पोखरा । इतु जोजिजु क्रियशन पोखराको आयोजनामा स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति साङ्गीतिक कार्यक्रम २०८२ पोखरामा सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्ष हलमा सम्पन्न सांगितिक प्रस्तुतीको शुरुवात तपस्या शाहीले “चिनारी हाम्रो धेरै पुरानो” गीतबाट गर्नुभयो। त्यसपछि प्रसिद्धि भुर्तेलले “यति चोखो यति मीठो”, उपमा शर्माले “केही मीठो बात गर”, मान्यता छेत्रीले “मलाई माफ गरिदेऊ”, सुमन भण्डारीले “कसरी म भुले”, आइरा गुरुङ र निआ श्रेष्ठले “तिम्रो मनमा”, आरोही थापाले “पोखिएर घामको झुल्का”, आरुसी खनालले “अल्झेछ क्यारे”, सायुरी…
पुरा पढौ