पोखरा । प्राकृतिक विपद् तथा जोखिमको समयमा स्थानीय निकायहरुसँग सहकार्य गर्दै आइरहेको संस्था पीसविनले गण्डकी प्रदेशका ४ जिल्लाका स्वास्थ्य शाखाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले कास्की, लमजुङ, तनहुँ र नवलपुरका १० स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई कोभिड १९ विरुद्धका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पीसविनले पीएसआईसंगको साझेदारीमा विभिन्न परिमाणमा डिस्पोजेबल मास्क, एन नाइन्टी फाइभ मास्क, पीपीई सेट, डिस्पोजेलबल ग्लोभ्सलगागतका सामग्री वितरण गरिएको फिल्ड कोअर्डिनेटर प्रतिभा न्यौपानेले बताइन् । त्यसरी सामग्री हस्तान्तरण गरिएका स्थानी तहहरुमा पोखरा महानगरपालिका, मध्यनेपाल नगरपालिका,…
पुरा पढौ