समाचार

श्रीलंकासँगको तेस्रो टी–ट्वान्टी क्रिकेटमा इंग्ल्यान्डको क्लिन स्वीप

इंग्ल्यान्डले श्रीलंकासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृंखलामा क्लिन स्वीप गरेको छ। गएराति भएको खेलमा श्रीलंकालाई ८९ रनले हराउँदै इंग्ल्यान्डले श्रृंला ३–० ले आफ्नो पक्षमा पारेको हो। इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो। श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए। ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे। इंग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए। यसअघि, पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले… पुरा पढौ

टोकियो ओलम्पिकः चार पटकका स्वर्ण पदक विजेता मो. फराहले नदौडने

चार पटकको ओलम्पिक स्वर्ण पदक विजेता मो.फराहले टोकियो ओलम्पिक खेल्न नपाउने भएका छन्। म्यानचेस्टरमा सम्पन्न १० हजार मिटर दौडको छनोटमा फराह १९ सेकेण्डले पछाडि परेका हुन्। २७ मिनेट २८ सेकेण्डमा दुरी पार गर्नुपर्नेमा फराहले २७ मिनेट ४७.०४ सेकेण्डमा दुरी पार गरेका थिए। बेलायती धावक फराहले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा १० र ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। पुरा पढौ

युरो कपः आज (आइतबार) २ खेल

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) २ खेलहरु हुँदैछन्। युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति युरोपको २ छुट्टछुट्टै शहरमा २ खेलहरु हुनेछन्। हंगेरीको पुस्कास एरिनामा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगलले आजको पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्। नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । त्यस्तै, स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२ः४५ बजे सुरु हुनेछ। यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग… पुरा पढौ

युरोकप फुटबलः शानदार जितसँगै डेनमार्क क्वार्टरफाइनलमा

डेनमार्कले युरो कप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम ८ मा पुगेको हो। डेनमार्कका लागि कास्पर डोलवर्गले २ गोल गरे। जोकिम मेहेल र मार्टिन ब्रेथवेटले १÷१ गोल गरे।डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र ४८ औं मिनेट व्यक्तिगत दोस्रो गोल गरेका थिए। ८८ औं मिनेटमा मेहेलले र इन्ज्युरी समयमा ब्रेथबेटले गोल गरे। खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। यो जितसँगै डेनमार्क युरो कपको… पुरा पढौ

युरोकप फुटबल: कीर्तिमान बनाउँदै इटली क्वार्टरफाइनल पुग्यो

इटलीले युरो कप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम ८ मा पुगेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले १/१ गोल गरे। अस्ट्रियाका सासा कलाडिज्कले १ गोल फर्काए। खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि, १०५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटलीलाई दोहरो… पुरा पढौ

क्रिकेटको बन्द प्रशिक्षण स्थगन

काठमाण्डौं । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड १९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगन भएपछि बन्द प्रशिक्षण स्थगन गरिएको हो । मङ्गलबारदेखि बन्द प्रशिक्षण थालेको थियो । सो बन्द प्रशिक्षणमा १९ खेलाडी सम्मिलित थिए । बन्द प्रशिक्षण स्थगन गरिए पनि सामान्य प्रशिक्षण भने जारी रहने क्यानले जनाएको छ ।खेलाडीहरूलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हालै श्रीलङ्काबाट नेपाल… पुरा पढौ

२०१६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, ४९१४ संक्रमणमुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । देखिएका सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ । सोही अवधीमा चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन्… पुरा पढौ

कालिगण्डकी डाईभर्सन नगर्न गण्डकी सरकारको चेतावनी

पोखरा । कालिगण्डकी डाईभर्सन गर्ने संघ सरकारको आयोजना विरुद्ध गण्डकी सरकारले डाईभर्सन नगर्न चेतावनी दिएको छ । सरकारका प्रबक्ता कुमार खड्काले गण्डकी र लुम्बिनीका लाखौं नागरिकको सरोकारसँग जोडिएकोले डाईभर्सन नगर्न आग्रह गरे । कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर १ सय २६ मेगावाट विद्युत उत्पादन गर्ने तथा रुपन्देही र कपिलवस्तुको १ लाख हेक्टर जमिन सिँचाइ गर्ने गरी संघ सरकारले बहुउद्देश्यीय आयोजना सुरु गर्दैछ । त्यसका लागि शनिबार बुटवलमा कार्यालय खोलिएको छ । कार्यालय खोल्ने वित्तिकै गण्डकी सरकारका प्रबक्ता… पुरा पढौ

निर्वाचन नै लोकतन्त्रको प्राण ः उपप्रधानमन्त्री पौडेल

काठमाण्डौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका हुन् । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएको बताए । उनले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गरे । उनले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै… पुरा पढौ

चन्द्रा आचार्यको तीज गीत तम्रा मयाले सार्वजनिक

काठमाडौं । नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिँदै गर्दा श्रष्टाहरुले तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा विशुद्ध नेपाली संस्कृति झल्किएको गायिका चन्द्रा आचार्यको तीज गीत तम्रा मयाले सार्वजनिक भएको छ । यो गीत चन्द्राको पहिलो सांगितिक कोशेली हो । खप्तड देखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मी प्रसाद गौतमको शब्द छ । गीतमा संगीत गौरव दर्पणको छ भने संगीत संयोजन सुरथ प्रधानले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा… पुरा पढौ