समाचार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

पोखरा । बाग्लुङको रातामाटामा भएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाग्लुङ नगरपालिका–७ रातामाटा स्थित मध्यपहाडी लोकमार्गमा दोबिल्लाबाट बाग्लुङ बजार तर्फ आउँदै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । ध १ त ८३ नम्वरको खाली ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेर गम्भीर घाइते भएका बाग्लुङ–१२ अमलाचौरका वर्ष १८ का सरोज विकको उपचारका क्रममा धवलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

पोखरा ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन ९जुलाई २ ० खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल मार्फत अवार्ड… पुरा पढौ

बोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग

पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी बोगटी परिवारले पोखरा १७ छोरेपाटनमा रहेकोे मानव सेवा आश्रम तथा सितापाइला स्थित बृद्दाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । लक डाउन र कोरोनाले महामारीको रुप लिएको अबस्थामा मानवसेवा आश्रममा सहयोग धेरै कम भएको कारणले गर्दा लक्ष्मीनारायणहरुलाई सेवा दिन गाह्रो भै–रहेको अबस्थामा पोखरा–६ लेक साइड निवासी पूर्ण बहादुर बोगटी र श्रीमति शुसिला बोगटीले चामल ९ बोरा सहित दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नुन, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन प्रदान गर्नु भएको थियो… पुरा पढौ

भिन्तुना युवा क्लवले ११ दिनमा २७ सयलाई निःशुल्क खाना खुवायो

पोखरा ३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबको निःशुुल्क खाना खुुवाउने अभियान सम्पन्न भएको छ । सोमबार गण्डकी मेडिकल कलेज (जि.एम.सी.) मा एक कार्यक्रमको आयोजना गर्दै अभियान सम्पन्न भएको जानकारी गराइएको छ । क्लबले विगत ११ दिन देखि जिएमसीमा बिहान बेलुुका खाना खुुवाउँदै आएको थियो । स्वास्थ्यकर्मी र कोभिड विरामीका लागि खानासँगै खाजाको समेत व्यवस्थापन गर्न क्लबसँगै सहकार्य गर्ने संस्थालाई अध्यक्ष राजन श्रेष्ठले धन्यवाद दिएका छन् । गत वर्षको लडकाउनमा पनि आफुुहरुले २० दिनमा १८ हजार जना विपन्नलाई खाना खुुवाएको जानकारी उनले… पुरा पढौ

ब्रेकिङ : मन्त्रिपरिषद् विस्तार सर्वोच्चद्वारा बदर, २१ मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । पुरा पढौ

पहिलोपटक सतुवाको व्यावसायिक खेती शुरु

पर्वत। बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका—६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा हुने सतुवा भारत… पुरा पढौ

सरकारलाई सर्वोच्चको आदेश : १३ लाख जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल देऊ

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड–१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मंगलबार उक्त आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन ढिलाइ भएको भन्दै अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न सरकारलाई भनेको छ । विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख… पुरा पढौ

दुई शताब्दी पुरानो चौतारो पुनःनिर्माण गरिदै

पोखरा । ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना महिला समूहको सक्रियतामा पोखरा महानगरपालिका—३३ भरतपोखरीको मनियलडाँडास्थित ऐतिहासिक चौताराको पुनःनिर्माण गर्न लागिएको हो । करीब दुई लाख रुपैयाँको लागतमा पुनःनिर्माण गर्न लागिएको चौताराका लागि महानगरपालिकाबाट एक लाख रुपैयाँ विनियोजन गरिएको समूहका सचिव सीता केसी महतले बताए । “पुनःनिर्माणका लागि महानगरबाट विनियोजित रकमका साथै स्थानीयवासीले जनश्रमदान… पुरा पढौ

सडक र पुल मर्मतमा स्थानीय सरकार असमर्थ

पोखरा । मनाङ जिल्लाको स्थानीय सरकारहरुले सडक र पुल मर्मत गर्न नसक्ने बताएका छन् । पुल मर्मतका लागि यहाँका स्थानीय सरकार असमर्थ भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। असार १ गते परेको अबियही असार १ गते आएको बाढीपहिरोका कारण जिल्लाका सबै सडक र पुलमा क्षति पुगेको छ । तत्काल जनजीवन सहज बनाउने कोशिसमा रहेपनि सडरल वर्षाका कारण स्थानीय दुई खोलामा आएको बाढीपहिरोले बगाएको सडक र पुल मर्मत गर्ने क्षमता गाउँपालिकासँग नभएकाले केन्द्र र प्रदेश सरकारबाट पहल गरिदिन उनलेआग्रह गरे।… पुरा पढौ

सेनाद्वारा काठेपुल निर्माण

मनाङ। मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ । असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठेपुलको निर्माण गरिएको हो । (रासस) पुरा पढौ