समाचार

दक्षिणी पेरूमा बस दुर्घटना हुँदा २७ को मृत्यु

दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा बस दुर्घटना हुँदा २७ व्यक्तिको मृत्यु भएको छ। घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्। प्रहरीले स्थानीय संचारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २ सय ५० मिटर तल खोलामा खसेको थियो। राजधानी लिमाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटनास्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ। दुर्घटना भएको सूचनापछि लगत्तै… पुरा पढौ

रुसमा जहाज दुर्घटना, ९ जनाको मृत्यु

रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ। प्राप्त समाचारअनुसार रुसको दक्षिण पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ। त्यस क्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परेर २ जना चालक दलका सदस्य र अरु ७ जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ। त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ। सो जहाज राम्रै अवस्थामा… पुरा पढौ

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ। इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको हो। हेलिकोप्टरमा रहेका एक जनाको ज्यान गएको छ। सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन। यहाँ शुक्रबार मतदान भएको थियो। मतदानका लागि बिहान ७ बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए। इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट… पुरा पढौ

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको नयाँ राष्ट्रपति

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। रईसी इरानका वरिष्ठ न्यायधीश हुन्। उनी अत्यन्तै रुढीवादी बिचारधाराका हुन्। रईसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइएको छ। सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए। रईसी आफूलाई भ्रष्टाचारबिरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकत्र्ताको रुपमा चिनाउन रुचाउँछन्।… पुरा पढौ

मोटरसाइकलमा बेहुला–बेहुली

संखुवासभाको खाँदबारी नगरपालिका–८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाबीच बेहुली धर्मदेवी नगरपालिका–७ की चन्द्रिका श्रेष्ठलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्राएका छन्। धर्मदेवीको आँखीभूइँबाट सन्तोष–चन्द्रिका मोटरसाइकलमा चढेर खाँदबारी घर फर्किएका हुन्। उनीहरुले तडक भडक बिना बिहे गरेका हुन्। कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाएको छ। पुरा पढौ

कोभिड प्रभावित दृष्टि विहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

पोखरा । नेत्रहिन संघ कास्कीको समन्वयमा कास्कीका १६५ जना दृष्टिविहिन तथा अपाङ्गता भएका परिवारलाई राहत वितरण गरेको छ । संघले अपाङ्गता भएका परिवारलाई यही असारदेखि सुरु गरेको राहत वितरण कार्यक्रमलाई निरन्तरता दिँदै हालसम्म १६५ जनाको परिवारलाई राहत वितरण गरेको संघका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए । विश्वव्यापी कोरोना भाइरस महामारीपछिको निषेधज्ञाबाट समस्यामा परेका उनीहरुलाई आवश्यक दैनिक उपभोग्य खाद्यन्न वितरण गरिएको उनले बताए । संघले विजनेस एण्ड प्रोफेशनल वुमेन क्लव पोखराको सहयोगमा एक बोरा चामल, ३ के.जी. दाल, ३ लिटर तेल… पुरा पढौ

स्याङ्जामा खोलाले बगाउँदा एकको मृत्यु

पोखरा । खोलाले बगाएर स्याङ्जामा एक जना पुरुषको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ राङकोषका ४५ मनबहादुर थापाको आधिखोला तर्ने क्रममा खोलाले बगाएर घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पुरा पढौ

वार्षिक उत्सवको अवसरमा लेडी जेसीसद्वारा राहत वितरण

पोखरा । पोखरा लेडी जेसीसले ३३ औं वािर्षक उत्सवको अवसरमा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ । जेसीसले स्थापना स्थापना दिवसको अवसर पारेर अविरल वर्षासंगै आएको पहिरो प्रभावित पोखरा–३१ पिपलेका ९ घर परिवारलाई खाद्यान्न तथा नगद रकम शनिबार हस्तान्त्रण गरेको हो । संस्थाले विषम परिस्थितीमा वार्षिक उत्सवलाई समाजसेवाकै क्षेत्रमा समर्पित भएर सम्पन्न गरेको अध्यक्ष विनिता शर्माले जानकारी दिइन् । संस्थाले पहिरोबाट प्रभावित शान्ती जलारी, बुद्ध जलारी, बसु जलारी, सरस्वती जलारी, प्रतिमा जलारी, जुनु जलारी, सोममाया विक, मिना नेपाली, समुन्द्र… पुरा पढौ

गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता खोप : मन्त्री आचार्य

गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सम्बृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान कार्यक्रमको शुभारंभ गर्दै, मन्त्री आचार्यले खोपलाई प्राथमिकता दिदै, त्यसका लागि मुख्यमन्त्रीले संघिय सरकारसँग समन्वय गरिरहेको बताएका हुन । उनले एक दुई दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका बिषयमा कुराकानी गर्ने उल्लेख गरे ।मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सार्वजनिक खरिद ऐनको पालना लगायतका… पुरा पढौ

युरोकपः चेक रिपब्लिक र क्रोसिया पनि बराबरी खेल्यो

युरो कप फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा क्रोयसिया र चेक रिपब्लिकले बरबरी खेल्यो। यस संस्करणको प्रतियोगितामा समूह ‘डी’ को खेलमा दुबैले १/१ गोलको बराबरी खेलेसँगै दुबै टोलीले समान १/१ अंक बाँडेका छन्। हाम्पडेन पार्कमा भएको खेलमा ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो । त्यस्तै, ४७ औं मिनेटमा क्रोसियाका इभान पेरिसिचले गोल बराबरी गोल फर्काए। समूह ’डी’ मा रहेको चेक रिपब्लिकले ४ अंक बटुलेको छ। चेक रिपब्लिकले आफ्नो समूहको पहिलो खेलमा स्कटल्याण्डमाथि… पुरा पढौ