समाचार

पहिले अस्ट्राजेनिका खोप लगाएकी जर्मन चान्सलर मर्केलले दोस्रो खोप भने कोभिडजाब लगाइन्

जर्मन चान्सलर एन्जेला मर्केलले मोर्डना कम्पनीले विकास गरेको कोभिडजाब खोप लगाएकी छिन्। यसअघि मर्केलले अस्ट्राजेनिकाको खोप लगाएकी थिइन्। उनले बिहीबार कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएको उनका प्रवक्ताले जानकारी दिएका छन्। ६६ वर्षीय मर्केलले पहिलो खोप अप्रिल १३ मा लगाएकी थिइन्। जर्मन अधिकारीहरूले २ सातापछि ६० वर्षभन्दा माथि उमेर समूहकाले खोप लगाउन सक्ने जनाएको थिए। कोभिडविरुद्धको पहिलो डोज खोप जुन कम्पनीको लगाएको छ दोस्रो खोप पनि त्यहीँ कम्पनीको लगाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। तर, मर्केलले भने पहिलो खोप अष्ट्राजेनिकाको लगाएकी थिइन… पुरा पढौ

चिकित्सक श्रीमती संघद्वारा तेश्रो लिंगी तथा मजदुरलाई राहत बितरण

पोखरा । कोरोनाको कहर र लम्बिदो निषेधाज्ञाको मारमा परेका तेश्रोलिंगी र बिपन्न मजदुर बर्गलाई बुधबार राहत बितरण गरिएको छ । कास्की बाहिर स्थायी घर भएका तर रोजगारी तथा सशक्तिकरणका लागि पोखरामा बसेका लकडाउनले प्रभाबित ३५ तेश्रो लिंगी तथा १५ मजदुर परिबारलाई चिकित्सक श्रीमती संघ गण्डकीको सहयोगमा राहत बांडिएको हो ।राहत प्याकेजमा १० केजि चामल,दाल,तेल,मसला, मस्यौरा , चिउरा खुर्सानी,नुन लगायतका खाद्यान्न सामग्रि रहेको सामाजिक अभियन्ता तथा राहत बितरण कार्यक्रमका समन्वयकर्ता प्राज्ञ मिलन शेरचनले जानकारी दिइन् । एभरेस्ट एफ.एम.को कार्यक्रम ‘पेटबोली’मा तेश्रोलिंगी… पुरा पढौ

बेपत्ता शिक्षकको खोजी र दोषीलाई कारबाहीको माग

म्याग्दी। विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता भएका हुन् । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता… पुरा पढौ

मेस्सीको राष्ट्रिय जर्सीमा नयाँ कीर्तिमान

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रका लागि सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमानीसँग बराबरी गरेका छन्। ब्राजिलमा जारी कोपा अमेरिका कपअन्तर्गत मंगलबार बिहान पाराग्वेविरूद्धको खेलसँगै मेस्सीले आफ्ना पूर्वसहकर्मी मिडफिल्डर मास्चेरानोको नाममा रहेको १४७ खेलको कीर्तिमानसँग बराबरी गरेका हुन्। आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि मास्चेरानोले मेस्सीलाई बधाई दिएका छन्। ‘अर्जेन्टिनाका लागि कीर्तिमानी खेल खेलेकोमा लियोलाई बधाई !’ मास्चेरानोले सामाजिक सञ्जालमा लेखेका छन्।३७ वर्षीय मास्चेरानोले २०१८ को विश्वकपपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। अर्जेन्टिनाको इतिहासमा केवल ६ खेलाडीले मात्रै १ खेलको कोशेढुंगा पार… पुरा पढौ

युरोकप फुटबलः समूह उपविजेता बन्दै क्रोएसिया पनि नकआउट चरणमा

क्रोएसिया पनि समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३–१ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको हो। क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले १÷१ गोल गरे स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए। ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए। यस संस्करणको युरोकप फुटबलमा स्कटल्याण्डको यो पहिलो गोल हो।… पुरा पढौ

युरोकप फुटबलः समूह विजेता बन्दै इङ्ल्याण्ड नकआउट चरणमा

इङ्ल्याण्ड समूह ‘डी’को विजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड समूह विजेता बनेको हो। वेम्बली स्टेडियममा इङ्ल्याण्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन्। जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो। यस जितसँगै इङ्ल्याण्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ। शीर्ष स्थानमा रहेको इङ्ल्याण्डले ३ खेलमा ७ अंक जोड्यो। समूह चरणको पहिलो खेलमा… पुरा पढौ

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले तयारी सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्पेनमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो। सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको छ। क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको थियो। तर, पृथु बास्कोटा प्रशिक्षणमा… पुरा पढौ

फुटबलका ५० खेलाडीहरु बन्द प्रशिक्षणमा

नेपाली राष्ट्रिय फुटबल टोलीका ५० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट अन्तिम चरणको तयारीका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। जुलाई १ देखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने प्रशिक्षणका लागि अब्दुल्लाहले पहिलो चरणमा ५० जना खेलाडीलाई बोलाएका हुन्। एन्फा कम्प्लेक्समा १ जुलाईदेखि प्रशिक्षण सुरु हुनेछ। खेलाडीहरूलाई २ समूहमा विभाजन गरेर बिहान र बेलुका प्रशिक्षण गरिने एन्फाले बताएको छ। बन्द प्रशिक्षणमा परेका खेलाडीहरू अर्पण कार्की, विकेश कुथु, विशाल… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्का

पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवास खड्का मनोनित भएका छन्। महानगरको ५० औ कार्यपालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्ति गरेको हो। पोखराको खेलकुदमा स्वयंसेवी प्रशिक्षकको समेत भुमिकामा रहेका खड्का २०६१ देखि निरन्तर रुपमा खेलकुदको क्षेत्रमा लागि परेका खेलकर्मी हुन। मुआथाईका राष्ट्रिय रेफ्री समेत रहेका खड्का नेपाल रग्वी संघ कास्कीका अध्यक्ष, फुल कन्ट्याक कराँते लेखनाथ डोजोका प्रमुख समेत हुन्। पुरा पढौ

डुम्रेखोलामा डुबेर एकको मृत्यु

पोखरा । नवलपुरको डुम्रेखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ होङ्सी गेटको नजिकै रहेको डुम्रेखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर वर्ष बझाङ बेहुलीकोट बस्ने २९ वर्षिय लक्ष्मण बोहोराको मृत्यु भएको हो । पुरा पढौ