समाचार

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित घट्दै, १०५३ संक्रमित कोरोनामुत्त

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या लगातार घट्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ९०६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक हजार ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या घट्ने क्रममा रहेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अव प्रदेशमा ९ हजार ७१४ जना सक्रिय संक्रमित छन् । तीमध्य ९ हजार १० जना होमआइसोलेसनमा छन् । आज संक्रमित हुनेमध्य सबैभन्दा धेरै कास्कीका ३०३, गोरखाका ९८, स्याङ्जाका ९३, नवलपरासी पूर्वका ८५, लमजुङका… पुरा पढौ

नेपालमा भेटिएका भेरियन्ट ‘अल्फा’ र ‘डेल्टा’ मात्रै हुन् : स्वास्थ्य मन्त्रालय

पोखरा । नेपालमा हालसम्म दुई वटामात्रै कोरोना भाइरसका भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ । मन्त्रालयले आज एक विज्ञप्ती निकाल्दै नेपालमा हालसम्म ‘अल्फा’ र ‘डेल्टा’ भेरियन्ट भेटिएको जनाएको हो । मन्त्रालयले यस बाहेक अरु कुनैपनि नयाँ भेरियन्ट नेपालमा पुष्टि नभएको दावी गरेको छ । ‘नेपालमा यस बाहेक अरु कुनै नयाँ भेरियन्ट भेटिएको छैन, विभिन्न सञ्चार माध्यमहरुमा आएको नेपालमा नयाँ भरियन्ट पत्ता लागेको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ… पुरा पढौ

‘कास्की परिवार दक्षिण कोरिया द्वारा स्वास्थ्य सामग्री प्रदान’

पोखरा । कास्की परिवार दक्षिण कोरियाद्वारा प्रेषित अक्सिजन तथा औषधिजन्य सामग्री पोखरामा बिहिबार एक समारोहका बिच बिभिन्न पालिकाहरुलाई हस्तान्तरण गरिएको छ ।कास्कीको अन्नुपर्ण, माछापुच्छ्रे,रुपा , मादी गांउपालिका र पोखरा महानगरपालिकाको वडा नम्बर २१ लाई १/१ वटा अक्सिजन कन्सन्ट्रेटर, ५/५ थान पल्स अक्सिमिटर , ३/३ थान इन्फ्रारेड थर्मोमिटर, ५/५ थान डिजिटल थर्मोमिटर, ३/३ थान अक्सिजन मास्क , १/१ हजार पिस सर्जिकल मास्क, २/२ बक्स ग्लोब्स र ५/५ लिटर हेण्ड सेनिटाइजर प्रदान गरिएको स्थानिय संयोजक निरज थापाले जानकारी दिए ।कास्की परिवार द।कोरियाका… पुरा पढौ

उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाइने

पोखरा । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड दिँदै उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउन आवश्यक व्यवस्था गरिने जानकारी दिए । गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरी क्रमशः अध्ययन अध्यापन शुरुआत् गर्न पहल गरिने उनले… पुरा पढौ

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

काठमाण्डौं । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे । पुरा पढौ

नदीको बहाव बढेपछि पुल निर्माण रोकियो

तनहुँ । गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। “पुल निर्माणका लागि बीच भागको… पुरा पढौ

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाण्डौं । नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिए। उनका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो । पुरा पढौ

कोरोना महामारीमा सर्तक रहन पूर्व राजा शाहको आग्रह

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षीत, सर्तक र सावधान रहन पूर्वराजारानीले सबैलाई आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाहले आज एक भिडियो सन्देश जारी गर्दै विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण कोभिड–१९ बाट सावधान रहन सबैलाई आग्रह गरेका हुन् । केही समय पहिले आफै संक्रमति भई उपचारपछि घर फर्किए पूर्व राजा शाह दम्पत्तीले अहिले आफूहरु पूर्ण स्वस्थ हुने क्रममा रहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति देश तथा विदेशबाट राखिएको चासोप्रति धन्यवाद व्यक्त गरेका… पुरा पढौ

सांसदबाट पदमुक्त कृष्ण थापाको प्रतिक्रिया : इतिहासमा अनौठो मजाक भयो

पोखरा । गण्डकी प्रदेशको सांसद पदबाट हटाइएका कृष्ण थापाले आफुलाई हटाउनु इतिहासमा अनौठो मजाक भएको बताएका छन् । संसद र पार्टीबाट निस्कासित भएपछि सामािजक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा पार्टीले कारबाही गरेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘आहा आहा हामी कम्युनिस्ट । जीवनमा धेरै हारको सामना गरियो, ५ दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्विक अन्तर पार्ने छैन । यो हार अलि रमाइलो प्रकारको पनि भयो । कांग्रेसको सरकार नबनाउदा आफनो सांसद खारेज… पुरा पढौ

उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाइने

पोखरा। गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड दिँदै उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउन आवश्यक व्यवस्था गरिने जानकारी दिए । गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरी क्रमशः अध्ययन अध्यापन शुरुआत् गर्न पहल गरिने उनले बताए… पुरा पढौ