समाचार

युरोकप फुटबलः स्पेनले पनि क्वार्टरफाइनलमा स्थान बनायो

स्पेनले पनि जारी युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। गएराति कोपनहेगनमा भएको खेलमा ३ पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै अन्तिम आठमा पुगेको हो। स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले १÷१ गोल गरे। क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले १÷१ गोल गरे। क्रोएसियाले अर्को गोल भने स्पेनबाट आत्मघाती उपहार पाएको थियो। खेलको २० औं मिनेटमा पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए। निर्धारित समय ३÷३… पुरा पढौ

दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो । अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख र रु तीन लाख बराबरको स्थानीयवासीको श्रमदान गरी कूल रु २० लाख लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले… पुरा पढौ

युरोकप फुटबलः स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा, साविक उपविजेता फ्रान्स पनि बाहिरियो

साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्डले पनि युरोकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। सोमबार राती भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो। यसअघि, निर्धारित समयको खेल ३/३ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि, थप गरिएको आधा घण्टामा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। जसमा स्वीट्जरल्यान्डले विजयी ५ गोल गर्दा फ्रान्स स्तब्ध बन्यो। अब, स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। हारसँगै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ। साविक विजेता पोर्चुगल बाहिरिएको चौबिस घण्टा नबित्दै उपविजेता फ्रान्स… पुरा पढौ

कोरोना खोप पाउने आश्वासन पाएपछि ग्यास विक्रेताहरुले सेवा नियमित सञ्चालन गर्ने

एलपि। ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सञ्चालन गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए । सोमवार प्रदेश स्वास्थ्य मन्त्री… पुरा पढौ

आनन्दको आँगनमै फेवा

पोखरा । पोखरा बैदामका आनन्द कुँवरलाई सानैदेखि पौडी खेलप्रति रुचि थियो । पौडिनका लागि अहिलेजस्तो स्वीमिङ पुल भने हुन्थेनन् । तैपनि आँगनमै फेवाताल थियो । एक दिन तालवाराही छेउमा पौडिनेक्रममा काठमाडौंबाट घुम्न आएका कोचको नजरमा उनी परे । र, पहिलोचोटि २०५२ सालमा पश्चिमाञ्चलबाट राष्ट्रिय खेल खेल्ने अवसर जु¥यो । २६ वर्षसम्मको खेलजीवनमा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिए । आठौं साफमा उनले नेपाललाई पदक जिताउनसमेत सफल भए । २०६१ सालसम्म प्रतियोगितामा भाग लिएका उनी त्यसयता प्रशिक्षणमा व्यस्त छन् । यसबीचमा… पुरा पढौ

गण्डकी डाइभर्सन गण्डकी प्रदेशको हित बिपरित सर्वपक्षीय निष्कर्ष

पोखरा । गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु र नागरिक समाजले काली गण्डकी डाइभर्सन खारेज गर्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले सोमबार आयोजना गरेको सर्वपक्षीय छलफलमा प्रदेश सरकार, राजनीतिक दलहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले काली गण्डकी डाइभर्सन गण्डकी प्रदेशको हित बिपरित भएकाले यो खारेज हुनुपर्ने बताएका हुन् । आयोजना तत्काल रद्ध गर्न एक स्वरमा माग गरेका उनीहरुले साझा अवधारणासमेत सार्वजनिक गरेका छन् । बैठकपछि जारी निर्णयमा भनिएको छ, ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी… पुरा पढौ

ग्यास विक्रेताहरुले यथावत सेवा दिने

पोखरा । एल.पी ग्याँस विक्रेता संघ कास्कीको माग वमोजिम कोरोना विरुद्धको खोप व्यवस्था गर्ने आश्वासन पाएपछि व्यवसायीले यथावत रुपमा सेवा सुचारु गर्ने भएको छन् । ग्याँस विक्रेता संघ कास्कीले आफ्ना व्यवसायीहरु घर–घर सम्म ग्याँस पु¥याउन जाँदा कोरोना संक्रमणको उच्च जोखिम हुने भन्दै कोरोना विरुद्ध खोप लगाउने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय कास्की र प्रदेश सरकारको स्वास्थ्य मन्त्री समक्ष माग राखेका थिए । आफ्नो माग सम्वोधन नगरिएपछि असार १० गतेबाट ग्याँसको आपूर्ति व्यवस्था वन्द गर्ने निर्णय गरेका थिए । सोमवार प्रदेश… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधीवक्तामा बास्तोला नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले बास्तोलालाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । मुख्य न्यायाधीवक्तामा नियुक्त बास्तोला उच्च अदालत बार एशोसियसन पोखराका पूर्व अध्यक्ष हुन् । पुरा पढौ

प्रि एडभाईजरी कमिटी मिटिड्ड

पोखरा । लायन्स क्लव ३२५ वि १ नेपालको क्लष्टर ५, रिजन ९ अन्तर्गत जोन १७ को प्रि एडभाईजरी कमिटी मिटिङ सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेल, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्मा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिम्सिना लायन्स क्लब अफ लेखनाथ कवी शिरोमणिका अध्यक्ष राजुप्रसाद तिवारीले क्लबले गर्ने वर्षभरीका योजना प्रस्तुत गरेका थिए । सो अवसरमा लायन्स क्लब अफ पोखरा सेतो गुँरास नामक नयाँ क्लब पनि घोषणा गरिएको थियो… पुरा पढौ

सन्दर्भ वृक्षारोपण दिवस–बाँझो जग्गा कृषि बनका रुपमा परिणत हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा विस्तार गर्ने अभियान थालिएको छ । परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकतालाई दृष्टिगत गर्दै डिभिजन वन कार्यालय कास्की र स्थानीय समुदायको समन्वयमा सो क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन गर्न लागिएको हो । लामो समयदेखि बाँझीएको सो क्षेत्रको पाँच सय रोपनी क्षेत्रफलको निजी जग्गामा अलैंची, कागती, टिमुर, निवुवा, कफि , सुन्तला, पाउलोनिया, आँप, एभोकाडो, किवी, लिचि, तेजपात,अनार, लगायतका एक लाख भन्दा… पुरा पढौ