समाचार

गण्डकी प्रदेशलगायत केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना, २४ घण्टे चेतावनी

गण्डकी प्रदेशलगायत देशको पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। यस्तै, राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना छ। सतर्कताका लागि महाशाखाले अघि बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श… पुरा पढौ

राष्ट्रपतिको बङ्गलादेश भ्रमणको तयारी पूरा

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणको तयारी पूरा भएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नेछन् । उनी स्थानीय समयअनुसार… पुरा पढौ

गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताउनुभयो । पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ । आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उनले बताए । मन्त्री गुरुङले भने, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ… पुरा पढौ

सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका हुन् । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने… पुरा पढौ

पोखराको रिठ्ठेपानी डाँडा कटानका लागि मन्त्रिपरिषदद्वारा स्वीकृति

पोखरा । सरकारले पोखरा २६ लेखनाथमा रहेको रिठ्ठेपानी डाँडाको कटान गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यही फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजहरुको सुरक्षाका लागि धावनमार्गको पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडाको कटान गर्न, रुख काट्न तथा पोलहरु सार्न दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए । बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई… पुरा पढौ

तनहुँको पाथर्दी होमस्टेमा कवि सम्मेलन

पोखरा । तनहुँको भीमाद नगरपालिका–९ स्थित पाथर्दी होमस्टेमा राष्ट्रिय कवि सम्मेलन सम्पन्न भएको छ । शुक्ला साहित्य सङ्गम, दुलेगौँडाको आयोजनामा भएको सम्मेलनको चाँजोपाँजो पर्यटन प्रवर्धनका लागि भन्दै वडा नम्बर ९ को कार्यालयले मिलाएको थियो । २ दिनसम्म चलेको सम्मेलनको पहिलो दिन शुक्रबार स्थानीयवासीका तर्फबाट कौरा नृत्यको प्रस्तुतिसँगै केही रचना वाचन गरिएका थिए । सो कार्यक्रमकी प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ नमुना शर्माले गाउँ गाउँमा जीवित लोकसंस्कतिसँग मानव जीवन जोडिने हुनाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।… पुरा पढौ

पोखराबाट लागूऔषध सहित दुई जना पक्राउ

पोखरा । पोखराबाट लागूऔषध सहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ स्थायी घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका –९ गोलिगढ बस्दै आएका चुडामडी खतिवडा(२०) र सोही ठाउँका गुलाम हुसेन (१९) छन् । वडा प्रहरी कार्यालय गगनगौंडाले चेकजाँचका क्रममा उनीहरुलाई प्रतिवन्धित लागूऔषध सहित शनिबार पक्राउ गरेको हो । पोखरा–३० पावरहाउस स्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाईजापान – १०० एम्पुल, फेनेरागन – १०० एम्पुल, नुर्फिन – ९९ एम्पुल गरी जम्मा २९९ एम्पुल… पुरा पढौ

आर्मीको नक्कली सेनानी बनेर पोखरा अन्र्तराष्ट्रिय विमानस्थल छिर्ने पक्राउ

नक्कली सहायक सेनानी बनेर पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल प्रवेश गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै नक्कली सहायक सेनानी बनेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल प्रवेश गर्ने मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ४ बस्ने १८ वर्षिय तेञ्जिङ तो गुरुङ भनिने विपिन लगुन विकलाई प्रहरीले पक्राउ गरेको हो । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै प्रवेश गरेका विकले शंकास्पद व्यवहार गर्न थालेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गर्दा नेपाली सेनामा कार्यरत नभएको र… पुरा पढौ

गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

पोखरा । गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने पुरस्कारको राशी ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो । आगामी चैत १४ गते एक कार्यक्रमका विच चार वटै पुरस्कार वितरण गरिने गीताञ्जली साहित्य… पुरा पढौ

पुष्प व्यवसायीहरुका समस्या सम्वोधन सरकारलाई आग्रह

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्प व्यवसायमा पनि परेको व्यवसायीहरुले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको शनिवार पोखराको वेगनासमा आयोजित ११ औं वार्षिक साधारण सभाको अवसरमा वोल्ने व्यवसायीहरुले सो कुरा बताएका हुन् । गत चैत्र ११ गतेदेखि गरिएको लकडाउनले फूल व्यवसायीको रोजीरोटी ठप्प भएको उनीहरुले बताए । उनीहरुले कोरोना कहरका कारण व्यवसायीहरुका व्यक्तिगत र संस्थागत कार्यक्रममा पनि असर परेको बताए । कोरोना कहरमा व्यवसाय भन्दा ज्यान नै ठूलो भन्ने आशय व्यवसायीले बुझेको उनीहरुले… पुरा पढौ