समाचार

सृजना कप छात्र\छात्रा भलिबल प्रतियोगिताको टाईसिट भोलि निकालिदै

तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत ११ गतेदेखि १४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले जनाएका हुन् । प्रतियोगितामा सहभागिताका लागि कास्कीका सामुदायिक (सरकारी) ३० टीमले नाम दर्ता गराइसकेका छन् । सोमबार साँझसम्म छात्रतर्फ २० टीम र छात्रातर्फ १० विद्यालयले नाम दर्ता गराइसकेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी… पुरा पढौ

कोरोना रोक्ने नाममा बजार र ब्यबसाय बन्द नगर्न पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा उद्योग वाणिज्य संघले लय समात्न लागेको उद्योग÷व्यवसायलाई असर पार्ने कदम नचाल्न र सचेतनामूलक कार्यक्रम संचालन गर्न कास्की प्रशासनसँग माग गरेको छ ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटी सो माग गरेको हो । कोभिड–१९ को दोस्रो लहर सुरु भएको भन्दै स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेसँगै बढेको आशंकालाई मत्थर पार्नु प्रशासनको दायित्व भएको अध्यक्ष कोइरालाले बताए । ‘लामो लकडाउनले नेपालको अर्थतन्त्रमा पु¥याएको असरबारे सबै जानकार छौँ’, उनले भने,कोभिड–१९ मत्थर… पुरा पढौ

पत्रकार महासंघ कास्कीले ३ सय पत्रकार र तिनका परिवारको निःशुल्क बीमा गर्ने

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक बीमा निःशुल्क रुपमा गर्ने भएको छ । पत्रकार महासंघ कास्कीले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आफू मातहत रहेका ३ सय बढी पत्रकार र तिनका परिवारको पारिवारिक बीमा गरिदिने भएको हो । महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको सोमबार शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बीमाको कागज पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेर बीमा कार्यक्रमको शुभारम्भ गरे । लगत्तै नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा सल्लाहकार… पुरा पढौ

पहिरोले पुरिएर मृत्यू

म्याग्दीमा पहिरोले पुरिएर १ जनाको मृत्यू भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङस्थित नया निर्माणाधिन निलगिरी हाइड्रोपावरमा काम गर्ने कञ्चनपुर जिल्ला लालझण्डी घर भएका ३३ वर्षिय हर्कबहादुर जेठाराको पहिरोमा पुरिएर मृत्यू भएको हो । बजार गएर बासस्थान फर्किदै गरेका जेठारालाई बाटो माथिबाट आएको ढुंगा माटोसहितको पहिरोले पुरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जेठारा पुरिएको खबर विहान ५ः५० बजे आएको र तत्काल गएर उनको शव उद्धार गरेर पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले बताएको छ । पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र

पोखरा । पाँचौ पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र पारिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाख २० हुने अवार्डको तयारी तीव्र पारिएको मञ्चले जनाएको छ । गत वर्ष कोरोनाका कारण स्थगित अवार्ड यस वर्ष २०७६ र ०७७ दुवैलाई जोडेर एकै पटक विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गर्न लागेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । मञ्चले दुवै वर्षलाई आधार मानेर खेलाडीको प्रतिभा प्रदर्शन आधारमा विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने छ । खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरुलाई प्रोत्साहन गर्न… पुरा पढौ

अब घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो । बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले रु ३२ लाखमा खरीद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गीक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करुपमा पुस्तक पढ्ने व्यवस्था… पुरा पढौ

तनहुँमा खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ । “बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले… पुरा पढौ

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

साओ पाओलो। कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आइतबार सो कुरा बताएका छन् । यसैगरी आइतबार सम्ममा यहाँ यो संक्रमणबाट यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन… पुरा पढौ

प्रहरी इन्सपेक्टरको नतिजा सार्वजनिक (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आइतबार साँझ सार्वजनिक गरिएको नतिजामा खुला तथा समावेशी गरी १ सय ४९ जना सफल उम्मेदवार छन्। १७ जना वैकल्पिकमा परेका छन्। २०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो । हेर्नुहोस, सफल उमेदवारको नामावली Nepal-Police-inspector-Namelist-SaveDownload पुरा पढौ

सेती नदिको किनारामा भेटिएको शव पहिचान हुन सकेन

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ। अन्दाजी ४०/५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ। स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सेती नदि किनारमा ७ देखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। ’अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,’ उनले भने, ’पाँच फिट जति उचाइ… पुरा पढौ