समाचार

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

बागलुङ। कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाएका बागलुङ–२ का… पुरा पढौ

बागलुङमा रोकिएनन् विहे भोज, गाउँभर सङ्क्रमित

बागलुङ । जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागि भएका ५०… पुरा पढौ

बागलुङमा निषेधाज्ञा केही खुकुलो

बागलुङ। खुकुलो प्रावधानसहित बागलुङमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ । सोमबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपालि निषेधाज्ञाको स्वरूप बदलिएको छ । पसल, व्यवसाय मध्याह्न १२ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । होटल, रेष्टुराँ, चिया तथा खाजा पसलले मध्याह्न १२ बजेसम्म ‘टेक अवे’, ‘होम डेलिभरी’ र ‘अनलाइन डेलीभरी’मार्फत सेवा प्रदान गर्न पाउने भएका छन्… पुरा पढौ

गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार

पोखरा। गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को व्यवस्था गरिने भएको छ । प्रदेशमा कोरोनाको रोकथाम एवं नियन्त्रणलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत र साधन सुनिश्चित गरिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । प्रदेशमा कोभिड–१९ विरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, सङ्क्रमण परीक्षण, सङ्घ र स्थानीय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गरिने आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोनाको… पुरा पढौ

अमेरिकामा एकै पटक १८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यु

अमेरिकाको आलाबामा राज्यमा एकैपटक १८ वटा सवारी साधन दुर्घटना हुँदा ९ जना बालिकासहित १० जनाको मृत्यु भएको छ। आँधीले प्रभावित भएको आलाबामा राज्यमा भएको सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो। मृत्यु हुनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका र एक २९ वर्षीय पुरूष छन्। एउटा कारमा रहेका ९ महिनाकी बालिका र उनका २९ वर्षीय बाबुको मृत्यु भएको छ। पुरा पढौ

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास, सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन्। उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन्। उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा रहेका छन्। खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र… पुरा पढौ

आजदेखि राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज (मंगलबार) बाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको हो। क्यानका म्यानेजर विनोद दासले भने टिमको बन्द प्रशिक्षणको तालिका सोमबारबाट भएपनि खेलाडीहरुले औपचारिक रुपमा आजबाट अभ्यास गर्ने जानकारी गराएका हुन्। स्पेनमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी थाल्न लागेको हो। सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ। क्यानले प्रशिक्षणमा सहभागी हुने १९ खेलाडी… पुरा पढौ

ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

बलेवा। बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध १ च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । ट्र्याक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी… पुरा पढौ

युरोकप फुटबलः डेनमार्क पनि नकआउट चरणमा

रुसमाथि ४–१ को प्रभावशाली जितसहित डेनमार्क समूह ’बी’को उपविजेता बन्दै युरोकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। पार्केन रंगशालामा घरेलु टोलीलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसन र जोकिम मुहलेले १/१ गोल गरे। रुसका आर्टम ज्युबाले १ गोल फर्काए। डेनमार्कसँग पराजित भएको रुस ३ खेलबाट ३ अंकसहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। समान ३/३ अंक रहेको रुस र फिनल्याण्डसँग गोलसंख्याको आधारमा डेनमार्कले नकआउट चरणमा स्थान बनाएको हो। यो समुहबाट रुससँगै फिनल्याण्ड पनि प्रतियोगिताबाट बाहिरिएको छ। एउटै समुहमा रहेका डेनमार्क,… पुरा पढौ

युरोकप फुटबलः समूह चरणमा बेल्जियमको शतप्रतिशत जित

जारी युरोकपमा बेल्जियमले समुह चरणमा शतप्रतिशत जित हात निकालेको छ। गएरातिको खेलमा समुह ‘बी’ को बेल्जियमले फिनल्याण्डलाई २–० ले हरायो। रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले १ गोल गरे भने फिनल्याण्डले १ आत्मघाती गोल गरेको थियो। यो जितसँगै बेल्जियमले ३ खेलमा ९ अंक जोडेको छ। बेल्जियमले ३ खेलमा ७ गोल गरेको छ भने १ गोल मात्रै खाएको छ। यसअघि, बेल्जियमले डेनमार्कलाई २–१ गोल र रुसलाई ३–० गोलले हराएको थियो। पुरा पढौ