समाचार

युरोकप फुटबलः अस्ट्रिया पनि नकआउट चरणमा

युक्रेनमाथि १–० को जितसहित अस्ट्रियाले पनि जारी युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको छ। अस्ट्रियाको जितमा क्रिस्टोफ बौमगार्टनरले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै ६ अंक जोडेको अस्ट्रिया समुह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह सीको उपविजेता बनेको अस्ट्रियाले क्वार्टरफाइनल प्रवेशका लागि इटालीको सामना गर्नेछ। इटाली समूह ‘ए’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। इतिहासमा पहिलो पटक अन्तिम १६ मा पुगेको अस्ट्रियाले क्वार्टरफाइनलसम्म पुग्नका लागि २९ खेलमा अपराजित रहेको इटालीलाई पराजित गर्नुपर्नेछ।… पुरा पढौ

युरोकप फुटबलः नेदरल्यान्डस् नकआउट चरणमा

नेदरल्याड्स समूह ‘सी’ को विजेता बन्दै जारी युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। गएराति भएको खेलमा नेदरल्याड्सले नर्थ मेसेडोनियाविरुद्ध ३–० को सहज जित निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो। जोहन क्रुफ रंगशालामा घरेलु टोलीको जितमा जर्जिनिओ विज्नाल्डमले २ र मेम्फिस डेपेले १ गोल गरे। जितसँगै ९ अंक जोडेको नेदरल्यान्डस् शतप्रतिशत जितसहित नकआउट चरणमा पुगेको हो। समूह चरणको सबै खेलमा पराजित भएको नर्थ मेसेडोनिया समूह चरणबाटै बाहिरिएको छ। पुरा पढौ

कोपा अमेरिका: चिली र उरुग्वेले बराबरी खेल्यो

कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन्। ब्राजिलको ‘माटो ग्रोसो’मा बिहान सकिएको खेलमा २६ औं मिनेटमा चिलीका एडुआर्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६६ औं मिनेटमा चिलीकै अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो । यो समुहको दोस्रो स्थानमा रहेको चिलीको ३ खेलबाट ५ अंक छ। त्यस्तै, चौथो स्थानमा रहेको उरुग्वेको २ खेलबाट मात्र १ अंक रहेको छ। पुरा पढौ

कोपा अमेरिका: अर्जेन्टिनाले पाराग्वेलाई हरायो

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई हराएको छ। ब्राजिलमा भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले हराएको हो। उसका लागि खेलको १० औं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे। जितसँगै अर्जेन्टिना सात अंकसहित समूहको शीर्ष स्थानमा पुगेको छ। पाराग्वे भने ३ अंकका साथ तेस्रो स्थानमा छ। पुरा पढौ

बोगटी परिवारद्वारा बृद्धाश्रमलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाम निवासी बोगटी परिवारले पोखरा १७ छोरेपाटनमा रहेकोे मानव सेवा आश्रम तथा सितापाइला स्थित बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । लक डाउन र कोरोनाले महामारीको रुप लिएको अबस्थामा मानवसेवा आश्रममा सहयोग धेरै कम भएको कारणले गर्दा लक्ष्मीनारायणहरुलाई सेवा दिन गाह्रो भै–रहेको अबस्थामा पोखरा–६ लेक साइड निवासी पूर्ण बहादुर बोगटी र श्रीमति शुसिला बोगटीले चामल ९ बोरा सहित दाल, मस्यौरा, तेल, चना, चाउचाउ, चिउरा, नुन, बिस्कुट, भाडा माझ्ने साबुन, लुगा धुने साबुन प्रदान गरेका… पुरा पढौ

‘यातायात ब्यबसायीको पिडा र समाधानका उपाय’

अहिले देशमा कोराना महामारी जारी छ । संख्यात्मक रुपले घटे पनि गुणात्मक प्रगति हुन सकेको छैन र जोखिम पनि घटेको छैन । यस्तो बेला बिभिन्न जिल्ला प्रशासन कार्यालयहरुले केहि खुकुलो मापदण्ड कायम गरि निषेधाज्ञाको म्याद थपेका छन् । जस अन्तर्गत काठमाण्डौमा ट्याक्सीसमेत जोर बिजोर प्रणालीमा आधारित भई चल्न पाउने भएका छन् भने पोखरामा निजी सवारी साधन जोर बिजोरका आधारमा गुड्न पाउने भएका छन् । तर कालो प्लेटका सार्बजनिक सवारी साधनबारे भने कुनै निर्णय सिफारिस, छलफल , बहस नहुनु दुखद कुरा… पुरा पढौ

निषेधाज्ञा खुकुलो बनाइएकोमा पोखरा उद्योग वाणिज्य संघको स्वागत

पोखरा उद्योग वाणिज्य संघले बिहानदेखि मध्यान्नसम्म सीमित व्यवसाय संचालनको अनुमति व्यवहारिक नभएपनि स्वागतयोग्य भएको जनाएको छ ।संघले सोमबार विज्ञप्ति जारी गरी अव्यवहारिक समयमा पसल खोल्नु र नखोल्नुको कुनै अर्थ नभएपनि प्रशासनको निर्णय निषेधाज्ञा खुकुलो बनाउने दिशातर्फ उन्मुख भएको ठहर पनि गरेको छ । कास्की प्रशासनले मंगलबारदेखि जिल्ला कोभिड व्यवस्थापन समितिले असुरक्षित मानेका बाहेकका व्यवसाय मध्यान्न १२ बजेसम्म सुरक्षा मापदण्ड अपनाएर खुल्ला राख्ने निर्णय गरेपछि संघले सो धारणा सार्वजनिक गरेको हो ।संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ प्रशासनले व्यवसाय… पुरा पढौ

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिसुवामा रहेको कोभिड अस्पताललाई १५ वडा बिरामी सुत्ने खाट प्रदान गरेका छन् ।नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले अस्पतालका प्रमुख डाक्टटर प्रतिमा कोइरालालाई ती खाट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, संघका कार्यसमिति सदस्य तथा फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पोखराका पूर्वअध्यक्ष हिरामणि पण्डित, पोखरा च्याम्बर्सका उपाध्यक्ष ज्ञानबहादुर नेपाली,पोखरा महानगर वडा नम्बर २७ का अध्यक्ष पूर्णबहादुर गुरुङ, ३० का… पुरा पढौ

गण्डकी प्रदेशमा एकै दिन ६५५ जना कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७७ जनामा कोरोना भाइरस संकम्रण पुष्टि हुँदा ६५५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । एक हजार ११७ जनामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिएका मध्य कास्कीका १३५, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ३०, स्याङ्जाका ३४, तनहुँका २४, लमजुङका १७, गोरखाका १८, पर्वतका ८ र म्याग्दीका ४ जना छन् । आज थपिनेमा १४४ जना पुरुष र १३३ महिला छन् । यस्तै संक्रमणबाट… पुरा पढौ

पत्रकार बास्तोलाको १३ औं पुण्यतिथिमा महासंघ कास्कीको श्रद्धाञ्जली सभा

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार यज्ञप्रसाद बास्तोलाको १३ औं पुुण्यतिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । पत्रकार बास्तोलाको कोरोना संक्रमणका कारण निधन भएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य त्रिभूवन पौडेलले पत्रकार बास्तोलालाई सच्चा राष्ट्रप्रेमी व्यक्तिका रुपमा सम्झिए । उनले बास्तोला मिलनसार व्यक्ति भएको उल्लेख गरे । युवाहरु विदेश गएको प्रति सँधै चिन्ता राख्ने जीवनको उतार्धसम्म पनि बास्तोला पत्रकारितामा नै सक्रिय रहेको उनले बताए । आज आफुले एक प्रेरणाका व्यक्ति गुमाउनु परेको भनाई उनको थियो… पुरा पढौ