समाचार

स्याङ्जाको आँधीखोला गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालन

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबासमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । मङ्गलवार गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले उद्घाटन गर्नु भएसँगै गाउँपालिकामा आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो। चिलाउनेबास स्वास्थ्य कार्यालयको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ। आयुर्वेदिक औषधि, योग, ध्यान लगायत क्रियाकलाप प्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर चिलाउनेबासमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाको सहयोगमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा… पुरा पढौ

पोखरामा छुट्टा–छुट्टै दुर्घटनमा तीन घाइते

पोखरा । पोखरामा मंगलबार भएका छुट्टा–छुट्टै दुर्घटनमा तीन जना घाइते भएका छन् । मंगलबार बिहान पोखरा–१४ छिनेडाँडामा ग १५ प ४८२ नम्वरको स्कुटरको ठक्करबाट पैदल यात्री गंगाप्रसाद श्रेष्ठ घाइते भएका हुन् । सो दुर्घटनमा ठक्कर दने स्कुटर चालक रोशन केसीपनि घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुबैको अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्याल पोखराले जानकरी दिएको छ । यस्तै पोखराको महेन्द्र गुफा नजिकै बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ । मध्यान्ह ११… पुरा पढौ

शिक्षा क्षेत्रमा राजनीति गरिनु हुन्न : गण्डकी प्रदेश प्रमुख शेरचन

कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिक्षा क्षेत्रमा दलीय राजनीति गर्न नहुने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका वडा नं. १४, डण्डा, त्रिभुवनटारस्थित नवलपुर बहुमुखी क्याम्पसको छैठौं क्याम्पस सभा तथा १३ औं वार्षिकोत्सवलाई शनिबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षाको विकासका लागि यो त्यो नभनिकन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक भएको भन्दै उनले अनुत्पादक शिक्षा प्रणालीले देशलाई समृद्धिको दिशामा लैजान नसक्ने धारणा राखे । उत्पादन क्षेत्रमा काम लाग्ने खालको… पुरा पढौ

राष्ट्रिय नागरिक पार्टी जिल्ला अध्यक्ष कार्कीलाई मातृशोक

राष्ट्रिय नागरिक पार्टी कास्की जिल्ला अध्यक्ष तथा मानव सेवा आश्रम पोखराकी अभियान्ता सृजना रिजाल कार्कीलाई मातृ शोक परेको छ । उनकी आमा खेमकुमारी रेग्मी (रिजाल)को शनिबार राति चितवनको सिएमसि हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक सदस्यले बताए । नेपाली काँग्रेसकी क्रियाशिल सदस्य समेत रहेकी नवलपुर गैंडाकोट नगरपालिका वडा नं. ५ निवासी ७० वर्षिय रिजालको आइतबार नारायणी नदिमा अन्तिम दाह संस्कार गरिएको हो । उनका पति, एक छोरा, दुई छोरी, बुहारी नातीनातिना छन् । स्वर्गिय रिजालका पति पशुपति रिजाल नेपाली कांग्रेस… पुरा पढौ

सृजना कप छात्र÷छात्रा भलिबल प्रतियोगिता भोलिदेखि

पोखरामा भोलिदेखि तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता शुरु हुँदैछ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकहरुले जनाएका छन् । प्रतियोगिताको भोलि दिउँसो १ बजे गण्डकी प्रदेशका आर्थिका मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने आयोजक मध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ २० र छात्रातर्फ ११ टिमले सहभागिता जनाउँदैछन् । उद्घाटनका दिन भोलि बुधबार… पुरा पढौ

किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो । पोखरा महानगरका प्रमुख मानबहाुदर जिसीले मंगलबार आयोजित एक कार्यक्रममा किसानलाई ट्रयाक्टर वितरण गरेका हुन् । करिब ४९ हजार पर्ने उक्त ट्रयाक्टरको मूल्यको ५० प्रतशित किसान र ५० प्रतिशत भावना सामुदायिक कृषि सहकारी संस्था, पोखरा महानगरपालिका वडा नम्बर १८ र सामुदायिक विकास कोषले व्यहोरेका छन् । ट्रयाक्टरमा वडा… पुरा पढौ

शव व्यवस्थापन गरेर बचत भएको रकम परिवारलाई हस्तान्तरण

साइप्रसमा मृत्यू भएका पोखराका एक व्यक्तिको शव व्यवस्थापन गरेर बचत भएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । साइप्रसमा मृत्यू भएका पोखराका रोशन अधिकारीको शव व्यवस्थापनका लागि साइप्रसमा रहेका नेपालीहरुले संकलन गरेको रकमबाट शव व्यवस्थापन गरेपछि बचत भएको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो । होनररी कन्सुलेट अफ नेपाल निकासियाको सहकार्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अधिकारीको शव व्यवस्थापनका लागि सहयोग अपिल गर्दा ३ लाख ५१ हजार २ सय १० रुपैयाँ संकलन भएको थियो । संकलित रकम मध्ये २ लाख ४१… पुरा पढौ

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याको १ लाख ६० नाघ्यो

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ। कूल संक्रमितमध्ये तीन लाख ४५ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख… पुरा पढौ

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी  राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गरेकी छन् । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ । बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त्री भएका मुजिबरको १९७५ अगष्ट १५ मा हत्या गरिएको थियो । राष्ट्रपति भण्डारीले त्यहाँस्थित बङ्गबन्धुका शालिकमा श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै सङ्ग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गरेकी थिइन्। उनले  संग्राहलयको आगन्तुक पुस्तिकामा… पुरा पढौ

रूसका ३८ भू–उपग्रहहरु एकैसाथ अन्तरिक्षमा

रूसले ३८ वटा विदेशी भू–उपग्रह राखेर सोयुज अन्तरिक्ष यानलाई अन्तरिक्षतर्फ पठाइएको छ। कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रूसी अधिकारीहरूले बताएका छन्। विगतमा प्राविधिक कारणवश दुई पटक स्थगित गरिएको उडान हिँजो (सोमबार) सफल भएको रूसी अन्तरिक्ष निकाय रोसकोसमोसले जनाएको छ। अन्तरिक्ष पठाइएका भू–उपग्रहहरू दक्षिण कोरिया, जापान, क्यानडा, साउदी अरेबिया, जर्मनी, इटाली र ब्राजिल समेत १८ वटा मुलुकका छन्। अन्तरिक्षमा प्रक्षेपण गरिएका भू–उपग्रहमध्ये ट्युनिसिया आफैँले विकास गरेको भू–उपग्रह समेत रहेको छ। यो उपग्रह टेल्नेट दूरसञ्चार समूहले तयार पारेको… पुरा पढौ