समाचार

वनलाई आम्दानीको श्रोत बनाउने फेकोफनको तयारी

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीले प्रत्येक सामुदायिक वनमा एक उद्योग बनाउने तयारी भइरहेको बताएका छन् । वनलाई आम्दानीको श्रोत बनाउन एक सामुदायिक वन एक उद्योग सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको प्रथम परिषदको उद्घाटन शत्रमा बोल्दै उनले एक वन, एक उद्योग निर्माण गर्ने काम तिव्र रुपमा भइरहेको बताए । तर यसका लागि सामुदायिक वन एक्लोको पहलमा सम्भव नहुने भएकाले यसमा सरकारको पनि सहयोग आवश्यक रहेको उनले… पुरा पढौ

भ्रष्टाचारको विरोध गर्दै हाम्रो परिवर्तन नेपालको बजार परिक्रममा

पोखरा । भ्रष्टचारको विरोध गर्दै हाम्रो परिवर्तन नेपालले आज पोखरा बजार परिक्रमा गरेको छ । पोखराको मानवअधिकार चोकबाट शुरु भएको र्‍याली न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै पुनः मानवअधिकार चोकमा सकिएको थियो । र्‍यालीमा सहभागीहरुले ‘भ्रष्टाचार हटाऔं, देशलाई बचाऔं र भ्रष्टाचारीको बिरोध गरौं’, ‘परिवर्तन नेपालको मुलभुत आधार नै भ्रष्टाचारको अन्त्य हो’, ‘भ्रष्टाचार र भ्रष्टाचारीलाई बाई–बाई, सन्तुलन नेपाल हाई–हाई’, ‘देशको सम्मन गर्नु नै भ्रष्टचारीको अन्त्य गर्नु हो’ लयातका नारा अङ्कित प्ले कार्ड सहित बजार परिक्रमा गरेका थिए । परिक्रमा पछि आयोजित… पुरा पढौ

प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीतामा कुमुदिनिका युकेस प्रथम

पोखरा । इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीतामा कुमुदिनि होम्स मा.वि.का युकेस सुनार प्रथम भएका छन् । “क्यानभााषमा बाल मनोबिज्ञान” शिर्षकमा भएको चित्रकला प्रतियोगितामा हिल प्वाईन्ट मा.वि.का सपना नेपाली द्वितीय, कास्की मोर्डनाईज्ड एकेडेमीका जेसिका तिलिजा पून तृतीय र गण्डकी बोर्डिङ् स्कुलका स्वरुप माकाजुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विभिन्न विद्यालयका १९७ जना विद्यार्थीहरुबाट उत्कृष्ट १२ प्रतियोगि छनौट गर्दै प्रतियोगिताका विजेता घोषणा गरिएको कार्यक्रम संयोजक विकास पौडेलले जानकारी दिए । दोस्रो… पुरा पढौ

सरकारले व्यवसायीको मनोवल बढाउने काम गर्नु पर्छ : केन्द्रीय अध्यक्ष श्रेष्ठ

पोखरा । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा गोष्ठी शनिबार उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले भयमुक्त भएर व्यवसाय गर्ने वातावरण नभएको बताए । उनले सरकारले व्यवसायीको मनोवल बढाउने काम गर्नु पर्ने धारणा राखे । सरकारले उपभोक्ताको क्रयशक्ति बढाउनेमात्र नभई रोजगारी तथा राजश्व बढाउनको लागि केन्द्रीत भएर काम गर्नु पर्ने उनले सुझाव… पुरा पढौ

नेल्टा गण्डकीमा सहदेव पौडेल

पोखरा । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा शनिवार सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी, महिला उपाध्यक्ष गोमा कुमारी श्रेष्ठ, सचिव पुरुषोत्तम कोइराला, सहसचिव मनोज पन्त, कोषाध्यक्ष शुशील बास्तोला छन् । समितिको सदस्यमा इन्द्रहरी खनाल, प्रदिप गौतम, खेम पौडेल, हेम भुर्तेल, लोकराज कोइराला, अर्जुन ढकाल र गणेश जिसी छन् । निर्वाचित अध्यक्ष सहदेव पौडेलले कृषि प्राविधिकलाई समेट्दै समस्या समाधानमा प्राथमिकता दिने… पुरा पढौ

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाण्डौं । नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए । उनले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिए । यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै… पुरा पढौ

पोखराबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

पोखरा । लागूऔषध सहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश घर भएका जयराम (२८) लाई लागूऔषध र नगदसहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पोखराको अमरसिंहचोकमा पैदल हिँडी रहेका जयरामलाई वडा प्रहरी कार्यालय रामबजारको मोवाइल टोलीले चेकजाँच गर्ने क्रममा शनिबार बिहान ५ बजे पक्राउ गरेको हो । पक्राउ परेका जयरामको साथबाट प्रहरीले नुर्फिन–५५ एम्पुल, डाइजापाम–५६ एम्पुल र फेनारगन–५४ एम्पुल गरी जम्मा १६५ एम्पुल लागूऔषध र नगद .अठ्ठाईस हजार तीन सय… पुरा पढौ

‘बिपी र जिपीलाई मान्ने तर समाजवादी धार नअंगाल्ने कांग्रेसले श्रमिकलाई स्थान दिदैन’

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका कार्यवाहक अध्यक्ष महेन्द्रप्रसाद यादवले नेपाली श्रमिकको सामान्य अवस्थासमेत सुध्रन नसक्नु देशको लागि दुर्भाग्य भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा ट्रेड युनियन नेता यादवले बीपीको नाम जप्ने, गिरिजाप्रसादको फोटो झुन्ड्याउने तर समाजवादको धार अंगाल्न नसक्ने कांग्रेस पार्टीले श्रमिकलाई स्थान दिनै नसक्ने बताए । उनले भने, ‘हामी कांग्रेससँग नजिकमात्र हो, पार्टीसँग हाम्रो सधै चेतावनीमा चलेको छ ।’ यादवले थपे, ‘योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लक्ष्मण… पुरा पढौ

पोखरामा भ्यानको ठक्कर सात वर्षे बालक घाइते

पोखरा । शनिबार बिहान पोखराको जिरो किलोमिटरमा भ्यानले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । पोखरा–५ जिरो किलोमिटरमा ग १ च ८३९५ नम्वरको भ्यानको ठक्करबाट पैदल हिँडी रहेका सोही ठाउँका ७ वर्षका आयुष नेपाली घाइते भएका हुन् । घाइते नेपालीको जिरो किलोमिटरस्थित रिजनल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । पुरा पढौ

पोखराको जिरो कि.मि.मा पिकअप भ्यानको ठक्करबाट ७ वर्षिय बालक घाइते

पोखरामा पिकअप भ्यानको ठक्करबाट १ बालक घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा आज विहान ९ बजेर २० मिनेटमा ग.१च.८३९५ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा स्थानिय ७ वर्षिय बालक आयाुष नेपाली घाइते भएका हुन् । पैदल यात्रा गरिरहेका बालकलाई भ्यानले ठक्कर दिएको स्थानियको भनाई छ । भ्यानको ठक्करबाट घाइते भएका बालक नेपालीलाई तत्काल उद्धार गरेर स्थानिय रिजनल अस्पताल जिरोकिलोमिटरमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पुरा पढौ