समाचार

आगामी आवका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१।२ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ७४ अर्ब २६ करोड अर्थात् २२।७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु दुई खर्ब सात अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत विनियोजन गरेको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब… पुरा पढौ

कोभिड–१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, “सम्बन्धित सबैले यस ९कोभिड–१९ को उत्पत्ति०को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।” “यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य… पुरा पढौ

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

काठमाण्डौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ । कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो । यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव… पुरा पढौ

शनिबार गण्डकी प्रदेशमा संक्रमितभन्दा निको हुने धेरै

पोखरा । गण्डकी प्रदेशमा शनिबार कोरोना भाइरस संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ । विभिन्न प्रयोगशालाहरुमा एक हजार ७४८ जनामा गरिएको परीक्षणमा ६४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ७७७ जना कोरोना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्य कास्कीका १४०, बाग्लुङका १२७, स्याङ्जाका ११५, नवलपरासी वर्दघाट सुस्ता पूर्व र तनहुँका ६४–६४, गोरखाका ५६, लमजुङका ५४, म्याग्दीका २४ र पर्वतका ३ जना छन् । यो सहित प्रदेशभर हालसम्म ४१ हजार १४२ जनामा… पुरा पढौ

कागती खेती विस्तार कार्यक्रमले किसान उत्साहित

स्याङ्जा । नेपाल सरकारले स्याङ्जासहित १० जिल्लामा कागती खेतीको विस्तार गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै स्याङ्जासहित १० जिल्लामा कागती खेती विस्तार गर्न बजेटको व्यवस्थाको घोषणा गरेका छन् । उक्त घोषणा गरेसँगै यहाँका कृषकहरु उत्साहित छन् । स्याङ्जा जिल्लामा सुन्तला खेतीबाट याहाँ कृषकले राम्रो आम्दानी लिँदै आएकोमा कागती खेतीसमेत विस्तार हुने भएपछि कृषकहरु उत्साहित भएका हुन् । चापाकोट–१० का किसान यामप्रसाद भट्टराईले कागती खेतीको विस्तार गर्ने खबरले आफूलाई निकै खुशी लागेको बताए… पुरा पढौ

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

काठमाण्डौं । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन् । साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए । आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ । पुरा पढौ

पोखरा रंगशालालाई पूर्णता दिइने, तर बजेट उल्लेख भएन

सरकारले पोखरा रंगशाला निर्माणलाई पूर्णता दिने बताएको छ । सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा पोखरा रंगशालालाई पूर्णता दिने जनाएको हो । अर्थमन्त्री विष्णु पौडेलले वाचन गरेको बजेटमा पोखरा रंगशाला निर्माण गरिने उल्लेख गरिएपनि बजेट भने उल्लेख गरिएको छैन । सरकारले खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट बिनियोजन गरेको छ । सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट बिनियोजन गरेको छ । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद यहि आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरिएपनि कोरोनाका कारण हुन सकेको छैन ।… पुरा पढौ

कास्की काँग्रेसको एम्बुलेन्स सेवाबाट एक सय बढी लाभन्वित

पोखरा । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ । कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो । पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु गरिएको छलफलका क्रममा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिवद्वता व्यक्त गरिएको छ । ‘छलफल निकै उपयोगी भएको छ ,सभापति केसीले… पुरा पढौ

कास्कीको अन्नपूर्णका ५ दलको एकै स्वर ‘संसद विघटन असंवैधानिक ’

पोखरा । प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरिएकोप्रति कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५ पार्टीका नेताहरुले ध्यानाकर्षण भएको जनाएका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने जेठ ७ गतेको राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भर्त्सना गरेको जनाएका छन्। विज्ञप्तिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारी, नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष धर्म तमु, जसपा अन्नपूर्ण गाउँपालिका संयोजक हेमराज अधिकारी र बिवेकशिल साझा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पशुपति दाहालको हस्ताक्षर छ… पुरा पढौ

अबदेखि पत्रकारको निःशुल्क उपचार

सरकारले पत्रकारलाई निःशुल्क उपचार गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेट भाषणमार्फत पत्रकारलाई निःशुल्क उपचार गर्ने जनाएको हो । बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई निःशुल्क उपचार गर्ने ब्यबस्था गरिने उल्लेख गरे । पत्रकारको उपचार निःशुल्क गरिने भएपनि सबै अस्पतालमा भने नभएको सरकारको बजेट वक्तव्यमा उल्लेख छ । सरकारले सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क गर्ने ब्यबस्था गरिने जनाएको हो । सरकारले दुर्घटना विमामा ५० प्रतिशत बेहोर्नपनि जनाएको छ । सरकारले बजेटमार्फत हरेक पत्रकारको ७ लाखसम्मको दुर्घटना… पुरा पढौ