समाचार

पोखरामा हिमालय क्रिकेट एकेडेमी कप यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता हुने

पोखरा । पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामि मंसिरको २५ देखि पुषको ६ गते सम्म पोखरा क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागीता रहने प्रतियोगिता संयोजक बिरेन्द्र पुनले जानकारी दिए । पुनका अनुसार प्रतियोगितामा ग्लोबल कलेजियट स्कुल, रत्नज्योति सेकेण्डरी स्कुल, कुमुदिनी होम्स, प्रतिभा सेकेण्डरी स्कुल,… पुरा पढौ

एन.प्याब्सन कास्कीको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा सोमबार ५ खेल सम्पन्न भएको हो। पहिलो खेल त्रिबेणी पब्लिक माविले हेम्जा बोर्डिङलाई १ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको हेम्जाले ९.५ मा अल आउट भएर ४२ रन जोड्दा जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतीमा ४३ रन बनाएको थियो । पहिलो क्वाटर फाइनल खेलमा नेसनल व्रिmयसन एकेडेमीले बागमारा एकेडेमिक… पुरा पढौ

गौरीशंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशवशरण

पोखरा । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्षमा टिकाराम बाँस्तोला र सदस्यहरुमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई चयन भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समतिको संयोजकमा दल बहादुर कुँवर तथा सदस्यहरुमा रामचन्द्र सुवेदी र शिरोधर पौडेल रहेका छन् । वरिष्ठ अधिवक्त माधब राज बाँस्तोलाको संयोजकत्वमा… पुरा पढौ

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको… पुरा पढौ

कांग्रेस कास्की–२ मा प्रत्यक्ष र समानुपातिकमा गरी १८ जनाको आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहनेको लर्को नै लागेको छ । केन्द्रको परिपत्रअनुसार कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १३ जनाले मनोनयन पेस गरेका छन् भने समानुपातिकतर्फ ५ जनाको आवेदन परेको क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए । कास्की–२ मा प्रत्यक्ष तर्फ मनोनयन दर्ता गर्नेमा बिरेन्द्र नारायण विजुक्छे, देवराज गुरुङ,क्रृषिराम काफ्ले, माधवप्रसाद बास्तोला मधु,शिरोज विजय कोईराला,शिरषकुमार बास्तोला,माईकल कर्माचार्य,निर्दोषविक्रम पौडेल,किरण केसी,गुरुप्रसाद बराल,लक्ष्मी कार्की,राजेन्द्र… पुरा पढौ

अन्नपूर्ण आमा समुहद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

पोखरा मंसिर २२ । पोखरा महानगरपालिका वडा नं –६ बैदाम शान्तिपथ भतमारामा स्थित अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । अन्नपूर्ण आमा समुह पोखरा वडा नं –६ बैदाम को सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयका ५४ जना विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्विटर, पेन्टी र जुत्तामोजा गरि करिब ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरू उपहारस्वरूप प्रदान गरिएको समुहकी अध्यक्ष रेनु लामिछानेले जानकारी दिइन ।पोखरा महानगर… पुरा पढौ

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ । तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन् ।… पुरा पढौ

प्रतिनिधिसभा पुनर्स्थापनाको मागले कांग्रेसमा किचलो

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएपछि नेपाली कांग्रेसभित्र विवाद देखिएको छ । कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कुनै संस्थागत निर्णय नगरेको बताउँदै, सांसदहरूले सर्वोच्चमा पेस गरेको रिट व्यक्तिगत भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका ८ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पुनर्स्थापनाका लागि पार्टीले रिट दायर गर्ने निर्णय नगरेको र रिट दायर गर्ने सांसदहरूको निर्णय व्यक्तिगत भएको बताए ।उनले… पुरा पढौ

पोखरा १९ मा स्वास्थ्य स्वयंसेविका सम्मानित

सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिने २ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । तल्लाकोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र पोखरा १९ पुरञ्चौरले भगवती आचार्य र देबु कुमारी भट्टराईलाई सम्मान गरेको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले महिला स्वास्थ्य स्वयं सेविका आचार्य र भट्टराईलाई सम्मान गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ समाज र समुदाय निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए ।… पुरा पढौ

गभर्नर पौडेलको घरमा आगजनी गर्ने मध्ये केहीको पहिचान

प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान भएको जनाएको छ । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।सो कार्यमा संलग्नको भिडियो फुटेज फेला पारे पछि प्रहरीले अहिले आगजनीमा संलग्न समूहको नै खोजी गर्न थालेको छ ।फुटेजमा देखिएका केही युवाको पहिचान भएको र बाँकीको खोजिकार्य भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । सोही समूहले तत्कालीन अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष… पुरा पढौ