समाचार

दृष्टिविहिन र अपाङगता भएका परिवारलाई एसओएस आमाहरूको सहयोग

एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहिन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ ।बालग्रामका सस्थापक हर्मनमाईनरको जन्मदिन एवम् ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले पाँच दृष्टिविहिन र ११ जना शारिरिक अपाङ्गता भएका परिवारलाई २५ हजार मुल्य बराबरको राहत सामग्री वितरण गर्नुभएको हो । एसओएस बालग्राममा कार्यरत २४ जना आमाले सामुहिक रुपमा संकलित रकमबाट चामल, दाल, तेल, नून, चिउरा, बेसार, माक्स लगायतका सामग्री खरिद गरि अपाङगता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी वास्तोलाले जानकारी दिनुभयो… पुरा पढौ

कोरोना संक्रमणबाट कास्की र नवलपुरका थप ८ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । संक्रमणबाट कास्कीमा ५ जना र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा ३ गरी ८ जनाको मृत्यु भएको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरा–४ का ६५ वर्षिय पुरुष, पोखरा–२५ का ५३ वर्षिय पुरुष, पोखरा–१३ का ८२ वर्षिय पुरुष, पोखरा–१६ का ८० वर्षिय पुरुष र कास्कीको रुपा गाउँपालिका – ६ का ४२ वर्षिय पुरुषको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका काफ्ले नियुक्त

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले काफ्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो । काफ्ले तनहुँको ब्यास नगरपालिका ५ का स्थायी बासिन्दा हुन् । प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त काफ्लेले अर्थशास्त्रमा पि.एच.डी गरेका छन् । उनी आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भइसकेका छन् । तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख समेत भएर काम गरेको उनको अनुभव छ । त्यसैगरि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकको रुपमा समेत… पुरा पढौ

परिकल्पना भएको दशकपछि ‘रामायण पार्क’ कार्यान्वयनमा

म्याग्दी । म्याग्दीको पौराणिक स्थल पछैमा परिकल्पना भएको एक दशकपछि रामायण पार्क (उद्यान) निर्माण गर्ने योजना कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५ पछैमा रामायण पार्क बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर कार्यान्वयनमा लगेको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठले डिपिआर तयार र बजेटको व्यवस्थापन गरेर ठेक्का प्रक्रियामार्फत रामायण पार्क निर्माणको प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए । “पहिलो चरणमा रावणको मुर्ति, बगैँचा, विश्रामस्थल लगायतका पूर्वाधार तयार पार्न पर्यटन मन्त्रालयले रु. दुई करोड… पुरा पढौ

कालीगण्डकीमा वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन गर्ने निर्णय

पर्वत । पर्वतको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लोपटक जारी भएको कार्यविधिअनुसार आठवटा बगरमा सूचना जारी गरेर बोलकबोल गर्ने फार्मलाई आर्थिक ऐन, २०७७ मा भएको व्यवस्थाअनुसार भदौ १५ गतेसम्मका लागि बालुवा निकाल्न ठेक्कामा लगाउने निर्णय गरेको गाउँ… पुरा पढौ

डिजिटल कृषि हाटबजारका रुपमा अर्बन बजार सञ्चालनमा

पोखरा । किसान र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यले स्थापित अर्बन बजार यही असार १२ गतेदेखि सञ्चालनमा आउने भएको छ । पोखराका ४ जना युवा व्यवसायीहरुद्वारा सञ्चालित यस कम्पनीमा हालसम्म रु.१ करोड लगानी भइसकेको कम्पनीका अध्यक्ष तिलक लामिछानेले जानकारी दिए । मुख्यतया कृषकहरुले उत्पादन गरेका तरकारीजन्य, दुग्धजन्य, फलफूलजन्य, स्थानीय उत्पादन र मासुजन्य उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्‍याउने योजना रहेको लामिछानेले बताए । डिजिटल युगमा दैनिक उपभोग्य समान खरिद गर्न बजारसम्म जानुपर्ने बाध्यतालाई कम गर्न डिजिटल हाटबजारका रुपमा अर्बन बजार एउटा भरपर्दो विकल्पको… पुरा पढौ

युरोकपः बराबरीमा रोकियो स्पेन

युरो कप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ। शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो। सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्न बाध्य भयो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे। तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए। उनले कामीलको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरे। यस्तै खेलको ५८ औं मिनेटमा… पुरा पढौ

युरोकपः फ्रान्स र हंगेरीले १–१ को बराबरी खेल्यो

युरोकप फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा फ्रान्सले हंगेरीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ। पुस्कास रंगशाला हंगेरीमा सम्पन्न खेलमा पहिलो अग्रता हंगेरीले लिएको थियो। हंगेरीका एट्टिल्ला फोइलाले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। फ्रान्सका एन्टोनिओ ग्रीजमनले खेलको ६६ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए।प्रतियोगिताको यसअघिको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको थियो। बराबरी खेलेसँगै समूह ’एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ। हंगेरीको भने २ खेलबाट १ अंक जोडेको… पुरा पढौ

युरोकप: जर्मनीको शानदार जित

युरोकप फुटबलमा गएराति भएको खेलमा जर्मनीले पोर्चुगलमाथि ४–२ को शानदार जित हात पारेको छ। जर्मनीको म्युनिखमा भएको खेलमा काई हाभर्टस् र रोबिन्स गोसेन्सले १/१ गोल गरे। जर्मनीका लागि पोर्चुगलको टोलीबाट बाँकी आत्मघाती गोल उपहार मिल्यो। पोर्चुगलका रूबेन डियाज र राफेल गुइरेरोले आत्मघाती गोल गरेका थिए। १५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो। पोर्चुगलका लागि थप गोल डिएगो जोटाले गरे। समूह ‘एफ’मा जर्मनीको यो पहिलो जित हो। दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ।… पुरा पढौ

१२ देशले मात्रै एसियन महिला भलिबल च्याम्पियनसीप खेल्ने

एसियन महिला भलिबल च्याम्पियनसीपमा १२ देशले मात्रै खेल्ने भएका छन्। आगामी भदौमा फिलिपिन्समा आयोजना हुने उक्त च्याम्पियनसीपमा नेपालसहित १२ देशले सहभागिता जनाउने पक्का भएको एसियाली भलिबल महासंघले जनाएको छ। कोरोना भाइरसको महामारीका कारण चीन, श्रीलंका, भियतनाम, इन्डोनेसिया र न्यूजिल्याण्डले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। सुरुवातमा उक्त प्रतियोगिता चीनमा आयोजना गरिने तय गरिएको थियो। पछि, कोरोनाका कारण चीनले प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा गर्ने निधो भएको हो। एसियन च्याम्पियनसीपमा नेपालसहित भारत, थाइल्याण्ड, फिलिपिन्स, जापान, दक्षिण कोरिया, कजाकिस्तान, उज्वेकिस्तान, चाइनिज ताइपेई,… पुरा पढौ