समाचार

तेर्सापट्टी बुहारी समूहले निशेधाज्ञाबाट प्रभावित महिलाहरूलाई राहत वितरण गर्ने

पोखरा। तेर्सापट्टी बुहारी समूहले निशेधाज्ञाबाट प्रभावित महिलाहरूलाई राहत वितरण गर्ने भएको छ । तेर्सापट्टि बुहारी समुह पोखरा-३ द्वारा लकडाउनको बेला कोभिड लक्षित निशुल्क खाना बितरण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको उपलक्ष्यमा भिन्तुना युवा क्लबका सदस्यहरुलाई सम्मान गरेको छ । समुहका अध्यक्ष निलम प्रधान उदासको अध्यक्षतामा भएको कार्यक्रममा अब बुहारी समुहले लकडाउन प्रभावित महिलाहरुलाई राहत बितरण गर्ने कार्यक्रम घोषणा गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय बिन्दुकुमार थापाले भिन्तुना युवा क्लब ले प्रत्येक लकडाउनमा गरेको कार्यक्रममा आफु सहभागी… पुरा पढौ

मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण

तनहुँ। जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो । च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो… पुरा पढौ

पहिरोले पृथ्वी राजमार्गको तनहुँ सडकखण्ड अवरुद्ध

दमौली। मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । “पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,” उनले भने, “त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।”… पुरा पढौ

पहिलो एकदिवसीय क्रिकेटः इंग्ल्याण्डले श्रीलंकालाई हरायो

घरेलु टिम इंग्ल्याण्डले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ। रिभरसाइट मैदानमा भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो। श्रीलंकाले दिएको १ सय ८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए। श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए। पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो। यसअघि भएको ३ खेलको टी–ट्वान्टी श्रृंलामा इंग्ल्याण्डले क्लिन स्वीप गरेको थियो। पुरा पढौ

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिनाको जेल सजाय

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ। यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिच्यूशनल कोर्टको हो। कन्स्टिच्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए। वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी एक अनुसन्धान आयोग समक्ष पेश हुनुपर्ने थियो। ज्याकब जुमा कन्स्टिच्युशनल कोर्टले आदेश दिँदादिँदै पनि यो अनुसन्धान आयोग समक्ष पेश भएका थिएनन्। सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो। पदमा रहँदा उनीमाथि भ्रष्टाचारका थुप्रै आरोप लागेको… पुरा पढौ

हङकङमा प्रेस स्वतन्त्रता समाप्त हुँदै, पत्रकारहरु त्रासमा

हङकङ प्रहरीले एप्पल डेलीका एकजना पूर्व पत्रकारलाई गिरफ्तार गरेपछि त्यहाँ प्रेस स्वतन्त्रता समाप्त भएको जनाइएको छ। उनी हङकङबाट बाहिर जान खोज्दा पक्राउ गरिएको हो। यसअघि, प्रहरीले एप्पल डेलीका ५ जना वरिष्ठ सम्पादक र मालिकलाई पक्राउ गरी जेलमा राखेको छ। पत्रकार पक्राउ परेपछि लोकतन्त्र समर्थित एप्पल डेली बन्द गरिएको छ। प्रेसमा अनिश्चितता छाएको छ,’ हङकङ जर्नालिस्ट एशोसिएसनका पूर्व अध्यक्ष क्रिस युङले बताए। बीबीसी पुरा पढौ

युरोकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा

यस संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। गएराति प्रतियोगिताको नकआउट चरणको अन्तिम २ खेल सकिएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। गएराति इंग्ल्याण्डले जर्मनीलाई २–० ले र युक्रेनले स्वीडेनलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको हो। मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लागेको हो। जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी बनेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डको जितमा राहिम स्टर्लिङ र… पुरा पढौ

मुख्यमन्त्री पोखरेल–इजरायली राजदूत भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता बृद्धि गर्न आफूहरु इजरायलसँग सहकार्य गर्न तयार रहेको बताए ।अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उनले बताए । यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ । आराभा नेपाल इजरायलमा गई त्यहाँको… पुरा पढौ

कानूनको पहुँचबाट बञ्चित नागरिकलाई सरकारले निःशुल्क कानूनी सहायता दिने

काठमाडाैं । कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो । कानूनमन्त्री लिलानाथ श्रेष्ठले पद बहालीपश्चात छ महिनामा सम्पादित मुख्यकार्य विवरण रार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निःशुल्क कानूनी सहयाता सेवा, स्थानीय तहमा न्यायिक समितिको क्षमता अभिवृद्धि, निःशुल्क… पुरा पढौ

राङरुङमा रुखमा चढ्ने साहसिक खेल शुरु

 दमौली। कोरोना कहरका कारण थला परेको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–७ राङरुङमा रुखमा चढ्ने ट्रि क्लाइम्बिङ सहासिक खेल शुरु भएको छ । राङरुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडाकार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रुखमा चढ्ने खेल सञ्चालन गरेको हो । डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए। “नयाँ गन्तव्यको खोजी अभियानअन्तर्गत रुख चढ्ने खेल सञ्चालन… पुरा पढौ