि यो कार्यक्रम आएको र यसले तीन वर्षसम्म निरन्तरता पाउने उनले बताए । परम्परागत रुपमा ऋण लिने तरिकामा परिमार्जन गरी सहज बनाउन आग्रह… पुरा पढौ

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

बागलुङ। यहाँका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन्। घाँस काट्न जाँदा बेखबर भएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घरदेखि २० मिनेटको दूरीमा… पुरा पढौ

चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको अवसरमा चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना सुरु

चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ। सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा गरिएको हो। याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ। जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत गृहहरू निर्माण भइरहेका छन्। यद्यपी,… पुरा पढौ

युएईमा हुने भयो टी–२० विश्व कप क्रिकेट

आइसीसी टी–२० विश्व कप आयोजना युएईमा भएको छ। आइसीसी टी–२० विश्व कपको आयोजना युएईमा पक्का हुने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पुष्टि गरेको छ। भारतमा तय भएको विश्व कप कोरोना महामारीका कारण युएईमा पक्का हुने भएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बताएको क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले उल्लेख गरेको छ। शाहका अनुसार बीसीसीआईले विश्व कपको पहिलो चरणका खेल भने ओमानमा गर्न प्रस्ताव गरेको छ। यसअघि, सन् २०२० मा अस्ट्रेलियामा हुने भनिएको टी–२० विश्व कप कोरोना महामारीका कारण रद्द भएको… पुरा पढौ

कोपा अमेरिकाः अर्जेन्टिनाको शानदार जित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो गोल अन्तरले जित निकालेको छ। मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियामाथि ४–१ गोल अन्तरले जित निकालेको हो। समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले २ गोल गरे।अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले १/१ गोल गरे। बोलिभियाका लागि इर्विन सावेद्राले १ गोल फर्काए। समुह ‘ए’मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। यससँगै अर्जेन्टिनाले क्वार्टरफाइनलमा यसअघि नै स्थान बनाइसकेको छ। बोलिभिया अंकविहिन हुँदै तालिकाको पुछारमा छ। पुरा पढौ

युरोकप फुटबलमा आज राउण्ड अफ १६ को अन्तिम २ खेल

जारी संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) अन्तिम १६ को २ अन्तिम खेल हुँदैछन्। युरोपको विभिन्न शहरमा जारी युरोकपमा मंगलबार राति राउण्ड अफ १६ को अन्तिम २ खेलको समाप्तिसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ। आजको पहिलो खेलमा लण्डनस्थित वेम्बली स्टेडियममा राति ९ः४५ बजे इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा सुरु हुनेछ। स्कटल्याण्डको ह्याम्पडेनपार्कमा हुने स्विडेन र युक्रेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। इग्न्ल्यांडले समूह ’डी’ बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो। इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको… पुरा पढौ