समाचार

आहा–रारा गोल्ड कप भोलिदेखि सुरु

१९ औं संस्करणको आहा–रारा गोल्ड कपको फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ। उक्त खेल पहिलो क्वार्टर फाइनल हुने आयोजक सहारा क्लबले जनाएको छ। क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उद्घाटन खेल दिउँसो २ बजे हुँदैछ। चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ… पुरा पढौ

२०२३ को फिफा महिला विश्वकप ९ शहरका १० स्टेडियममा हुने

सन् २०२३ मा हुने महिला विश्वकप अष्ट्रेलियाका ५ शहर र न्यूजिल्याण्डका ४ शहरमा हुने भएको छ। प्रतियोगिताअन्तर्गत उद्घाटन अक्ल्याण्डमा हुने भएको छ भने फाइनल सिड्नी मैदानमा हुनेछ। फिफाले दुई बर्षपछि हुने महिला विश्वकपको शहरको घोषणा गर्दै न्यूजिल्याण्ड र अष्ट्रेलियाका शहरमा हुने निश्चित गरेको हो । यो विश्वकपमा कुल ३२ टिमले भाग लिनेछन। महिला विश्वकपका पहिलो पटक २ देशका ९ शहरमा आयोजना हुने भएको हो । जसमा कुल १० स्टेडियममा ६४ वटा खेलहरु हुनेछन।त्यसमा दुई खेल सिड्नी क्रिकेट मैदानमा हुनेछन। यसअघि… पुरा पढौ

एनभीए क्लब लिग भलिबल: न्यू डायमण्ड र पुलिस विजयी

न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गरेको हो। पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–६ २५–२ र २५–५ को सेटमा हराएको हो । यस्तै, पुरुषतर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सेटमा हराएर पुलिसले सुखद शुरुवात गरेको छ। राष्ट्रिय टिमका खेलाडीको… पुरा पढौ

प्रविण गुरुङको स्मृतिमा लुम्लेमा विविध साँस्कृतिक प्रस्तुती तथा खेलकुद

लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा उनको जन्म गाउँ अन्नपूर्ण–६ लुम्लेमा कार्यक्रम जारी छ। कार्यक्रम अन्र्तगत मंगलवारदेखि दोस्रो गाउँ स्तरीय पुरुष भलिवल प्रतियोगिता (सुनगाभा कप २०७७) सुरु भएको छ भने खुल्ला दोहोरी गीत प्रतियोगिता तथा स्रष्टा सम्मान शुक्रवारदेखि हुँदैछ। त्यस्तै, शुक्रवारै स्वः गुरुङको शालिकको अनावरण गर्ने कार्यक्रम पनि तय भएको छ। लुम्ले स्थित रिनी म्यु (दिदीबहिनी दाजुभाई) समाजको आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा कार्यक्रम भएको हो।जुन यहि चैत २१ गतेसम्म चल्नेछ। प्रविण गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने, गुरुङको शालिकको संरक्षण… पुरा पढौ

फोटोग्राफर विकासको उपचारमा सहयोग जुटाउन फोटो प्रदर्शनी हुने

पोखरा । क्यान्सर रोगबाट पीडित तनहुँका फोटोग्राफर विकास दरैको उपचारमा सहयोग जुटाउन फोटो प्रदर्शनी गरिने भएको छ । व्यास नगरपालिका–४ निवासी विकास क्यान्सर रोगबाट पीडित भएर भारतमा उपचाररत् छन् । विकासको उपचारमा सहयोग जुटाउने उदेश्यले दमौलीमा चैत २० गते उक्त फोटो प्रदर्शनी हुने भएको हो । प्रदर्शनीमा विकासले खिचेका फोटोहरु राखिने छ । प्रदर्शनीमा राखिने फोटोहरु विक्री गरिने र जम्मा भएको रकम विकासको उपचारको लागि सहयोग गरिने उनका साथी सनम अधिकारीले जानकारी दिए । विकासको घरको आर्थिक अवस्था कमजोर रहेकाले… पुरा पढौ

एमाले माधव समूहको कास्की संयोजकमा धनराज, सचिवमा होमबहादुर

नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिवादी (नेकपा एमाले)को माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन गरेको छ । नेपाल समूहको विहीबार पोखरामा भएको भेलाले समानान्तर कमिटी घोषणा गरेको हो । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले नेकपा एमाले माधव नेपाल समूहको कास्की संयोजकमा धनराज आचार्यले चयन गरेको छ । सोहि भेलाले होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको छ । कार्यक्रममा बरिष्ठ नेता नेपालले समानान्तर कमिटी घोषणा गरे । नेपाल समूहको संयोजकमा चयन भएका आचार्य स्वर्गिय पर्यटन तथा नागरिक… पुरा पढौ

माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलायो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज (बिहीबार) स्थायी कमिटी बैठक बोलाएको छ। बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने माओवादी श्रोतले बताएको छ। श्रोत अनुसार बैठका नयाँ सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्तालगायतका विषयमा छलफल गर्नेछन्। तर, यसको निर्णय आजै हुन्छ या हुन्न भन्नेबारे निधो भएको छैन। फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि अलग्गै दलको रूपमा व्यूँतिएको माओवादी केन्द्र सरकारबाट अलग भइसके पनि उसले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन।माओवादी केन्द्रले समर्थन फिर्ता… पुरा पढौ

जेठ २५ बाट राष्ट्रिय जनगणना सुरु

२०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु हुने भएको छ बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिँदै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने जानकारी दिएका छन्। यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण संकलन गर्ने उनले जानकारी दिए। महानिर्देशक श्रेष्ठले यस वर्ष… पुरा पढौ

अब, बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फिर्ता

वैदेशिक रोजगारीमा जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ। वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने बताएको हो । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ। पछिल्लो समयमा विभागले गरेको अनूगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने÷दिने गरिएको,… पुरा पढौ