समाचार

तनहुँमा व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणार्थ सम्झौता

तनहुँ जिल्लाको व्यास नगरपालिका–व्यास ऋषिको तपोभूमि शिव पाञ्चायन मन्दिर परिसर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माणको लागि आइतबार दुईपक्षीय सम्झौता भएको छ।व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने, कार्यकारी अधिकृत डिल्लीराम सिग्देल र गौरी पार्वती देव एण्ड शयर÷ऋषि शक्ति जेभी काठमाडौँबीच सम्झौता भएको हो।बोलपत्रपश्चात ५ करोड ५० लाख ५५ हजार ६ सय ४० (मूल्यअभिवृद्धि करसहित) मा दुई तलाको मूर्ति निर्माणको लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिएका छन्। एक वर्षमा सम्पन्न गर्ने गरी ठेक्का… पुरा पढौ

स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा

स्याङ्जा । स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ । पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा केही सहज बनाउँदै असार ७ गतेसम्म बढ्यो

पोखरा । कास्कीमा करिव डेढ महिनादेखि जारी निषेधाज्ञालाई केही सहज बनाउँदै थप एक साता बढाउने निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति डीसीएमसीको बैठकले जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा अपेक्षाकृत नियन्त्रणमा आइनसकेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई केही सहज बनाउँदै असार ७ गतेसम्म बढाउने निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले  बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । गौतमका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ५–१० बजेसम्म सञ्चालन हुने छन् । विकास निर्माणका… पुरा पढौ

सिद्धार्थ राजमार्ग एकतर्फी पुनः सञ्चालन

वालिङ । आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिराका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा पहिरो झरेको थियो । पोखराबाट आएको सडक विभागको डोजरले बाटो खुलाएसँगै अहिले त्यहाँ… पुरा पढौ

भूतपूर्व खेलाडी मञ्चको कार्यबाहक अध्यक्षमा पराजुली, बतास फाउण्डेशनलाई एक लाख दिने

पाेखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको कार्यबाहक अध्यक्षमा हरि प्रसाद पराजुली नियुक्त भएका छन् । मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले आफ्नो व्यक्तिगत कार्यव्यस्तता कारण मञ्चका प्रथम उपाध्यक्ष समेत रहेका पराजुलीलाई कार्यबाहकको अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिवमा नियुक्त भएकाले आफ्नो कार्यव्यस्तताका कारण पराजुलीलाई कार्यबाहकको जिम्मेवारी सुमिएको अध्यक्ष गुरुङले बताए । भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका पराजुली कृषी विकास बैंक सञ्चालक समितिका सदस्य हुन् । यसैबीच भूतपूर्व खेलाडी मञ्च नेपालले… पुरा पढौ

औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री सहयोग

पाेखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशको सभाहलमा उपस्थित पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, सचिव यदुनाथ बञ्जारा र महासंघ कास्की शाखा अध्यक्ष विमला भण्डारीलाई संयुक्त रुपमा औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद पाण्डे, महासचिव केशरी तिवारी, जिल्ला अध्यक्ष विक्रम पन्तले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए । औषधी व्यवसायी संघले सर्जिकल मास्क, सेनिटाइज, भिटामिन ट्याव्लेट, सिटामोल, जिंक चक्की उपलव्ध गराएका छन्… पुरा पढौ

कोपा अमेरिकाको उद्घाटन खेल खेल्ने भेनेजुएलाको १२ जनामा कोरोना संक्रमण

कोपा अमेरिकाको उद्घाटन खेल खेल्ने तयारीमा रहेको भेनेजुएला टोलीको १२ जनामा कोरोना संक्रमण देखिएको समाचार छ। सोमबारबाट ब्रालिमा सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता तथा यस संस्करणको आयोजक ब्राजिलसँग खेल्ने तयारीमा रहेको भेनेजुएलाको राष्ट्रिय टोलिका १२ जनामा कोरोना संक्रमण देखा परेको हो। कोपा अमेरिका खेल्न शनिबार बिहान ब्राजिल पुगेको भुनेजुएलाको राष्ट्रिय टोलीका खेलाडी र स्टाफमा गरी १२ जनालाई कोरोना पोजिटिभ रहेको नतिजा बाहिर आएको हो। दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले ब्राजिलको स्वास्थ्य विभागलाई जारी गरेको… पुरा पढौ

युरोकप : बेल्जियम र फिनल्याण्डको जित, वेल्स र स्वीटजरल्याण्डले बराबरी खेल्यो

यस पटकको युरोकपको दोस्रो दिन बेल्जियम, फिनल्याण्डले जित निकालेको छ भने वेल्स र स्वीटजरल्याण्डले बराबरी नतिजा निकालेको छ। युरो कप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको हो। शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो। सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो। खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल… पुरा पढौ

बारबोरा क्रेजिसकोवाले जितिन् ग्रान्डस्लाम फ्रेन्च ओपन

चेक गणतन्त्रकी बारबोरा क्रेजिसकोवाले फेन्च ओपन टेनिसको उपाधि जितेकी छिन्। शनिबार राति भएको खेलमा केजिजसकोवाले फाइनलमा अनास्तासिया पाब्ल्यूचेकोवालाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै क्ले कोर्टमा च्याम्पियन बनिन्। उनी ४० वर्षपछि चेक गणतन्त्रबाट फ्रेन्च ओपन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन्। १९८१ मा हाना मान्डलिकोवाले यो उपाधि जितेकी थिइन्। पहिलो सर्भिस विगारेपछि क्रेजिसकोवाले त्यसपछि लगातार प्वाइन्ट ल्याउन सफल बनिन्। पुरा पढौ

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोर भोली आउँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर यहाँ फर्कने भएका छन्। स्पेनमा प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली टिमका प्रशिक्षणमा सहभागि हुन प्रशिक्षक ह्वाटमोर सोमबार काठमाडौं आइपुग्ने जनाइएको छ। कोरोना महामारीका कारण यहाँ क्रिकेट गतिविधि रोकिएपछि ह्वाटमोर श्रीलंका फर्किएका थिए। आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिवियाबीचको खेल जुलाई तेस्रो सातामा गर्ने गरी तयारी गरिएको छ। तर, मिति भने अझै सार्वजनिक भएको छैन। मुख्यप्रशिक्षक आएपछि नेपाली टिमका बन्द प्रशिक्षण शुरु गर्ने तयारीमा क्यान रहेको जनाइएको छ। पुरा पढौ