समाचार

काश्मीरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाई सेवा

भारतको काश्मीर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको छ। राजधानी श्रीनगरमा रहेको स्टेसनसहित काश्मिर क्षेत्रका ६ हजार २१ स्टेशनमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरूका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो। रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। उनले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गरे। एएनआई पुरा पढौ

दुर्घटनामा दुईको मृत्यु

कास्की। पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४-४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले… पुरा पढौ

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ। यो आँकडा विश्वकै दोस्रो हो। सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै त्यहाँ स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्। राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ। फियोक्रुज नामक स्वास्थ्य संस्थाका अनुसार हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका छन्। कँग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ। संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन… पुरा पढौ

चीनले लगायो १ अर्ब डोज खोप

चीनले हालमा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ। आयोगका अनुसार पछिल्लो ५ दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ। गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान संचालन गरेको थियो। पहिलो चरणमा २५ दिनको अवधिमा १० करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो। तर, खोप अभियान अझ तिब्र बनाएसँगै ६ दिनको अवधिमा ८०… पुरा पढौ

युरोकप फुटबलः इटाली समूह विजेता, वेल्स नकआउट चरणमा

युरोकप फुटबलमा इटालीले समूह चरणमा ३ वटै खेल जित्दै समूह विजेता बनेको छ। गएराति भएको खेलमा इटालीले वेल्सलाई १–० ले हराएको हो। इटालीको जितमा खेलको ३९ औं मिनेटमा माटेओ पेसिनाले निर्णायक गोल गरे। खेलको ५६ औँ मिनेटमा इथान एम्पाडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित भएको थियो। इटाली ३ खेलबाट ९ अंक जोडेर समूह विजेता बन्दा ४ अंक जोडेको वेल्स उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ। पुरा पढौ

युरोकप फुटबलः स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले हरायो

युरोकप फुटबल अन्तर्गत गएराति भएको समूह ‘ए’ को खेलमा स्वीट्जरल्यान्डले टर्कीलाई ३–१ ले हराएको छ। स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले २ र ह्यारिस सेफेरोभिचले १ गोल गरे। टर्कीका इरफान केभाचीले १ गोल फर्काए। अजरबैजानको बाकुमा भएको खेलको छैठौं मिनेटमा ह्यारिस सेफेरोभिचले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । टर्कीको रक्षापक्तिमाथि लगातार आक्रमण गरेको स्वीटजरल्यान्डका लागि २६ औं मिनेटमा शकिरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । पहिलो हाफमा २-० ले पछि परेको टर्कीका लागि इर्फान खभेचीले ६२ औं मिनेटमा एक… पुरा पढौ

कोपा अमेरिकाः भेनेजुएला र इक्वेडरले रोमाञ्चक बराबरी खेल्यो

कोपा अमेरिका अन्तर्गत आज (सोमबार) बिहान भएको पहिलो खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेको छ। समूह ‘बी’ को पुछारमा रहेका २ टोलीहरु भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेल्यो। समूहको पहिलो खेलमा ब्राजिलसँग हारेको भेनेजुएलाले त्यसयता लगातार दोस्रो बराबरी खेलेको हो। कोलम्बियासँग पहिलो खेल हारेको इक्वेडरले भने पहिलो अंक जोडेको छ। रियो दि जेनेरियो रंगशालामा २ पटक अग्रता लिएरपनि भेनेजुएलाले ३ अंक जोड्न सकेन। ३९ औं मिनेटमा इडोर प्रेसियाडोले गोल गरेपछि पहिलो हाफ भेनेजुएलाले अग्रता बनायो । ५१ औं मिनेटमा… पुरा पढौ

कोपा अमेरिकाः कोलम्बियामाथि पेरुको जित

कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित निकालेको छ । समूह ‘बी’ को आफ्नो पहिलो खेलमा साविक विजेता ब्राजिलसँग ४–० ले स्तब्ध भएको पेरुले आज (सोमबार) विहान भएको खेलमा कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गरेको हो। खेलको १७ औं मिनेटमा सर्जियो पेनाले गोल गरी पेरुलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै कोलम्बियाले पेनाल्टी अवसर पायो। मिगुल बोर्जाले पेनाल्टीमा गोल गरी खेललाई बराबरीमा ल्याए। तर, ६४ औं मिनेटमा कोलम्बियाली स्टार डिफेण्डर यारी मिनाले आत्मघाती गोल गरेपछि… पुरा पढौ

कास्कीमा फेरी थपियो एक साता निषेधाज्ञा, प्रावधान खुकुलो

पोखरा । कास्कीमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले जिल्लामा कोरोना संक्रमणदर घट्दै गएपनि अपेक्षाकृत रुपमा कमी नआएको निष्कर्ष निकाल्दै यसलाई आगामी असार १५ गतेसम्म लम्बाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । प्रशासनले निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न र विभिन्न पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने गरी निषेधालाई जारी राखेको हो ।… पुरा पढौ

मुस्ताङमा पहिरोले ट्रक पुरियो

पोखरा । मुस्ताङको थासाङमा पहिरोले एक ट्रक पुरिएको छ । आइतबार दिउँसो १२ : ५० बजे थासाङ गाउँपालिका–४ घोप्टेभिर स्थित बेनी जोमसोम सडक खण्डमा आएको पहिरोले उक्त जीप पुरेको हो । घाँसाबाट काभ्रेतर्फ जाँदै गरेको ग १ क ३४९२ नंम्वरको ट्रक पुरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । ट्रक पुरिएको भएपनि मानविय क्षति भने नभएको पुरा पढौ