समाचार

लेखनाथ खास्टेतालका स्थानीयहरु महोत्सवस्थलको सरसफाइमा जुटे

लेखनाथको खास्टेतालमा पहिलो पटक महोत्सव हुन गइरहेको छ। बिहीबारबाट सुरु हुने महोत्सवका लागि त्यहाँका स्थानीयवासीहरु यतिबेला उत्साहित बन्दै महोत्सवस्थलको सरसफाईमा जुटेका छन्। खास्टेताल वरपरका स्थानीय आमा समूह, महिला समूह, टोलविकास संस्थाले आज (मंगलबार) महोत्सवस्थलको सरसफाई गरेका हुन्। महोत्सव मूल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीको नेतृत्वमा पोखरा महानगर–२६ का वडाध्यक्ष नारायणप्रसाद बरालसहित महोत्सवस्थलको सरसफाईमा जुटेको महोत्सव प्रचार प्रसार समितिका संयोजक ईश्वरराज भण्डारीले जानकारी दिएका छन्। संयोजक भण्डारीका अनुसार बिजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतनाका सैनिक जवानहरु, स्थानीय खास्टेताल आमा समूह, खास्तेताल महिला… पुरा पढौ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल आजदेखि, नेपाली टिमको कप्तानमा किरण चेम्जोङ

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (मंगलबार) बाट त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश र कीर्गिजस्थानले प्रतिस्पर्धा गर्नेछ। नेपालले फिफा विश्वकप छनोटको तयारी गरिरहेकै बेला विश्वव्यापी कोभिडको महामारीका कारण स्थगित भएपछि एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिता अन्तर्गत आज हुने उद्घाटन खेलमा बंगलादेश–कीर्गिजस्थान आमने–सामने हुँदैछन्। प्रतियोगिताका लागि नेपाली टिमको कप्तानी भने गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सोमबार प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा… पुरा पढौ

भुज्रुङखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिदैं

भुज्रुङखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ। सन् १९८१ देखि चासो र चर्चामा रहेरपनि पछिल्ला समय ओझेलमा परेको उक्त पदमार्गको नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको प्रबद्र्धन एवं अखिल नेपाल पर्यटन मजदुर संघ गण्डकी तथा कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रवद्र्धनात्मक पदयात्रा गर्न लागिएको हो । पर्यटन मजदुरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा २ रात ३ दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदुर संघ कास्कीका अध्यक्ष धनबहादुर तामाङले… पुरा पढौ

आगामी वर्ष १३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

पोखरा । सरकारले आगामी वर्ष २०७८ सालमा १३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले सोमबार आगामी वर्षभरि दिइने बिदाको राजपत्रमा सूचना प्रकाशन गरि यसको जानकारी दिएको हो । मन्त्रालयका अनुसार ७ दिन पर्व बिदा, ५ दिन दिवस बिदा र एक दिन जन्मजयन्ती बिदा गरि १३ दिन सार्वजकि बिदा दिने भएको छ । पर्व बिदा अन्र्तगत नयाँ वर्ष बैशाख १ गते, भदै ६ गते रक्षाबन्धन, असोज २१ गते घटस्थापना, कार्तिक २४ गते छठ पर्व, माघ १ गते माघी/माघे… पुरा पढौ

पर्वतको खानीगाउँमा रक्तदान, ७५ यूनिट रगत संकलन

पर्वत । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खानीगाउँ युवा समाजको आयोजना र नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले गरेका थिए । कार्यक्रममा ७५ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए ।कार्यक्रममा नगर प्रमुख पदमपाणी शर्मा, समाजका अध्यक्ष प्रकाश परियार, सचिव साजन परियार लगायतले रक्तदान र समाजले गर्न लागेको कार्यक्रमको बारेमा प्रकाश पारेका थिए… पुरा पढौ

लेखनाथ खास्टे ताल महोत्सव चैत १२ देखि २२ सम्म

पोखरा । पोखरामा आयोजना हुन लागेको लेखनाथ खास्टे ताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित खास्टे तालको संरक्षण गर्ने उद्धेश्यले चैत १२ गतेदेखि २२ गतेसम्म हुने खास्टे ताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । राष्ट्रिय संगीतकर्मी संघको ब्यवस्थापनमा हुने महोत्सव खास्टे र न्यूरेनी ताल किनारमा हुने आयोजकले जनाएको छ । सरकारले सभा, सम्मेलन, जमघट, मेला, महोत्सव नगर्न… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनको बाँध निर्माणका लागि ठेक्का सम्झौता

तनहुँ । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ । पहिलो प्याकेज निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीबीच आज खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ्ग दा–कालिका जेभीकातर्फबाट आधिकारिक प्रतिनिधि विक्रम पाण्डेले हस्ताक्षर गरेका हुन् । कम्पनीसँग रु १६ अर्ब ६२ करोड… पुरा पढौ

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा… पुरा पढौ

विश्व पानी दिवसमा सृजना माविमा चेतनामूलक कार्यक्रम

पोखरा । विश्व पानी दिवसका अवसरमा सृजना आवासीय माध्यमिक विद्यालयले चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको सृचनाचोकमा अवस्थित विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थीले २८ औं विश्व पानी दिवसको अवसरमा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको विद्यालयले जनाएको छ । विद्यार्थीले पानीको महत्व, स्रोतहरुको संरक्षण, जलवायू परिवर्तनले पारेको नकरात्मक प्रभाव लगायतका विषय झल्कने प्लेकार्ड, पोस्टर तथा तस्विरका माध्यम मार्फत चेतनामूलक कार्यक्रम गरेको कार्यक्रम संयोजक अभिषेक कुँवरले जानकारी दिए । विद्यार्थीहरुले पानीको सही सदुपयोग र पानीको स्रोतको संरक्षणका लागि गर्नुपर्ने कुरामा समेत… पुरा पढौ

फेवाबजारको सेवा अब कर्णाली प्रदेशको सुर्खेतबाटपनि

अनलाइन सपिङ स्टोर फेवाबजार डटकम ई–कमर्सले आफ्नो कर्णाली प्रदेशमा पनि बिस्तार गरेको छ । फेवाबजारले कर्णाली प्रदेशको सुर्खेतमा डिजिटल आउटलेट खोलेर सेवा दिन शुरु गरेको हो । सुर्खेतको बिरेन्द्र नगरपालिका मुलपानीचोकमा रहेको फेवाा बजारको १३ औं आउटलेटको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । सुर्खेतमा आउटलेट खोलेको अवसरमा फेवाबजारले चैत महिनाभरी कर्णाली प्रदेशभर निःशुल्क होम डेलिभरी सुविधा दिने जनाएको छ । साथै ५ लाखसम्मको क्रेडिट सुविधापनि… पुरा पढौ