समाचार

विश्व बैंद्वारा नेपाललाई खोप खरिदका लागि आठ अर्ब सहयोग गर्दै

काठमाण्डौं । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ । खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान… पुरा पढौ

पूर्वप्रधानमन्त्री कोइराला दृढ सङ्कल्प भएको राजनेता : सभामुख सापकोटा

काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले विसं २०६२÷२०६३ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दूरदृष्टि, इच्छाशक्ति र दृढ सङ्कल्प भएका राजनेताका रुपमा स्थापित भएको बताएका छन् । जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई आज चाबहिलमा सम्बोधन गर्दै उनले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताए । “विसं २०६२÷२०६३ को परिवर्तनले कोइराला विचार, साहस भएका कुशल कमाण्डर हुनुहुन्थ्यो भन्ने पुष्टि गरेको छ, पञ्चायतकालमा भएको विमान अपहरणलगायत… पुरा पढौ

स्याङ्जाको मातृभूमि सामुदायिक पुस्तकालयलाई नमूना बनाइँदै

स्याङ्जा । स्याङ्जाको बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ भवन निर्माण सम्झौतामा भएको छ । पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली र बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठबीच भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । भूकम्पबाट क्षति भएको पुरानो भवन हटाए शान्ति भोलन्टियर एशोसिएशन नेपालको आर्थिक सहयोगमा उक्त भवन निर्माण गर्न लागेको अध्यक्ष पाण्डेले जानकारी दिए । बालकदेखि प्रौढमैत्री कक्षको कल्पना गरी निर्माण गर्न लागिएको उक्त पुस्तकालय भवन सबै उमेर समूहका पाठकको रोजाइ सिकाइ गन्तव्य मातृभूमि हुनेछ ।… पुरा पढौ

मालढुङ्गा–बेनी सडक कालोपत्र गरिने

पर्वत । छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्र गर्ने योजना अघि बढाइएको छ । बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण गर्न लागिएको हो । म्याग्दीको सदरमुकाम बेनी जोड्ने छोटो दूरीको यो सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका थिए । यस सडकलाई कालिगण्डकी करिडोरअन्तर्गत समावेश गरेर सडक निर्माण थालिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको खण्डका रुपमा यो सडकलाई… पुरा पढौ

न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ पत्रकार नियुक्त

सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ जना पत्रकारलाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रीस्तरीय निर्णय मार्फत पाँचै जनालाई समितिको सदस्यमा नियुक्ति दिएका मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रीस्तरीय निर्णयमार्फत उनीहरुले नियुक्ति पाएका हुन् ।नयाँ नियुक्ति पाउने पत्रकारहरुमा नवराज महतरा, बिमला पाण्डे, गिरु भण्डारी, गोपाल तिवारी र ऋषि श्रेष्ठ छन्। यस पटक समितिमा नियुक्त नयाँ सदस्यहरु मोफसलबाट प्रतिनिधित्व गर्ने धेरै छन्। महतरा हुम्लाका हुन् भने पाण्डे सिन्धुली, भण्डारी प्युठान, तिवारी धादिङ र श्रेष्ठ भक्तपुरका हुन्। पुरा पढौ

होरालो शारदा शिक्षा सदन मावि तनहुँको भानु राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

तनहुँको भानु नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि च्याम्पियन बनेको छ। विद्यालयले ८ स्वर्ण पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो। प्रतियोगितामा ७ स्वर्णसहित मनोहर माध्यमिक विद्यालय द्धितीय बनेको छ भने त्रिभुवन माध्यमिक विद्यालय ३ स्वर्णसहित तृतीय बनेको छ । नगरपालिकाका २६ वटा विद्यालयका विद्यार्थीहरुबीच विभिन्न २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो। उक्त प्रतियोगितामा सहभागी विद्यालयमध्ये १६ वटा विद्यालयहरूले विभिन्न विधामा पदक तथा प्रमाणपत्र प्राप्त गरे। यस प्रतियोगितामा प्रथम र द्धितीय स्थान प्राप्त… पुरा पढौ

घरबाटै शालिकरामको गाडी चोरी

पोखरा महानगरपालिका–७, मासबारको एक घरबाट नै गाडी चोरी भएको छ। पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको बा ५ च १६८४ नम्बरको मारुती गाडी गएराति चोरी भएको हो। पन्तका अनुसार गाडी ९ बजे पार्किङ गरेर पन्त घरभित्र पसेका थिए। पन्तले प्रहरीकहाँ खबर गरिसकेको जानकारी दिएका छन् । पन्तले मासबारमा किराना पसल संचालन गर्दै आएका छन्। पन्तले उक्त कार कतै, कसैले देखे वा भेटेमा सूचना दिन फोन नम्बरसमेत दिएका छन्। पन्तको मोबाइल नम्बर ९८५६०१२२०० रहेको छ। पुरा पढौ

चेम्बरको योजना तर्जुमा गोष्ठी भोलि

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार हुने भएको छ । लालीगुँरास सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालसंगको सहकार्यमा व्यवसायिक क्षमता अभिवृद्धि तालिम गर्ने अध्यक्ष किसान सुनारले बताए । उनले नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले साधारण सभाको उद्घाटन गर्ने जानकारी दिए । उनले सभामा राष्ट्र बंैकले जारी गरेको मौद्रिक नीति तथा व्यवसायिक जीवन रक्षा कोषको सफल कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताए । लालीगुँरास सामुदायिक विकास तथा तालिम… पुरा पढौ

बाग्लुङ र नवलपरासीमा सवारी दुर्घटना, एकको मृत्यु

पोखरा । नवलपुर र बाग्लुङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराती नवलपरासी पूर्वस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ५८ प ७०८८ नम्वरको स्कुटर दुर्घटना हुँदा कावासोतीका जिवन रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नवलपुरको कावासोती–२ का रानालाई राजमार्गको खरकट्टा जंगलमा स्कुटर सहित चालक लडिरहेको अवस्थामा उद्दार गरि पुरानो मेडिकल कलेज चितवन पठाइएको चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै शुक्रबार बाग्लुङमा मोटरसाइकलको ठक्करबाट… पुरा पढौ

भानुभक्तमा कानुनका विद्यार्थीलाई स्वागत

पोखरा । भानुभक्त आवासीय माध्यमिक विद्यालयमा कानून संकायमा अध्ययनरत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । पोखराको सिमपानीस्थित विद्यालयमा आयोजित एक कार्यक्रमका विच स्वागत गरिएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक दिनेश कुमार लामिछानेले गरे । उनले आफ्नो विद्यालय कानून पढाउने गण्डकी प्रदेशकै पहिलो विद्यालय रहेकाले विद्यार्थीको रोजाइमा पर्ने गरेको दावी गरे । उच्च शिक्षामा कानुन अध्ययन गर्नेको विद्यार्थीको संख्या निकै कम रहेको भन्दै उनले विद्यार्थीलाई न्याय सेवामा लाग्ने लक्ष्य… पुरा पढौ