समाचार

मनकामना केबुलकार ६ दिन बन्द हुने

पोखरा । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने उनले बताए । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा… पुरा पढौ

वायु प्रदूषण : बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ। काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका… पुरा पढौ

गेस एण्ड विनका विजेता सुनिल गौतमलाई पुरस्कार

पोखरा । आहा रारा गोल्डकप गेस एण्ड विनका विजेतालाई एभरेस्ट एफएमले पुरस्कार वितरण गरिएको छ । सहारा क्लवको आयोजनामा पोखरामा जारी आहा रारा गोल्डकपलाई आधार बनाएर एफएमले सोधेको प्रश्नको सही अनुमानित जवाफ दिने पर्वतको मोदी गाउँपालिका–७ का सुनिल गौतमलाई आज पुरस्कार वितरण गरिएको हो । १९ औं संस्करणको आहा रारा गोल्डकप अन्र्तगतको उद्घाटन खेल कस्ले जित्ला भनि सोधिएको प्रश्नको अनुमानित जवाफ एसएमएस मार्फत दिएका गौतमलाई गोलाप्रथाबाट विजयी घोषणा गर्दै रंगशालामा आज पुरस्कार वितरण गरिएको एफएमका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी… पुरा पढौ

पत्रकार महासंघको निर्वाचन : स्वतन्त्र पत्रकार कास्कीले दियो चार पदाधिकारीमा उम्मेदवारी

पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीले आसन्न पत्रकार महासंघको निर्वाचनमा चार पदाधिकारीमा उम्मेदवारी दर्ता गरेको छ । संघकातर्फबाट सचिवमा असफल गौतम, कोषाध्यक्षमा ओम उपाध्याय, खुला सदस्यमा सुरेशराज अधिकारी र वीरेन्द्र सापकोटाले उम्मेदवारी दिएका छन् । उम्मदेवारी दर्तापछि निर्वाचन परिचालन समितिद्वारा आयोजना गरिएको सभाका वक्ताले निर्वाचनमा पार्टीभन्दा माथि उठेर मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन परिचालन समिति संयोजक कृष्णप्रसाद बास्तोलाले श्रमजीवि, इमान्दार र निष्ठावान पत्रकारलाई मतदान गरी व्यावसायिक पत्रकारिताको मर्यादा राख्न मतदातालाई आग्रह गरे । सभालाई सम्बोधन गर्दै सचिवका उम्मेदवार… पुरा पढौ

नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा आले सर्वसम्मत निर्वाचित

पोखरा । नेपाल पब्लिक क्याम्पस सङ्घ तनहुँको अध्यक्षमा भीमादस्थित जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आले सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सिकेबिके कलेजका अध्यक्ष इन्द्रबहादुर कुँवर, सचिवमा आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक सङ्घका सभापति विजयराज खनाल, कोषाध्यक्षमा आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, सहसचिवमा तनहुँ शारदा कलेजका प्राध्यापक सङ्घका सभापति गोविन्दप्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यमा पुर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गाबहादुर राउत, त्रिभुवन क्याम्पसका… पुरा पढौ

म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु

पोखरा । म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले रघुगङ्गा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरको पुनःनिर्माण शुरु गरेको हो । विभागसँग ठेक्का सम्झौता गरेको मिलीजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणका लागि पुरानो संरचना भत्काउन शुरु गरेको छ ।धार्मिक विधिअनुसार क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको हो । करसहित रु ६९ लाख ३० हजार ५६६ मा २०७७ फागुन २३ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा उल्लिखित २०७८ असार १५… पुरा पढौ

महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि तोकियो

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले यही चैत २५ गते हुने महाधिवेशनलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि खटाएको छ । त्यसदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन हुने जनाइएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासङ्घले केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ । महासङ्घका सचिव प्रकाश थापाका अनुसार प्रदेश नं १ मा उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु केन्द्रीय प्रतिनिधि तोकिएका छन् । यस्तै प्रदेश नं २ मा सचिव शितल महतोको… पुरा पढौ

नेपाल पत्रकार महासङ्घमा पोखरेल नेतृत्वको उम्मेदवार घोषणा

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले आज संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् । आज काठमाण्डौँ आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी हुनुहुन्छ । यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव… पुरा पढौ

कसैले राजीनामा माग्दैमा दिन सकिँदैन : प्रधानमन्त्री

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि… पुरा पढौ

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । गाईघाटस्थित लोकतान्त्रिकचोकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले भने, “ नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।” महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्यक परे नेपाली… पुरा पढौ