समाचार

एपीएफलाई पराजित गर्दै संकटा आहा राराको फाइनलमा

पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपमा विभागीय टिम एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । संकटाको जितमा सुबास गुरुङ र विदेशी खेलाडी ग्लोरीले समान एक एक गोल गरे ।खेलको ३३ औं मिनेटमा ग्लोरीको पासलाई सदुपयोग गर्दै सुबासले संकटालाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनेटमा ग्लोरीले गोल गर्दै संकटाको जित सुनिश्चित गरेका थिए । संकटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख… पुरा पढौ

जनप्रिय क्याम्पसका संस्थापक अध्यक्ष प्रेमनारायण बरालको सम्झना

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष एवम् सम्मानर्थ संरक्षक प्रेमनारायण बरालको स्मृतिमा श्रद्धाञ्जलीसभा बुधबार पोखरामा सम्पन्न भएको छ । श्रद्धाञ्जलीसभामा विभिन्न वक्ताहरूले बरालको योगदानलाई स्मरण गर्दै उनको सरलता र सद्भावपूर्ण व्यवहारको सिको गर्न आग्रह गरे । प्रेमनारायण बरालको व्यक्तित्व र जीवनीमाथि पिताम्बर बरालले प्रकाश पार्दै उनी राष्ट्रिय व्यक्तित्व भएको पुष्टी गरे । बहुआयामिक व्यक्तित्व बरालले आफ्नो जीवनकालमा शैक्षिक, सामाजिक, राजनीतिक र धार्मिक क्षेत्रमा गहकिलो योगदान दिएको हुँदा उनको भौतिक शरीर नरहँदा पनि समाजले संझिरहने बताए । संस्थापक उपाध्यक्ष हरिप्रसाद… पुरा पढौ

नयाँगाउँकी रुथ परियारलाई गेस एण्ड विनको पुरस्कार

चैत्र २५ पोखरा । पोखराको नयाँ गाउँकी रुथ परियारलाई ‘आहा रारा गोल्डकप गेस एण्ड विन’को पुरस्कार वितरण गरिएको छ । एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले बुधबार थ्रिस्टार क्लव र नेपाल पुलिस क्लव विचको अन्तिम क्वाटरफाइनल खेल कस्ले जित्ला भनि सोधेको प्रश्नको अनुमानित सही जवाफ दिएकी परियारलाई पुरस्कार वितरण गरिएको हो । विजेता परियारलाई पोखरा रंगशालामा बुधबार सहारा क्लव पोखराका सल्लाहकार सुनिल गुरुङले कालिका मोवाइल ट्रेडर्सका सिता भवन महेन्द्रपुलकोतर्फबाट एक थान मोवाइल र हिमश्री फुड्सको उत्पादन आहा रारा एक कार्टुन… पुरा पढौ

पाथार्दीको बाख्राफार्म कृषकको आकर्षणस्थल बन्दै

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन् । पाथार्दीका ६० घरपरिवारले बोयर जातको बाख्रापालन गरेर नमूना कार्य गर्नुका साथै आम्दानीको राम्रो स्रोत बनाउन थालेपछि अवलोकनका लागि कृषकको आकर्षण बढ्न थालेको हो । तनहुँ, गोरखा, लमजुङ, पाल्पा स्याङ्जालगायतका जिल्लाबाट कृषक समूह, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतका टोली अवलोकनका लागि आउने गरेको स्थानीय अगुवा… पुरा पढौ

मिर्छुलुङका घर–घरमा धारा

दमौली। तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुशी भएका छन् । खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका हुन् ।धरादीको मूलबाट सोलार प्रविधिमार्फत मिछुर्लुङका ७२ घरमा धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष बाबुराम रानाले जानकारी दिए। “गाउँमा पानी नहुँदा कुँवा, पँधेरोको पानी जोहो गर्नुपर्ने बाध्यता थियो, अहिले त घरमै पानी आएपछि स्थानीयवासी खुशी भएका छन्”, उनले भने । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त गाउँमा खानेपानी सुविधा पुगेको छ… पुरा पढौ

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन् । उनले मंगलबार सो कुराको घोषणा गरेका हुन् । उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि यो नयाँ घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए । तर पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ ।… पुरा पढौ

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : बाह्र सय हेक्टर वन क्षेत्रमा क्षति

गलेश्वर। यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको… पुरा पढौ

आहा रारा गोल्डकपः पुलिससँग थ्रीस्टारको फराकिलो हार

विभागीय नेपाल पुलिसले यस संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमै फराकिलो जित दर्ता गराएको छ। प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पुलिसले ललितपुरको रुस्लान थ्रीस्टारलाई ४–० ले पराजित गरेको हो। सोमबार मात्रै हेटौंडामा चौथो बागमती गोल्डकपको उपाधि उचालेको थ्रीस्टारलाई नेपाल पुलिस क्लबले पोखरामा भने निरिह बनाइदियो। पुलिसका लागि बुद्धबल तामाङले २, तेज तामाङ र सौजन राईले १÷१ गोल गरे। बुद्धबलले २९ र ७४ औं मिनेटमा गोल गरे। त्यस्तै, तेज तामाङले पुलिसका लागि ६८ औं र सौजनले ८६ औं मिनेटमा… पुरा पढौ

आज पत्रकार महासंघको चुनाव, जिल्लाबाटै मतदान गर्न पाइने

आज चैत्र २५ गते (बुधबार), नेपाल पत्रकार महासंघको केन्द्रदेखि, प्रदेश र जिल्लाहरुमा पदाधिकारी तथा सदस्यहरुका लागि चुनाव हुँदैछ। महासंघको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार संगठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन्। केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ। महासंघको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ। निर्वाचन मण्डलले सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र प्रकाशन गरी प्रदेश तथा जिल्ला शाखामा पठाएको निर्वाचन मण्डलले जनाएको… पुरा पढौ

ज्योती नेपाली बनिन् गेस एण्ड विनको तेस्रो विजेता

पोखरा । एभरेस्ट एफएमको गेस एण्ड विनको तेस्रो विजेता नयाँगाँउकी ज्योती नेपाली बनेकी छन् ।सहारा क्लव पोखराको आयोजनामा रंगशालामा जारी आहा रारा गोल्डकपमा सोमबारको खेल संकटाले जित्ने अनुमान गरेकी ज्योती विजय भएकी हुन् । एभरेष्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले सोधेको प्रश्नको अनुमानित सही जवाफ एसएमएस मार्फत दिएकी नेपाली अनुमानित सहि उत्तर दिनेहरु मध्यबाट विजय घोषित भएकी हुन् । विजेता नेपालीलाई पोखरा रंगशालामा मंगलबार पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बरालले कालिका मोवाइल ट्रेडर्सका सिता भवन महेन्द्रपुलकोतर्फबाट एक थान मोवाइल… पुरा पढौ