समाचार

‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न

पोखराको सिद्धार्थचोकमा कार्यालय रहेको बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजले ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’ भव्य रुपमा सम्पन्न गरेको छ । संस्थाको १२ औं स्थापना दिवसको अवसरमा बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तीनका अभिभावकहरुलाई लक्षित गर्दै गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १२ उत्तिर्ण वा त्यस भन्दा माथि अध्ययनरत विद्यार्थी, तीनका अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको संस्थाका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनले सहभागि र सहयोगी सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे… पुरा पढौ

ला ग्राण्डी कलेजमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न

पोखरा । पोखराको सिमलचौरमा स्थित ला ग्राण्डी ईन्टरनेशनल कलेजमा सम्पन्न वार्षिक खेलकुद कार्यक्रम अन्र्तगत छात्रतर्फको फुटशल उपाधी वि.वि.ए. आठौँ सेमेष्टरले जितेको छ । फाइनल खेलमा वि.वि.ए. संकाय, दोस्रो सेमेष्टरलाई पराजित गर्दै आठौं सेमेष्टरले सो उपाधी जितको हो । प्रतियोगितामा म्यान अफ दि म्याच अतित गुरुङ्ग तथा सर्वाधिक स्कोरर साईमन गुरुङ्ग तथा वेष्ट किपर अनमोल गुरुङ्ग बन्न सफल भए । छात्रा तर्फ भएको फुटसल प्रतियोगितामा वि.पि.एच. संकायले प्रथम स्थान सुरक्षित गरे भने वि.वि.ए. आठौँ सेमेष्टरले द्वितीय स्थान प्राप्त ग¥यो । प्रतियोगितामा… पुरा पढौ

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नया नेतृत्व सहमतिमै

लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । क्लवले आईतबार पोखरामा पत्रकार सम्मेलन गरी क्लवको नवौं कन्भेन्सन सुन्दर पर्यटकीय नगरी पोखरामा यहि चैत १४ गते हुने जानकारी गराएको हो । कन्भेन्सन पोखराको प्रदर्शनी केन्द्रमा हुने क्लवका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले बताए । लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा देशभर करीब १७ हजार सदस्य रहेपनि कन्भेन्सनमा ४ हजार लायनहरु सहभागि हुने जनाइएको छ । कन्भेन्सनमा क्याविनेटका सदस्यहरु, भोटरहरु र अतिथि गरेर करीब… पुरा पढौ

भारतमा कोभिड तिब्ररुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ । भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको अधिकारीहरुले जनाएका छन्… पुरा पढौ

स्थानीय पाठ्यक्रम बनाउने तयारीमा बन्दीपुर

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहेका छन् । आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाभित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय,… पुरा पढौ

तनहुँ जलविद्युत आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ। आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत सोही वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरुआत गरेको हो। आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई १ लाख ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिएका छन्। उनका अनुसार प्रतिविद्यार्थी १० हजार ७ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो। आयोजनाबाट प्रभावितका जेहेन्दार, लगनशील र विपन्न विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिएको शर्माले बताए।… पुरा पढौ

तनहुँको आँबुखैरेनी–हिलेखर्कमा ६५ घरधुरी मिलेर व्यावसायिक रुपमा टिमुरखेती

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन्। स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन्। हाल २ सय रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन्। थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए। घरबास संचालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए। शुरुमा २५ जना मिलेर… पुरा पढौ

मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पतालका कार्यालय स्थापना

हिमालपारीको जिल्ला मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ। जिल्ला सदरमुकाम चामेमा खोलिएका दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरेका हुन्। संघीयता लागू भएसँगै विघटित साविकका जिल्ला पशु सेवा कार्यालय तथा कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले ती कार्यालय संचालनमा ल्याएको हो। आफ्नै जिल्लामा कार्यालय नहुँदा मनाङवासी कृषि र पशु सम्बन्धित सेवाका लागि लमजुङमा जानुपर्ने बाध्यता थियो। सम्बन्धित जिल्लाका कृषकलाई जिल्लाभित्रै सेवा दिने र एक जिल्लाभन्दा बाहिर… पुरा पढौ

साहित्यकार क्षेत्रबहादुर कुँवरको ‘जीवन कथा’ माथि समीक्षा

पोखरा । साहित्यकार तथा शिक्षासेवी क्षेत्रबहादुर कुँवरको जीवनीमा आधारित कृति ‘जीवन कथा’ माथि समीक्षा गरिएको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा वक्ताले ‘जीवन कथा’ स्रष्टा कुँवरको जीवनीमा आधारित भइकन पनि पोखराको पुरानो इतिहास, कला, संस्कृति, रहनसहन जान्न पठनीय रहेको बताए । प्रमुख अतिथि शिक्षाविद् टीकाराम कोइरालाले स्रष्टा कुँवर शिक्षा, साहित्य, राजनीतिक, पत्रकारिता लगायत हरेक क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै विगतका जीविविषाबारे स्मरण गरे । कृति समीक्षा गर्दै समीक्षक असफल गौतम र कृष्ण उदासीले एक युग बाँचिसकेका क्षेत्रबहादुरको जीवन कथा विभिन्न… पुरा पढौ

मनाङमा ट्रक दुर्घटना, तीनको मृत्यु , पाँच घाइते

पोखरा । मनाङमा भएको ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेर ५० मिनेटमा बेशिसहरबाट मनाङतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्वरको ट्रक बेशिसहर चामे सडक खण्ड अन्र्तगत मनाङको खोत्रो भन्ने स्थानमा दुर्घटना भएको हो । मनाङको नासों गाउँपालिका– २ खोत्रो भन्ने स्थानमा भएको दुर्घटनामा नासों गाउँपालिका–४ की मनिषा गुरुङ (३५), निउन गुरुङ (६/७), र जलकासी गुरुङ (३६)को घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । ट्रकमा सवार… पुरा पढौ