समाचार

आहा ! रारा गोल्ड कपलाई फुडमाण्डुको साथ

पोखरा । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई फुडमाण्डुले समेत साथ दिने भएको छ । उत्त प्रतियोगिताको अफिसियल फुडडेलीभरी पाट्नरको रुपमा फुडमाण्डुले साथ दिने भएको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । यसैबिच, फुडमाण्डु र सहारा क्लव बिच आज (शुक्रबार) सम्झौता समेत भएको छ । फुडमाण्डुका बिज्नेश डेभलपमेन्ट अफिसर बिष्णु कुमारी गुरुङ, रिजनल इन्चार्ज नेहा श्रेष्ठ र क्लवका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष विश्वराज बराल, पूर्व अध्यक्ष विक्रम थकाली लगायतका बिच सम्झौता पत्र एक आपसमा… पुरा पढौ

नेपाल महिला संघ वडा ईकाइ बैदामद्धारा सम्मान

नेपाल महिला संघ वडा एकाइ वडा नम्बर ६ बैदामले नेपाली कांग्रेसको जेष्ठ राजनीतिक सभा सदस्यमा मनोनित भएका पोखरा ६ बैदाम निवासी होमबहादुर लामिछानेसहित जिपी कोइराला फाउन्डेसन फर डेमोक्रेशी पिस एन्ड डेभलपमेन्ट क्षेत्रिय समिति क्षेत्र नं ३ कास्कीको क्षेत्रीय सदस्यमा मनोनित हरिशचन्द्र पहारीलाई सम्मान गरेको छ । महिला संघले शुक्रबार एक कार्यक्रम गरेर लामिछाने र पहारीलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।प्रजातन्त्रका सेनानी समेत रहेका सम्माननित लामिछानेले पोखरा महानगर पालिका वडा न.६को वडा अध्यक्ष पदमा तीन पटकसम्म निर्वाचित भई वडामा… पुरा पढौ

अयोग्य प्रधानमन्त्री चरम अहंकारी : गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अयोग्य प्रधानमन्त्री केपी शर्मा ओली चरम अहंकारी भएको आरोप लगाएका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको दोश्रो भेला एवम् अधिवेशनको शनिबार पोखरामा भएको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अयोग्य प्रधानमन्त्रीले उल्टो अहंकार र दम्भ प्रदर्शन गरेको बताएका हुन् । ५ वर्षको म्याण्डेट पाएरपनि सरकार चलाउन नसकेकोमा प्रधानमन्त्रीमा रत्तिभर ग्लानी नरहेको बताउँदै उनले भने,‘जिम्मेवारी उहाँले सहि ढंगले निर्वाह गर्न सक्नु भएन… पुरा पढौ

छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या

बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो । कुटपीटबाटै… पुरा पढौ

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

पेरिस। कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गरेका हुन् । उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा  गरेका हुन् । उनले यहाँका बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा  गरेका हुन् । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए । तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको… पुरा पढौ

त्रिभुवन विद्यालयमा पुनः पठनपाठन शुरु

लमजुङ। चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो । विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले भने, “विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएकाले बन्द भएकामा आजदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ ।” विद्यालय सञ्चालनमा आए… पुरा पढौ

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ। देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर… पुरा पढौ

प्रतिनिधिसभा बैठक बस्दै, २ आयोगको वार्षिक प्रतिवेदन पेस गरिदैं

प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको कार्यसूचीमा जनाएको छ। कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार… पुरा पढौ

नवनियुक्त सदस्य सचिब गुरुङले बुझे नियुक्ति पत्र

गण्डकी प्रदेश खेलकूद विकास समितिका नवनियुक्त सदस्य सचिब तेजबहादुर गुरुङले नियुक्ति पत्र बुझेका छन्। गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच नवनियुक्त सदस्य सचिव गुरुङलाई नियुक्ति पत्र हस्तान्तरण गरेकी हुन्। सो अवसरमा बोल्दै मन्त्री पुनले नवनियूक्त सदस्य सचिव गुरुङलाई बधाई दिंदै खेलकूद मार्फत गण्डकी प्रदेशको समृिद्धका लागि अगाडि बढ्न आग्रह गरिन्। उनले भनिन, ‘खेलकुदले योग्य र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नेसँगै विश्वमा नेपालको गौरव बढाउने खेलाडी उत्पादनमा भूमिका खेल्ने छ।’ कार्यक्रममा वोल्दै गण्डकी प्रदेश विधायन समितीका सभापती मोहन रेग्मीले… पुरा पढौ

सेनवंशी तनहुँसुर दरबार पुनः निर्माण गरिँदै

सेनवंशी राजाले शासन गरेको तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ। पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो। राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। ऐतिहासिक दरबारको ७० लाख रुपैयाँ लागतमा दरबार पुनःनिर्माण भइरहेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए। उनका अनुसार उक्त दरबार जीर्ण अवस्थामा पुगेकाले पुनःनिर्माण गरेर संरक्षण गर्न लागिएको हो। तनहुँसुरबाट अपभ्रंश भएर दरबारको नामाकरण भएको भन्ने किंवदन्ती रहिआएको पाइन्छ। तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन्… पुरा पढौ