समाचार

हाम्रो सहयोगी साकोसद्वारा संक्रमण तथा सरूवा रोग अस्पताललाई सहयोग

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाद्वारा लेखनाथको मोहोरियास्थित संक्रमण तथा सरूबा रोग अस्पताल स्वास्थ्य सामग्री सहयोग गरेको छ। सहकारी संस्थाको १२ औ बाषिकोत्सबको अवसरमा स्वास्थ्य तथा जिन्सी सामग्री सहयोग गरेको हो । सहकारीका अध्यक्ष शुक्र राज कंडेलले अस्पतालका निर्देशक बिकास गौचनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । कार्यक्रममा सहकारीका सह–सचिव कृष्णप्रसाद तिमिल्सिना, कोषाध्यक्ष रूद्रबहादुर बिश्वकर्मा, संचालक दीपेन्द्र शर्मा, शिवसंसार श्रेष्ठ, ब्याबस्थापक जीवन अधिकारीलगायतका पदाधिकारीहरूको उपस्थिति थियो। साथै अस्पतालको तर्फबाट सुचना अधिकारी केदारनाथ लामिछाने, श्रीभद्र कंडेल, नेत्रप्रसाद अधिकारी लगायतको… पुरा पढौ

राष्ट्रसंघीय महासचिव गुटरेसद्वारा अफगानिस्तानमा भएको हत्याको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा गैरसरकारी संस्थामाथि भएको हमलाको निन्दा गरेका छन्। बुधबार उनले अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको सो हमलाको निन्दा गरेको बताइएको छ। उत्तरी अफगानिस्तानमा शान्ति कायम गर्ने क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था एचएएलओका कर्मचारीमाथि सो हमला भएको थियो। उक्त हमलामा परी सो संस्थाका कम्तीमा पनि १० जना कर्मचारीको ज्यान गएको थियो। साथै सो हिंसात्मक हमलामा परेर अरु १६ जना कर्मचारी घाइते पनि भएका छन्। उक्त संस्थाले उत्तरी अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रुपमा काम गरिरहेको छ। त्यहाँ… पुरा पढौ

सूकीविरुद्ध हालसम्मकै थप कडा र गम्भीर मुद्दा दर्ता गर्दै म्यानमारको सैन्य सरकार

म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गंभीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ। उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५ वर्षको जेल सजाय हुनसक्छ। यसबाहेक उनीमाथि अन्य ५ मामिला पनि दर्ता गरिएको छ जसमा अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएको आरोप छ। १ फेब्रुअरीमा सैन्य कूपछि पूर्व स्टेट काउन्सलर सूकीलाई पक्राउ गरिएको थियो। त्यति बेलादेखि नै उनी आफ्नै घरमा नजरबन्दमा छिन्। उनी कहिलेकाँही अदालतमा… पुरा पढौ

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू पठाउन रकेट तयार भएको जनाएको छ। यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी गरेको चीनले बताएको छ।  चीनले पहिलो पटक ३ जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा पठाउँदैछ। उनीहरु ३ महिना अन्तरिक्षमा रहने छन्। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्र बाहिर हिँड्ने (स्पेस वाक), निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्। तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो भने गत महिना अन्तरिक्ष यात्रीका… पुरा पढौ

दलका प्रमुखसँग छलफल गर्दै सभामुख सापकोटा, प्रम ओली नजाने

विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (शुक्रबार) पूर्वप्रधानमन्त्री र दलका प्रमुखसँग छलफल गर्दैछन्। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन्। दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन्। सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए। त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन्। पुरा पढौ

अब बन्ने गण्डकी प्रदेश सरकारको तालाचाँवी दीपक मनाङ्गेको हातमा

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले राजीनामा दिएका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि स्वतः राजीनामा दिएर मनाङ्गे पदमुक्त भएका छन्। बिहीबार राति उनले राजीनामा दिएका हुन्। उनको राजीनामापछि गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङले खेलकुद मन्त्रीलाई बर्खास्त गरेको समाचार छ। त्यसपछि नैतिकताको आधारमा मन्त्री रहन नहुने भन्दै खेलकुदमन्त्री मनाङेले राजीनामा बुझाएका हुन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘प्रदेशसभा विघटनको संघारमा पुग्न लागेकाले संसद बचाउन उपयुक्त हुन्छ। त्यसैले विपक्षी गठबन्धनमा सामेल भई वैकल्पिक सरकारमा निर्माणमा लाग्नेछु।’… पुरा पढौ

मुख्यमन्त्रीद्वारा मन्त्रीबाट दीपक मनाङ्गेलाई बर्खास्त

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बर्खास्त गरेका छन् । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा गत बैशाख १६ गते मात्रै मन्त्री बनेका दीपक मनाङ्गे समेत भनिने उनको बिहीबारबाट मन्त्रीपद गुमेको हो । मुख्यमन्त्री गुरुङले बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘राजिव गुरुङले हेर्दै आएको युवा तथा खेलकुद मन्त्रालयको कार्यभार म आफैंले हेर्ने गरी नेपालको संविधानको धारा १६९ उपधार २ खण्ड ख बमोजिम आजकै मितिदेखि राजिव गुरुङलाई मन्त्री पदबाट मुक्त गरिएको व्योहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’… पुरा पढौ

सेवा चुस्त पार्न गृहमन्त्री अधिकारीको निर्देशन

काठमाण्डौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए । उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनी समेत दिए । गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

कस्केलीका लागि तत्काल खोप व्यवस्था गर्न कास्कीका पाँच दलको माग

पोखरा । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले तत्काल कस्केली जनताका लागि आवश्यक खोप व्यवस्था गर्न माग गरेका छन् । कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा कस्केली जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने गरी खोपको व्यवस्था गर्न माग गरिएको हो । नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जसपा कास्कीका अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो माग गर्नुभएको हो… पुरा पढौ

गण्डकी खेलकुद परिषदले प्रदेश स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश मावी स्तरिय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । जुन २३ अन्तर्राष्ट्रिय ओलम्पिक दिवशका अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको परिषदले जनाएको छ । कोभिड १९ को महामारी जारी रहे सङ्गै सम्पूर्ण खेलकुद गतिविधीहरु ठप्प रहेको अवस्थामा प्रविधीको सदुपयोग गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको सदस्य सचिब तेज बहादुर गुरुङले बताएका छन । परिषदले तय गरेको भिजन ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयमा आयोजना हुन लागेको उक्त प्रतियोगिता गण्डकी प्रदेश यूवा तथा… पुरा पढौ